किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक १०० -प्रथम भाग


हाम्रो पुरुषार्थ अंक १०० -प्रथम भाग
  स्वोर्णबर्ष शताङ्क( प्रथम भाग)

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

हामीभित्र ‘म’ छ । हामीभित्र तँ, तिमी, तपाईं छन् । हामीभित्र सबै पुरुष, सबै वचन र सबै लिङ्ग छन् । त्यसैले त यो ।’हाम्रो पुरुषार्थ’ हो । यो सबैको पुरुषार्थ हो । हामी ।’हाम्रो पुरुषार्थ’ भित्र श्रेयस् र अभ्युदय खोज्छौं । हामी ‘हाम्रो पुरुषार्थ’मा अक्षय अक्षरहरु खोज्छौं । जो आधा शताब्दीसम्म छरिए यी पाखाहरुमा – ती ज्योतिर्मय बीजहरु ।

आलस्यमा पुरुषार्थ लुक्छ । संकीर्णतामा पुरुषार्थ सुक्छ । त्रासमा पुरुषार्थ झुक्छ । जाँगरमा, सामथ्र्यमा पुरुषार्थ चुलिन्छ । प्रतिभामा, साधनामा, सहयोगमा पुरुषार्थ बाँच्छ । साधना, संघर्ष र सहयोगमा त बाँचिरहेछ–हाम्रो पुरुषार्थ ।

नदीझैं अक्करमा साँघुरिएर, छाँगाहरुमा झरेर, समथरमा फैलिएर बगिरहेछ–हाम्रो पुरुषार्थ यहाँसम्म । बग्नु नै जीवन हो । बल्नु नै पुरुषार्थ हो । बग्दै र बल्दै बढिरहेछ – हाम्रो पुरुषार्थ – सय अड्ढसम्म – पचास शताब्दीमा ।

बगिरह्यो समय । समयसितै बग्यांै हामी । समयसितै बग्यो ।।।हाम्रो पुरुषार्थ’ पनि । कति जन्मे, कति मरे, बेहिसाब छ सृष्टिमा । बाँच्नेका कपाल फुले । चाउरी बोकेर हिडिरहेछौं हामी घस्रेर । कतिपल्ट पृथ्वीले सूर्यको फन्को मारिन् १ आधा शताब्दी गन्दै आंैला भाँच्दैछौं हामी । पुरुषार्थको सय अवतारको स्वागतमा छौं हामी । हामी जराजीर्ण हुँदा – पुरुषार्थ जवान भइरहेछ । हो – बूढा हुँदैनन् पुरुषार्थहरु ।

पुरुषार्थभित्र कति संघर्ष छन् रु कति सकस छन् रु कति साधना छन् रु कति रहर छन् रु कति जहर छन् रु – ती देखिन्नन् । सत्य र पुरुषार्थ टेक्दा अलिकति गरलपान त गर्नुपर्छ नि !

लेख्दा – लेख्दा खिइएका हात र थकित अनुहार देखेर कतिले लकीरका फकीर ठान्दा हुन् । कतिले यी काम निरर्थक ठान्दा हुन् । कति हाँस्दा हुन् – बालुवा पेलेको देखेर । तर हामी बालुवा पेलिरहन्छौं । कसो तेल नझर्ला १ ।’हाम्रो पुरुषार्थ’को सय अड्ढबाट सबैलाई हार्दिक शुभकामना !

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya