किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ९७


हाम्रो पुरुषार्थ अंक ९७
  त्रैमासिक

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

हाड–मासुले मान्छेको शरीर बन्छ । त्यसमा रक्त र प्राणको सञ्चारले यो गतिमान् बन्छ । त्यसमा आहार, निद्रा, भय र मैथुनका सहजात प ्रवृत्तिहरुमा सृष्टि र जीवनधारा बग्छ । अर्को चैतन्य छ–त्यसले सत् चित् र आनन्दको खोजी गर्छ । हो, शरीर, सहजात प्रवृत्ति र चैतन्य मिलेर मान्छे बन्छ ।

शरीर–पोषण प्राणीमात्रको धन्दा हो । सहजात प्रवृत्ति पशुपक्षीमा पनि छन् । मायाको बन्धनमा जगत् बाँधिएको छ । मान्छे बन्न एक सिंढी माथि चढ्नुपर्छ–त्यहाँ अलिकति त्याग छ, निवृत्ति छ, करmणा छ, सत्य छ, नैतिकता छ, मानवता छ, लज्जा छ । त्यो भेटाउनुपर्छ मान्छेले ।

जो मान्छेको सिंढीमा चढ्छ–त्यो भ्रष्टाचारी हुन्न । देश बिगारेर गोजी भर्ने धन्दामा ऊ लाग्दैन । पुच्छर नभए पनि त मान्छे पशु हुन सक्छ । जब मान्छे मान्छेको सिंढीमा पुग्दैन, सिङ्, दाह्रा पनि उम्रिन्छन् – मान्छेका । ऊसँग हुँदैनन्–सत्य, नैतिकता र मानवताहरु जब । हामी मान्छे खोजिरहेछौं – देशमा ।

देश बन्थ्यो होला । समाज बन्थ्यो होला । नमैलिएका भए हाम्रा मनहरु । अलिकति लज्जा र सत्यनिष्ठा भइदिएको भए मनमा । हो, स्वार्थ त्यसरी ढलीमली गर्ने थिएन कि ! लोभ त्यसरी जमजमाउने थिएन कि ! अलिकति साहित्यले जीवनको अनित्यता र कर्तव्यको पाठ पढाइदिएको भए । हो– भाइ–बहिनीहरुलाई पण्यशालामा उभ्याइने थिएन कि !

सबैलाई धुने, पखाल्ने पानी किन धमिलिएको छ ? मैलिएको छ ? कपडाहरु मैला हुनन्–पानीले धोउँला । शरीर मैलो होला–पानीले नुहाउँला । भाँडाहरु मैला होलान्–पानीले पखालौंला । पानीलाई केले पखाल्ने होला ? केले माझ्ने होला ? आगाकी पनि जननी हो पानी । पानीको पेटमा आगो हुन्छ – वडवानल । हो पानीले आगो निभाउँछ । कहिले आगोले पानी सुकाउँछ । पानीबाट आगो निस्कन सक्छ ?

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya