किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ८८


हाम्रो पुरुषार्थ अंक ८८
  त्रैमासिक

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

ससिफसको कथाझैं भयो नेपालीको क्रान्तियात्रा । कोलका गोरुझैं घुमिरह्यौं हामी निरर्थक र निर्लक्ष्य यात्रामा । मानौं यो तमासा हेरिरहेछौं हामी राजनीतिको । मानौं हामी नौटड्ढी रमिता गरिरहेछौं । मानौं हामी भाण र विदूषकहरुका हास्यास्पद निर्लज्ज अभिनय हेरिरहेछौं ।

सात साल, छ्यालीस साल र त्रिसठ्ठी सालमा नेपालमा क्रान्तिहरु भए । क्रान्तिमा नायकहरु लुके । जनताले छाती थापे । जनता नै शहीद भए । नायकहरुले अबीर र माला थापे, थापिरहे । नायकहरु पदका लागि लडिरहे । प्रत्येक महिना संक्रान्ति आए पनि नेपालीलाई संक्रान्ति आएन। अधूरो भइरह्यो क्रान्ति, अपूरा भइरहे जनताका सपनाहरु ।

क्रान्ति ः देशोत्थानको मियो बन्नु पर्ने थियो । क्रान्ति ः राष्ट्रिय चेतनाको दियो बन्नु पर्ने थियो । क्रान्ति ः यस राष्ट्रलाई एउटै सूत्रमा उन्ने सियो बन्नु पर्ने थियो । क्रान्तिले लोकतन्त्रको सुमधुर फल फलाउला भनेको त पार्टीतन्त्रको तितो ऐरलु पो फलायो । यसले त राष्ट्रिय एकताको उनेको माला च्यातेर छिन्न–भिन्न गरायो ।

एउटा समुन्नत र समृद्ध राष्ट्रको सपना हामी बुनिरहेथ्यौं । एउटा कल्पना हामी गरिरहेथ्यौं, – क्रान्तिले सुख, स्वतन्त्रता र समानता ल्याउँछ भनेर । भएन त्यस्तो । हामीले राष्ट्रमा भस्मासुरको दाइँ देखिरहेछौं । एकता होइन, गुट, फुट र पदलोलुपताको चर्तिकला हेरिरहेछौं । अस्थिरताको भुमरीमा घुमिरहेछौं ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya