किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ८७


हाम्रो पुरुषार्थ अंक ८७
  राष्ट्रकविको स्मृतिमा

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

स्वच्छन्दतावादको एउटा दियो निभेको छ, नेपाली साहित्यको आकाशबाट एउटा उज्यालो तारा अस्ताएको छ, राष्ट्रप्रेमको एउटा अटूट वाणी अवरुद्ध भएको छ । हामी दुःखी भयौं–अपूरणीय क्षतिमा । हामी शोकाकुल भयौं –राष्ट्रकविको वियोगमा ।

जसको सुमधुर वाणीमा सुन्दर, शान्त, विशाल नेपाल गुन्जन्थ्यो लयमा । कांगडादेखि टिष्टासम्मका वीरताका, हाम्रा शान र मानका कालजयी आवाजहरु घन्कन्थे जसका गीतमा । वीरताका, करुणाका, शृङ ्गारका, सृजनाका अथक गायक राष्टकविको निधनबाट–हामी मर्माहत भयौं ।

राष्ट्रकवि ! तिमीले देशपेम्र का कालजयी भाकाहरु गायौ । हाम्रा राष्ट्रचेतका ज्योतिर्मय भावहरु गायौ । सृजनाका मृत्युञ्जय गीतहरु गायौ । जिजीविषा र शृङ्गारका शाश्वत भावहरु गायौ । अखण्डता र एकताका ओजस्वी गानहरु गायौ । अब तिम्रो भौतिक जीवन छैन हाम्रो सामुमा । अब तिमी कृतिमा छौ, स्मृतिमा छौ । हे ! महागायक ! तिम्रो अनन्तयात्रा शान्तिमय बनोस् ।

राष्ट्रपेम्र , प्रकृतिपेम्र , शृङ्गार, मानवता, सृजना, करुणा, रहस्य र सौन्दर्यका भावहरु छताछुल्ल छन्–राष्ट्रकवि माधव घिमिरेका काव्यकृतिहरुमा । भावुकता र हार्दिकताका, स्वच्छन्दता र कलाका दोभान हुन् उनी । धन्य छ उनको जन्मस्थल लमजुङको पुस्तुन गाउँ । धन्य छ नेपाल राष्ट्र एउटा राष्ट्रकवि पाएर ।

सुदीर्घ समयसम्म नेपाल राष्टक«ो गाथा गाएर, नेपाली भाषासाहित्यको सेवा गरेर, ठूलो मानसम्मान पाएर, महानिर्वाण प्राप्त गर्ने शताब्दीपुरु्ष राष्ट्रकवि माधव घिमिरेको सम्मान र श्रद्धामा ‘हाम्रो पुरुषार्थ’को प्रस्तुत अड्ढ समर्पित छ ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya