किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ९0


हाम्रो पुरुषार्थ अंक ९0
  त्रैमासिक

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

यहींबाट छरिएथ्यो एउटा ज्योति टाढाटाढासम्म । युगयुग ननिभेर त्यसले बाटो देखाउनेछ सबैलाई । त्याग, तप, सत्य, शान्ति र करुणाको त्यो मृत्युञ्जय ज्योतिलाई सादर नमन ।

बुद्ध एउटा विचार हो । बुद्ध एउटा आचार हो । बुद्ध शान्ति हो । बुद्ध क्षमा हो । बुद्ध शील हो । बुद्ध प्रज्ञा हो । बुद्ध आनन्द हो । राजगद्दी छोडेर भिक्षुक बनेको एउटा त्यागमूर्ति । मैत्री, करुणा, मुदिता र उपेक्षाका भावनाहरुबाट उद्दीप्त एउटा करुणामूर्ति ।

हाम्रो लुम्बिनी बुद्ध खोजेर रोइरहेछ । हामी बुद्धभूमिमा उभिएर बुद्ध खोजिरहेछौं । बुद्धका पाउ पुज्छौं हामी । धूप बाल्छौं–धूपको सुमधुर गन्धमा बुद्ध खोज्छौं । बुद्धको शरणमा जान सकेनौं हामी । आचारबाट बुद्धपथमा हिंड्न जानेनौं हामी ।

शुद्ध, निर्दोष र पवित्र जीवन बाँच्नुपर्छ भन्ने बुद्धको आदेश हो । हिंसा, चोरी, व्यभिचार, असत्य, मद्यपान बढिरहेको राष्ट्रमा बुद्धका शीलहरु बबुरा बनिरहेछन् । हामी आचारमा बुद्धलाई बेचिरहेछौं फगत् ।

काषाय वस्त्रले र मालाले मात्र बुद्धको अनुसरण हुँदैन । अहिंसा, सत्य, त्याग, करmणा, मैत्री, प्रज्ञा र संयमको बाटो हो बुद्धको । शील अर्थात् सदाचारको मार्ग हो बुद्धको । बुद्ध जप्छौं तर बुद्धको बाटोमा हिंड्दैनौं हामी ।

विचारले पनि, आचारले पनि हामी बुद्धपथमा हिंड्न सिकौं । लुम्बिनीको सन्देश सुनौं–पञ्चशीलको । सम्झौं हाम्रा विभूतिलाई राष्ट्रका । उनका मूर्ति र मन्दिरको चर्चा होइन, उनका विचार र आचारहरुलाई हृदयंगम गरौं । पच्चीस सय पैंसट्ठीऔं बुद्धजयन्तीमा महात्मा बुद्धप्रति भक्ति र गौरवबोध गर्दछौं । बुद्धं शरणं गच्छामि ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya