किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक १०3

-त्रैमासिक
  ज्योतिर्मय अक्षरहरु मर्दैनन् । ती मृत्युञ्जय छन् । ती छेकेर छेकिन्नन् । ती रोकेर रोकिन्नन् । चेतना बोकेर हिड्छन् ती । अविद्या चिरेर हिड्छन् ती । शिक्षा, सीप, ज्ञान, चेतना, बुद्धि मत्र्यलोकलाई वरदान हुन् । यिनैमा मान्छेको इतिहास बाँच्छ, सभ्यता बाँच्छ, संस्कृति बाँच्छ । ज्योतिर्मय अक्षरहरु पुस्तकमा बस्छन्, उज्यालो छर्छन् । पुस्तकहरु बस्छन् पुस्तकहरुको घरमा, पुस्तकालयमा । त्यसैले पुस्तकालय ज्ञान, विज्ञान र सभ्यताको केन्द्र हो ।

हाम्रो पुरुषार्थ अंक १०२

-त्रैमासिक
  सुन्थ्यौं–विकास भनेको फुल्नु हो, हाँस्नु हो । जब देश फुल्छ–उद्यमले, इलमले, समृद्धिले तब विकास हुन्छ । जब लोकका ऒठहरु फुल्छन् मुस्कुराहटमा हर्षातिरेकले तब विकास हुन्छ । विकास भनेको अलिकति उद्यम र इलम पनि हो; अलिकति समृद्धि पनि हो; अलिकति न्याय, समता र शान्ति पनि हो; अलिकति इमान, नैतिकता र देशप्रेम पनि हो ।

हाम्रो पुरुषार्थ अंक १०१

-त्रैमासिक
  पहाड भत्किरहेछन् । धुलो उडिरहेछ । धुलोसँगै उडिरहेछन् मान्छेहरु । हिलो बगिरहेछ तलतलै । सँगसँगै बगिरहेछन् हाम्रा सपनाहरु पनि । भाषण चलिरहेछ । लाग्छ, सत्य लुकिरहेछ । स्वाभिमान झुकिरहेछ ।

हाम्रो पुरुषार्थ अंक १०० -द्वितीय भाग

-स्वोर्णबर्ष शताङ्क( द्वितीय भाग)
  पुस्तकालय चलाउन गाह्रो छ । पत्रिका निकाल्न गाह्रो छ, स्तरीय बनाउन गाह्रो छ, निरन्तरता दिन झन् गाह्रो छ । स्तरीय कति भयो हामी भन्दैनौं, पाठकहरुबाट आउला । हामी निरन्तर रुपमा शताड्ढसम्म सरासर आयौं । यसैमा हामी हर्ष व्यक्त गर्दछौं । पचास वर्षसम्म पत्रिका निकाल्ने पुरुषार्थ किरण पुस्तकालयले गर्यो । यो 'हाम्रो पुरmषार्थ’ पुस्तकालयकै पुरुषार्थ हो ।

हाम्रो पुरुषार्थ अंक १०० -प्रथम भाग

-स्वोर्णबर्ष शताङ्क( प्रथम भाग)
  हामीभित्र 'म’ छ । हामीभित्र तँ, तिमी, तपाईं छन् । हामीभित्र सबै पुरुष, सबै वचन र सबै लिङ्ग छन् । त्यसैले त यो ।'हाम्रो पुरुषार्थ’ हो । यो सबैको पुरुषार्थ हो । हामी ।'हाम्रो पुरुषार्थ’ भित्र श्रेयस् र अभ्युदय खोज्छौं । हामी 'हाम्रो पुरुषार्थ’मा अक्षय अक्षरहरु खोज्छौं । जो आधा शताब्दीसम्म छरिए यी पाखाहरुमा – ती ज्योतिर्मय बीजहरु ।

हाम्रो पुरुषार्थ अंक ९९

-त्रैमासिक
  विपनाहरु वर्तमान हुन् हाम्रा । तिनलाई हामी भोग्छौं, छाम्छौं, छुन्छौं, देख्छौं, चाख्छौं, सुँघ्छौं, सुन्छौं । विपनाहरु तिता पनि छन्, मिठा पनि छन्, बिझाउने पनि छन्, कोमल पनि छन् । विपनाको लोकमा दुख्ख छ, दर्द छ, अभाव छ, रोग छ, शोक छ, मृत्यु छ ।

हाम्रो पुरुषार्थ अंक ९8

-रुरुक्षेत्र विशेषाङ्क
  एउटा पावन धाम हो– रुरुक्षेत्र । रुरुकन्याको इच्छाले यहाँ बस्छन् – भगवान् हृषीकेश सधैभरि । पतितपावनी काली गण्डकीको धर्मक्षेत्र हो यो । भगवान् हृषीकेशलाई भेट्न हिमालबाट हतार–हतार झर्छिन् काली गङ्गा यहाँ । उनी कतै विशाल बगरहरुमा बग्छिन् कतै साँघुरा गल्छी र खोंचहरुमा बग्छिन् । बग्नु नै जीवन हो भन्ने संघर्षका कथाहरु सुसेल्दै बग्छिन् उनी ।

हाम्रो पुरुषार्थ अंक ९७

-त्रैमासिक
  हाड–मासुले मान्छेको शरीर बन्छ । त्यसमा रक्त र प्राणको सञ्चारले यो गतिमान् बन्छ । त्यसमा आहार, निद्रा, भय र मैथुनका सहजात प ्रवृत्तिहरुमा सृष्टि र जीवनधारा बग्छ । अर्को चैतन्य छ–त्यसले सत् चित् र आनन्दको खोजी गर्छ । हो, शरीर, सहजात प्रवृत्ति र चैतन्य मिलेर मान्छे बन्छ ।

हाम्रो पुरुषार्थ अंक ९६

-त्रैमासिक
  हिंजो रेल थिएन, विमान थिएन, मिसाइल थिएन, परमाणु बम पनि थिएन, बिजुली बत्ती थिएन, रेडियो थिएन, कम्प्युटर थिएन र थिएनन् मोबाइल फोनहरु पनि । तर हिंजो पनि यो पृथ्वी थियो, यसैगरी पसारिएको अनन्त आकाश थियो । यस्तै नै सूर्य, चन्द्र र ग्रह–नक्षत्रहरु थिए ब्रह्माण्डमा । हो हिंजो पनि थियो प्रकृति, मान्छे थियो र जीवन पनि थियो ।

हाम्रो पुरुषार्थ अंक ९५

-त्रैमासिक
  मान्छेलाई बाटो चाहिन्छ । बाटालाई मान्छे चाहिन्छ । मान्छे नभए को हिड्छ बाटामा ? बाटो नभए कहाँ हिड्छ मान्छे ? हो ! मान्छे बाटो नबिराएर हिड्नुपर्छ बाटामा । पथभ्रष्ट बन्नु हुँदैन मान्छे । कसले जोख्छ पथभ्रष्ट मान्छेका कानहरु ? माटो जोगाएर बनाउनुपर्छ बाटाहरु । माटोभन्दा ठूलो के छ ?

हाम्रो पुरुषार्थ अंक ९४

-त्रैमासिक
  धान रोप्न तल झर्नुपर्छ । गास जोर्न तल झर्नुपर्छ । बास खोज्न तल झर्नुपर्छ । दिनदिनै झरिरहेछन् मान्छेहरु तलतलै । नित्य अधोगति छ मान्छे र पानीको । तर हामी अधोगति चाहन्नौं । सदा समुन्नति चाहन्छौं । आशीर्वचनमा उत्तरोत्तर उन्नतिको कामना गर्छौं । खुशी हुन्छौं आफ्नाहरु उँभो लागेको देखेर । कामना गर्छौं उँभौलीतिर लागून् देश र देशवासीहरु ।

हाम्रो पुरुषार्थ अंक ९3

-त्रैमासिक
  होली आउँछ प्रत्येक वर्ष नूतन सृजनसँगै प्रकृतिमा । कतै रंग जमेर आउँछ । गुराँससँगै फुल्छ रंगिलो फागुन । कोइलीसँगै बोल्छ सुमधुर फागुन । रसरंग र उमंग छन् फागुमा । हाम्रोमा होली कतै समुद्रपारिबाट आउँछ । कतै समुद्रवारिबाट आउँछ । नानाचाचा भएर आउँछ । सँगसँगै बसेर होली मनाउने कहिले होला ?

हाम्रो भौगोलिक इतिहास

-भुसाल–वंश, अर्घा र त्यसका छिमेकी राज्यहरूको सङ्क्षिप्त इतिवृत्त
  हाम्रो साँस्कृतिक ग्रन्थ शिवमहापुराण शिवमहापुराणशिवमहापुराण शिवमहापुराणशिवमहापुराण अनुसार यस ब्रह्माण्डमा सर्वप्रथम भगवान् सदाशिव र उहाँबाटै अष्टभूजा पराशक्ति जगदम्बिकाको उत्पत्ति भएको थियो । पौराणिक साहित्यमा भगवान् शिव स्वयम्भू अर्थात् अजन्मा, अप्रकट, निराकार, निर्गुण तथा निर्विकार हुनुहुन्छ, उहाँबाट नै विष्णु तथा ब्रह्माजीको उत्पत्ति भएको भनिन्छ । जे भए तापनि, यस ब्रह्माण्डका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता त्रिदेव ब्रह्मा, विष्णु र महेश्वर (शिव) हुनुहुन्छ ।

हाम्रो पुरुषार्थ अंक ९२

-त्रैमासिक
  यी आकाश, सूर्य, चन्द्र, पृथ्वी, वायु, जल जो हामीले बनाएनौं । यी पर्वत, मैदान, सागर, जीव, वनस्पति जो हामीले बनाएनौं । मान्छेका मनहरु, सहजात वासनाहरु जो हामीले बनाएनौं । कसले बनायो यिनलाई ? हामी भन्छौं प्रकृतिले । यी उपहार हुन्–प्रकृतिका हामीलाई । यी वरदान हुन्–विधाताका हामीलाई ।

हाम्रो पुरुषार्थ अंक ९१

-त्रैमासिक
  भव्य भवनभित्र सरेको छ अहिले पुस्तकालय । भवन शरीर हो; भावना चेतना हो पुस्तकालयको । दुबैको भावले यो पूर्ण बन्छ । भावना जुट्यो उदार मनहरुको र त भव्य भवन बन्यो । भवनभित्र भर्नु छ अझै धेरैधेरै । प्रविधिसँग लय मिलाउनु छ । उदार सहयोगी ती मनहरुप्रति यी मनहरुको कृतज्ञता छ, आशा पनि छ अझै ।

हाम्रो पुरुषार्थ अंक ९0

-त्रैमासिक
  यहींबाट छरिएथ्यो एउटा ज्योति टाढाटाढासम्म । युगयुग ननिभेर त्यसले बाटो देखाउनेछ सबैलाई । त्याग, तप, सत्य, शान्ति र करुणाको त्यो मृत्युञ्जय ज्योतिलाई सादर नमन । बुद्ध एउटा विचार हो । बुद्ध एउटा आचार हो । बुद्ध शान्ति हो । बुद्ध क्षमा हो । बुद्ध शील हो । बुद्ध प्रज्ञा हो । बुद्ध आनन्द हो । राजगद्दी छोडेर भिक्षुक बनेको एउटा त्यागमूर्ति । मैत्री, करुणा, मुदिता र उपेक्षाका भावनाहरुबाट उद्दीप्त एउटा करुणामूर्ति ।

हाम्रो पुरुषार्थ अंक ८९

-पं. भीमकान्त पन्थी शतवार्षिक–स्मृति–विशेषाङ्क
  सबै विद्वान् हुँदैनन् । विद्वान्हरू पनि सबै प्रतिभाशाली हुँदैनन् । कति प्रतिभाशालीहरू लेख्ने जाँगर गर्दैनन् । विद्वत्ता, प्रतिभा र जाँगर तीनै जुट्ने महानुभावहरू दुर्लभ छन् । यस्तै दुर्लभ मध्येका प्रतिभा हुन् महाकवि भीमकान्त पन्थी ।

बृहस्पति सुत्र

-Political Economy of Brihaspati School of Thought
  

हाम्रो पुरुषार्थ अंक ८८

-त्रैमासिक
  ससिफसको कथाझैं भयो नेपालीको क्रान्तियात्रा । कोलका गोरुझैं घुमिरह्यौं हामी निरर्थक र निर्लक्ष्य यात्रामा । मानौं यो तमासा हेरिरहेछौं हामी राजनीतिको । मानौं हामी नौटड्ढी रमिता गरिरहेछौं । मानौं हामी भाण र विदूषकहरुका हास्यास्पद निर्लज्ज अभिनय हेरिरहेछौं ।

हाम्रो पुरुषार्थ अंक ८७

-राष्ट्रकविको स्मृतिमा
  स्वच्छन्दतावादको एउटा दियो निभेको छ, नेपाली साहित्यको आकाशबाट एउटा उज्यालो तारा अस्ताएको छ, राष्ट्रप्रेमको एउटा अटूट वाणी अवरुद्ध भएको छ । हामी दुःखी भयौं–अपूरणीय क्षतिमा । हामी शोकाकुल भयौं–राष्ट्रकविको वियोगमा ।

गजल चालिसा

-
  याद आएर तिम्रो तस्वीर छानेर हेरें आँखा मानेन फेरि पर्दा तानेर हेरें आयो भरिदै माया मनभरि झन्झन् सुन्न कोकिल बोली फोन हानेर हेरें

हाम्रो पुरुषार्थ अंक ८६

-कवि प्रयासी स्मृति-अंक
  संसारमा माटोभन्दा पानी धेरै ह कि ? सकेसम्म आ ँसुलाई संगालेर हो कि ? – भान

अमृतपान

-प्रबन्ध–सङ्ग्रह
  ‘अमृतपान’ साना साना प्रबन्धहरुको सङ्ग्रह हो । यसमा रामायण, महाभारत, पुराण, उपनिषद् आदिमा वर्णित विषयहरुकै सारसंक्षेपलाई सरल नेपाली भाषामा प्रस्तुत गरिएको छ । बुझ्नलाई सजिलो, पढ्नलाई मिठो जीवनका लागि अति उपयोगी कुराहरु यसमा रहेका छन् । त्यसैले यो कृति राम्रोसँग अध्ययन र मनन गरेपछि अमृतपानको अनुभव हुन्छ । विभिन्न विषयका घतलाग्दा कुराहरु यस कृतिमा रहेका छन् । तीमध्ये एउटा ‘अमृतपान’ हो ।

हाम्रो पुरुषार्थ अंक ८५

-कोरोनाको कहर
  कोरोनाको कालसर्पले फैलाएको विषले अहिले संसारलाई जलाइरहेछ । प्राचीन कालमा कालकूट जस्ता विषहरु निस्केर संसारलाई पिरोलेका थिए । लोककल्याणार्थ शिवले पिएथे कालकूट नीलकण्ठ बनेर । हामी नीलकण्ठको धाममा छौं । जगत्को रक्षा गर नीलकण्ठ !

हाम्रो पुरुषार्थ अंक ८४

-महाकवि देवकोटाप्रति श्रद्धाञ्जलि
  लाग्छ दन्त्यकथाझैं जसको जीवनी, आँधीहुरीको कथाझैं । लाग्छ जसको प्रतिभा विलक्षण, दिव्य र जादूमय । मान्छेको चेतनाको धुरी कति अग्लो हुन्छ ? त्यो धुरी थियो ऊ । मान्छेको सृजनशीलताको चुली कति अग्लो हुन्छ ? त्यो चुली थियो ऊ । अनुपम, अतुलनीय र बेजोड । वर्डस्वर्थ र शेली होचा छन् ऊसँग । पन्त, प्रसाद, निराला ती तीन बराबर ऊ एक छ । जसलाई सम्झँदा हाम्रो छाती चौडा हुन्छ । जसलाई सम्झँदा हाम्रो शिर श्रद्धाले झुक्छ । त्यस स्रष्टालाई सगौरव सम्झन्छौं हामी ।

हाम्रो पुरुषार्थ अंक ८३

-भानु चम्काउने मोती
  नेपाली साहित्यको आकाशमा भानु अस्ताएपछि चम्केका उज्ज्वल नक्षत्र हुन् मोती । मोती आफूमात्र चम्केनन् साहित्यमा । मोती आफूमात्र हिंडेनन् साहित्यमार्गमा । मोतीले भानुलाई चम्काए, मोतीमण्डली बनाई मित्रहरुलाई पनि हिडाले आफ्नो बाटोमा ।

हाम्रो पुरुषार्थ अंक ८२

-राष्ट्र, भाषा र साहित्य
  साहित्य मन हो, मस्तिष्क हो – राष्ट्रको । राष्ट्रका भावना र विचारहरु प्रतिबिम्बित हुन्छन् साहित्यमा । साहित्यमा राष्ट्रको ढुक्ढुकी बज्छ । साहित्यमा राष्ट्रको मानवजीवन लहराउँछ । एउटा निर्जीव भूगोल भाषाले, संस्कृतिले, इतिहासले, सभ्यताले जीवन्त बन्दछ ।

हुटिट्याउँको मन

-आगो निभाउन अलिकति पानी
  केराका पातहरु पिपलका पातजस्ता हुँदैनन् । गुलाफका फूलहरुको रुप, रंग र गन्ध पारिजातका फूलको जस्तो हुँदैन । प्रत्येक कलाको उचाइ अनुपम हुन्छ |आकाश आकाशजस्तै हुन्छ । व्यक्तिका अनुभूतिहरु फरक–फरक हुन्छन् । अर्काको अनुभव म जान्दिनँ । सहानुभूति स्वाङ्मात्र हुन्छ । प्रत्येक स्वतन्त्र लेखाइमा व्यक्तिका निजी अनुभूतिहरुको नूतन रुपको झझल्को हुन्छ । एउटा कल्पनाशील मन हुनुपर्छ चंगा झैं । मुक्त हुनुपर्छ–ढोंग आडम्बर, लोकाचारबाट । आत्माको अभिव्यञ्जना निबन्ध बनेर बग्नेछ त्यहाँ ।

हाम्रो पुरुषार्थ अंक ८१

-पृथ्वी तात्दै छ
  हिजो विकास थिएन, विनाश पनि थिएन । आज विकाससंगै विनाश पनि आएको छ । विकासको अर्थ हो – प्रसन्नता, प्रफुल्लता । मान्छे प्रसन्न हुनसक्ने वातावरण बनेमा विकास भएको हुन्छ । आज हामीसँग माता धरणी क्रुद्ध छन् । आज हामीसँग वायुदेवता र जलदेवता क्रुद्ध छन् । देवता रिसाएपछि आज हामी खिन्न छौं, त्रस्त छौं । आज पृथ्वी, वायु, जल, आकाश प्रदूषित बनेका छन् । तिनको आधारमा जीवन धारण गर्ने सबै पीडा र सन्त्रासमा छन ।

काव्यमालिका

-जीवनदर्शनम्
  

हाम्रो पुरुषार्थ अंक ८०

-किरण पुस्तकालयको स्वर्णवर्ष विशेषांक
  उज्यालोको अर्को नाम किरण हो । उज्यालो सूर्यले छर्छ, अग्निले छर्छ, ज्ञानले पनि छर्छ । अँध्यारोमाभय छ, अविद्या छ । उज्यालोमा निर्भय छ, विद्या छ । उपनिषद्भन्छ –विद्या र अविद्या दुबै छन्लोकमा । विद्या अविद्या दुबै चिन्नुपर्छ । अविद्या छोडी विद्याको अमृत प्युनुपर्छ । विद्या अजरामर छ मत्र्यमा । विद्या अक्षर छ, अविनाशी छ । ज्ञान ज्योतिर्मय छ ।

आधा जिस्ता

-कागजी पुस्ताका लागी ...
  

हाम्रो पुरुषार्थ अंक ७९

-पुस्तक र पुस्तकालय
  अजरामर हुन्छन् अक्षरहरू । हामी मान्छे बन्छौं अक्षरबाट । अक्षरले हामी सभ्य भयौं, नैतिक भयौं, ज्ञानी भयौं । हाम्रा ज्ञानहरू अक्षरबाट बगेका छन् स्वर्ग·ा झैं । हाम्रा शरीरहरू क्षर छन् । हाम्रा कृतिहरू अक्षर छन् । हाम्रा ज्ञान, कला, प्रविधि अक्षर छन् । संसारमा सर्दै जानेछन् ती पुस्तापुस्तासम्म अक्षरमा ।

Kiran Pustakalaya