हाम्रो भौगोलिक इतिहास
-भुसाल–वंश, अर्घा र त्यसका छिमेकी राज्यहरूको सङ्क्षिप्त इतिवृत्त
हाम्रो साँस्कृतिक ग्रन्थ शिवमहापुराण शिवमहापुराणशिवमहापुराण शिवमहापुराणशिवमहापुराण अनुसार यस ब्रह्माण्डमा सर्वप्रथम भगवान् सदाशिव र उहाँबाटै अष्टभूजा पराशक्ति जगदम्बिकाको उत्पत्ति भएको थियो । पौराणिक साहित्यमा भगवान् शिव स्वयम्भू अर्थात् अजन्मा, अप्रकट, निराकार, निर्गुण तथा निर्विकार हुनुहुन्छ, उहाँबाट नै विष्णु तथा ब्रह्माजीको उत्पत्ति भएको भनिन्छ । जे भए तापनि, यस ब्रह्माण्डका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता त्रिदेव ब्रह्मा, विष्णु र महेश्वर (शिव) हुनुहुन्छ ।