किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ८४


हाम्रो पुरुषार्थ अंक ८४
  महाकवि देवकोटाप्रति श्रद्धाञ्जलि

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

एउटा कलमवीर जो नेपालको माटोमा फुलेको थियो । एउटा स्रष्टा जसले मानवता र स्वतन्त्रताका लागि क्रान्ति र विद्रोहको युगवाणी उरालेको थियो, स्वच्छन्द, उन्मुक्त भावहरु लोकप्रिय लोकलयमा गाएको थियो । हिमालझैं उचो प्रतिभा बोकेर अज्ञानी समाजमा उन्मादी ठानिएको थियो । एउटा कल्पनाशील, स्वप्नशील दिव्य करmणामय आत्मा बनी लोकहितार्थ प्रमिथस बनेर झरेको थियो पृथ्वीमा ऊ एउटा देवदूत ! एउटा देवपुत्र ! अमरावतीबाट ।

राजालाई रंक र रंकलाईं राजा देख्नसक्ने दिव्य दृष्टिवाला त्यस स्रष्टालाई हामी सम्झन्छौं । स्वच्छन्दताका स्वप्नबीजहरु नेपाली भाषामा उमार्ने, फुलाउने र माला गाँस्ने त्यस अद्भुत मालीलाई हामी श्रद्धा गर्दछौं । नेपाली भाषामा काव्य, कविता र निबन्धमा नवयुग डाक्ने त्यस कविकोकिललाई हामी आदर गर्छौं । वाल्मीकि र व्यासझैं विलक्षण सृजनासामथ्र्य हुने त्यस शारदापुत्रलाई, त्यस महापुरmषलाई वन्दना गर्दछौं ।

लाग्छ दन्त्यकथाझैं जसको जीवनी, आँधीहुरीको कथाझैं । लाग्छ जसको प्रतिभा विलक्षण, दिव्य र जादूमय । मान्छेको चेतनाको धुरी कति अग्लो हुन्छ ? त्यो धुरी थियो ऊ । मान्छेको सृजनशीलताको चुली कति अग्लो हुन्छ ? त्यो चुली थियो ऊ । अनुपम, अतुलनीय र बेजोड । वर्डस्वर्थ र शेली होचा छन् ऊसँग । पन्त, प्रसाद, निराला ती तीन बराबर ऊ एक छ । जसलाई सम्झँदा हाम्रो छाती चौडा हुन्छ । जसलाई सम्झँदा हाम्रो शिर श्रद्धाले झुक्छ । त्यस स्रष्टालाई सगौरव सम्झन्छौं हामी ।

२०७६ साल कार्तिक २७ गते हामीले १११ औं देवकोटा जयन्ती मनायौं । अनुपम काव्यस्रष्टालाई सम्झेर कृतज्ञता र श्रद्धाका फूलहरु चढायौं । जसको सम्झना र सम्मानमा ५१ वर्षपहिलेदेखि किरण पुस्तकालयले विभिन्न कार्यक्रमहरुको आयोजन गर्दै आइरहेको छ । प्रज्ञा र प्रतिभाका प्रतिमूर्ति महाकविलाई सम्झेर यस ज्ञानमन्दिरको परिकल्पना भएको थियो । त्यहीं महान् आत्माको श्रद्धाञ्जलिस्वरुप प्रस्तुत अड्ढ समर्पित छ ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya