किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ८३


हाम्रो पुरुषार्थ अंक ८३
  भानु चम्काउने मोती

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

नेपाली साहित्यको आकाशमा भानु अस्ताएपछि चम्केका उज्ज्वल नक्षत्र हुन् मोती । मोती आफूमात्र चम्केनन् साहित्यमा । मोती आफूमात्र हिंडेनन् साहित्यमार्गमा । मोतीले भानुलाई चम्काए, मोतीमण्डली बनाई मित्रहरुलाई पनि हिडाले आफ्नो बाटोमा ।

छोटा आयुमा बडा काम गर्छन् यशस्वीहरु । तीस वर्षको उमेरमा एउटा युगको निर्माण गरे मोतीले । एउटा धारालाई बगाए मोतीले । विभूति हुन् मोती हाम्रा । नक्षत्र हुन् हाम्रा उज्यला । रत्न हुन् हाम्रा उम्दा । उनी छन् अनुपम आफैमा । हामी भन्छौं, उनी हुन्–शंकराचार्य झैं, विवेकानन्द झैं, कीट्स झैं, शेली झैं ।

उनी हुन् प्रथम गजलकार हाम्रा । उनी हुन् प्रथम पत्रकार राम्रा । उनी हुन् प्रथम समीक्षक द्रष्टा । उनी हुन्–शृङ्गाररसका अनुपम स्रष्टा । शृङ्गाररसको सुमधुर धारा बग्यो उनीबाट । नेपाली भाषाका कवि–कोकिल हुन् उनी ।

नेपाली साहित्यको माध्यमिक कालका सर्वश्रेष्ठ कवि मोतीले नेपाली भाषासाहित्यको विकासमा दिएको योगदान अपूर्व छ । मुद्रण युगको प्रारम्भसँगै उनी उदाए । लुप्तगुप्त प्रतिभाको खोजी गरे उनले । नेपाली कवितामा रागात्मक कविता सृजेर साहित्यमा चाख जगाए । एउटा सिंगो युग बोकेका छन् मोतीले साहित्यमा ।

काठमाडौंमा जन्मेर बनारसमा पढेका मोतीमा हिन्दीका भारतेन्दु हरिश्चन्द्रको प्रभाव परेको छ । फारसी जानेका मोतीले त्यतैबाट नेपालीमा गजल भित्र्याए । नेपाली साहित्यको इतिहासमा अजरामर छन् मोती । मोतीको प्रकाशमा बाटो पहिलाएथ्यो नेपाली भाषा र साहित्यले । राष्ट्रका विभूति मोतीको १५४ औं जन्मजयन्तीको अवसरमा उनको अमर आत्माप्रति हार्दिक श्रद्धाञ्जलि ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya