किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ८५


हाम्रो पुरुषार्थ अंक ८५
  कोरोनाको कहर

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

एउटा महाव्यथा, एउटा महामारीको त्रासदीबाट विश्व त्रस्त्त भएको छ अहिले । महाचीनबाट प्रकट भएको कोविड–१९ कोरोना भाइरसले अहिले विश्वमानवलाई पिरोलेको छ, आतंकित तुल्याएको छ । यसले अहिले करोडौंलाई त्रस्त बनाएको छ, लाखौंलाई ग्रस्त बनाएको छ र हजारौंलाई मृत्युको मुखमा धकेलेको छ ।

चीनदेखि यूरोप–अमेरिकासम्म कोरिया जापान भारत र अरबको खाडीसम्म कोरोनाको कहर व्याप्त छ । कालसर्प झैं फणा उठाएर कोरोना मानव जातिमाथि आक्रामक बनेको छ । कोरोनाले विश्वलाई नै भयभीत र अस्तव्यस्त बनाएको छ । भयभीत छौं हामी पनि । खतरामा छौं हामी पनि ।

विकसित र साधनसम्पन्न राष्ट्रहरुलाई समेत अत्याएको कोरोना हाम्रोमा पस्यो भने उत्पात मच्चिन सक्छ । हामी साधनहीन छौं । अनुशासनले, धैर्यले, मन्त्रबलले, औषधले, आचरणले हामी कोरोनासँग सामना गर्नुपर्छ ।

कोरोनाको कालसर्पले फैलाएको विषले अहिले संसारलाई जलाइरहेछ । प्राचीन कालमा कालकूट जस्ता विषहरु निस्केर संसारलाई पिरोलेका थिए । लोककल्याणार्थ शिवले पिएथे कालकूट नीलकण्ठ बनेर । हामी नीलकण्ठको धाममा छांै । जगत्को रक्षा गर नीलकण्ठ !

आ वात वाहि भेषजं वि वात वाहि यद्रपः त्वं हि विश्वभेषज देवानां दूत ईयसे । – अथर्ववेद ।

हे वायु ! औषधिका थोपाहरु उडाएर ल्याऊ ! तिमी विश्वका औषध हौ र देवताका दूत हौ ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya