किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

अमृतपान


अमृतपान
  प्रबन्ध–सङ्ग्रह

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

‘अमृतपान’ साना साना प्रबन्धहरुको सङ्ग्रह हो । यसमा रामायण, महाभारत, पुराण, उपनिषद् आदिमा वर्णित विषयहरुकै सारसंक्षेपलाई सरल नेपाली भाषामा प्रस्तुत गरिएको छ । बुझ्नलाई सजिलो, पढ्नलाई मिठो जीवनका लागि अति उपयोगी कुराहरु यसमा रहेका छन् । त्यसैले यो कृति राम्रोसँग अध्ययन र मनन गरेपछि अमृतपानको अनुभव हुन्छ । विभिन्न विषयका घतलाग्दा कुराहरु यस कृतिमा रहेका छन् । तीमध्ये एउटा ‘अमृतपान’ हो । परमात्माको ज्ञान, नियमपूर्वक आर्जन गरेको धनको उपभोग, सद्धर्मको पालना, असल कार्यको अनुकरण, पुण्यकर्मको प्रभाव आदिबाट जीवनले अमृतपानको अनुभव गर्न सक्दछ । ‘मृत्योर्माऽमृतं गमय’ मान्छेमात्रको चाहना हो । जीवनलाई अमृतमय बनाउन र अमरत्व प्राप्त गर्नका लागि हाम्रा शास्त्रहरुले निर्देश गरेको आचरणलाई पालन गर्नुपर्छ । धर्म, अर्थ, काम, मोक्ष चारै पुरmषार्थ, भौतिक र आध्यात्मिक, ऐहलौकिक र पारलौकिक सुख, शान्ति प्राप्त गर्नका लागि वेदविहित कर्मको बाटो छोड्नुहुँदैन भन्ने यस कृतिको सारांश हो । यसमा धर्माधर्म, कर्तव्याकर्तव्य, संस्कार, संस्कृति, परोपकार, आयुवृद्धि आदिका उपायहरुको बारेमा पनि छोटकरीमा अत्यन्त गहिरा र घतलाग्दा विचारहरु अभिव्यक्त भएका छन् । बुझ्नेलाई यो श्रीखण्ड हो ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya