किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ८९


हाम्रो पुरुषार्थ अंक ८९
  पं. भीमकान्त पन्थी शतवार्षिक–स्मृति–विशेषाङ्क

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

सबै विद्वान् हुँदैनन् । विद्वान्हरू पनि सबै प्रतिभाशाली हुँदैनन् । कति प्रतिभाशालीहरू लेख्ने जाँगर गर्दैनन् । विद्वत्ता, प्रतिभा र जाँगर तीनै जुट्ने महानुभावहरू दुर्लभ छन् । यस्तै दुर्लभ मध्येका प्रतिभा हुन् महाकवि भीमकान्त पन्थी । गुल्मी धुर्कोटको वाग्ला बडाचौरमा आजभन्दा १०० वर्ष पहिले जन्मेर त्यसबेला त्यत्रो विद्वत्ता आर्जन गर्नु नै एउटा विस्मयकारी विषय थियो । उनमा अद्भुत सृजनसामथ्र्य थियो । उनमा अतुल ज्ञानराशि थियो — भाषा, साहित्य, संस्कृति र अध्यात्मदर्शनको । काव्यचातुरी देख्छौं हामी उनको काव्यसृजनमा । रसपरिपाक भेट्छौं हामी उनका सरस रचनाहरूमा । अध्यात्मको आलोकमा आलोकित छन् उनका सृजनाहरू । सत्कर्ममय, निष्ठामय, सदाचारमय उज्ज्वल जीवन बाँचे उनी । सदा कर्मनिष्ठामा तत्पर रहे उनी । सदा पूर्वीय आर्यसंस्कृतिका अनुयायी रहे उनी । न कुनै आडम्बर न कुनै स्वाङ् स्फटिकझैं पारदर्शी थियो उनको जीवन । आफ्नो समयमा लोकवन्द्य बने उनी । जस्तो विचार उस्तै आचार भएको सङ्लो जीवन थियो उनको । एउटा आदर्शमय र अनुकरणीय महापुरुष थिए उनी ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya