किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ९3


हाम्रो पुरुषार्थ अंक ९3
  त्रैमासिक

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

होली आउँछ प्रत्येक वर्ष नूतन सृजनसँगै प्रकृतिमा । कतै रंग जमेर आउँछ । गुराँससँगै फुल्छ रंगिलो फागुन । कोइलीसँगै बोल्छ सुमधुर फागुन । रसरंग र उमंग छन् फागुमा । हाम्रोमा होली कतै समुद्रपारिबाट आउँछ । कतै समुद्रवारिबाट आउँछ । नानाचाचा भएर आउँछ । सँगसँगै बसेर होली मनाउने कहिले होला ?

आउन त आउँछ होली यी पहाडहरु छिचोलेर पनि । यतै पनि जम्थ्यो होली । होरी आउँथ्यो हाम्रो बैंस र वसन्तसँगै । चीर पोलेको खरानी उडाइन्थ्यो, धुस्रोफुस्रो नेपाली रंग । रंग भएपछि रंग जे भएपनि हुन्छ । उमंग भएपछि सर्वत्र रंग हुन्छ । फाग गाइन्थ्यो चोर औंलो ठड्याउँदै, विशुद्ध नेपाली मन । अहिले युग बदलियो । युगसँग र्याङ्ठ्याङ मिलाउने क्रममा छौं हामी । अग्रगामी बाटामा उछिनपाछिनमा छौं हामी ।

होली अर्थात् होरी आयो । धूलाम्य छन् बस्ती र बाटाहरु । हाम्रो होलीले फागुमा रंग उडाउँछ । हाम्रो विकासले होलीपछि धूलो उडाउँछ । हाम्रो विकासले बर्खामा गाउँ बगाउँछ । विकास त फुल्नु र हाँस्नु हो भन्थ्यौं किन रmवाउँछ ? किन वैलाउँछ ? हामी हाम्रो हाँसो र गालाको लाली खोजी रहेछौं ।

प्रेममिलनको पर्व हो होली । शान्ति र मनवताको सन्देश हो होली । बलमिच्याइ चलिरहेछ संसारमा । शस्त्रास्त्रका होड चलिरहेछन् । युद्धका उन्मादहरु अट्टहास गरिरहेछन् । बम, बारुद पड्किरहेछन् मान्छेहरुका बस्तीमा । तेरो र मेरोको हानथापमा हाम्राहरु मरिरहेछन् । के विज्ञानको प्रयोग ध्वंसका लागि हो ? शान्ति, सृजना, मानवता र विश्वबन्धुत्वका लागि विज्ञानको उपयोग गर्नु पर्दैन ? हे भगवन्, नीलकण्ठ ! प्रकट भएर मान्छेले बनाएको यस कालकूटलाई पिइदेऊ ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya