किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो भौगोलिक इतिहास


हाम्रो भौगोलिक इतिहास
  भुसाल–वंश, अर्घा र त्यसका छिमेकी राज्यहरूको सङ्क्षिप्त इतिवृत्त

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

हाम्रो साँस्कृतिक ग्रन्थ शिवमहापुराण शिवमहापुराणशिवमहापुराण शिवमहापुराणशिवमहापुराण अनुसार यस ब्रह्माण्डमा सर्वप्रथम भगवान् सदाशिव र उहाँबाटै अष्टभूजा पराशक्ति जगदम्बिकाको उत्पत्ति भएको थियो । पौराणिक साहित्यमा भगवान् शिव स्वयम्भू अर्थात् अजन्मा, अप्रकट, निराकार, निर्गुण तथा निर्विकार हुनुहुन्छ, उहाँबाट नै विष्णु तथा ब्रह्माजीको उत्पत्ति भएको भनिन्छ । जे भए तापनि, यस ब्रह्माण्डका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता त्रिदेव ब्रह्मा, विष्णु र महेश्वर (शिव) हुनुहुन्छ । यी त्रिदेवलाई एकसाथ सम्बोधन गर्दा ॐ बाट गरिन्छ । यो प्रणव अक्षर अ+उ+म ध्वनीबाट बनेको छ । संस्कृत शब्दकोशमा भनिएको छ, अकारो विष्णुरुद्दित उकारस्तु महेश्वरः मकारस्तु स्मृतो ब्रह्मा प्रणवस्तु त्रयात्मकः (आप्टे, १९८९) । (अर्थात् अकारबाट विष्णु, उकारबाट महेश्वर एवं मकारबाट ब्रह्माको स्मरण गरिन्छ । यसप्रकार ॐकार अक्षरले ब्रह्माजी सृष्टिकर्ता, विष्णु पालनकर्ता तथा महेश्वर संहारकर्ता हुनुहुन्छ । यही पौराणिक परम्पराबाट राज्यका तीन अङ्ग व्यवस्थापिका (ब्रह्माको स्वरूप), कार्यपालिका (विष्णुको स्वरूप) तथा न्यायपालिका (महेश्वरको स्वरूप) बनेका हुन् । सृष्टिकर्ता ब्रह्माजीबाट विभिन्न मानसपुत्रको सृष्टि भएको र ती मध्ये नारदजी पनि एक हुनुहुन्थ्यो, जसले ब्रह्मलोक, विष्णुलोक र शिवलोकका गतिविधिको सञ्चार गर्नुहुन्थ्यो । यही कारणले आधुनिक राज्य प्रणालीमा यी तीन अङ्गसँगै सञ्चार जगत्लाई राज्यको चौथो अङ्ग मानिएको छ ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya