किरण पुस्तकालय

होमपेज इतिहास हाम्रा प्रकाशनहरु समाचारमा सामाजिक संजाल सम्पर्क

हाम्रो पुरुषार्थ अंक ९१


हाम्रो पुरुषार्थ अंक ९१
  त्रैमासिक

पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस         

भव्य भवनभित्र सरेको छ अहिले पुस्तकालय । भवन शरीर हो; भावना चेतना हो पुस्तकालयको । दुबैको भावले यो पूर्ण बन्छ । भावना जुट्यो उदार मनहरुको र त भव्य भवन बन्यो । भवनभित्र भर्नु छ अझै धेरैधेरै । प्रविधिसँग लय मिलाउनु छ । उदार सहयोगी ती मनहरुप्रति यी मनहरुको कृतज्ञता छ, आशा पनि छ अझै ।

यता भव्य भवन बन्यो । उताबाट सन्देश आयो – किरण पुस्तकालय राष्ट्रका पुस्तकालयमध्ये उत्क ृष्टमा गनियो भनेर । मान्छे रित्तिंदै गएका पहाड खण्डमा रहेर किरण पुस्तकालयले देखाएको पुरmषार्थले मान्छेका मनहरु तानेको छ । त्यसैले त आफ्नो बखान आफै गर्न मन लागेको छ आज ।

किरण पुस्तकालयले एउटा इतिहास कोरेको छ करीब छ दशकको । विगत बिर्सनु हुँदैन, आगतलाई अस्वीकार गर्न सकिन्न । यी दुबैको सेतु वर्तमानमा हामी छौं । यसलाई उमार्न, हुर्काउन, फुलाउन एवं फलाउन मलजल गर्नेहरुलाई नमन । जगका ढुंगाहरुलाई नमन जसमा वर्तमान उभिएको छ । भविष्यत्को काँध थाप्नेहरु जुट्नुपर्छ । जोडिनुपर्छ युगका शृङ्खलाहरु ।

वाङ्मयको विकासमा पुस्तकालयको योगदान अविदित छैन । पुस्तकालय पुस्तक आदानप्रदान र पठनमा मात्र सीमित छैन । प्रकाशनमा पनि हाम्रो पुरmषार्थका ९१ पुरmषार्थहरुले नेपाली भाषा– वाङ्मयमा एउटा छाप छोडेका छन् । भाग्य हाम्रो हातमा छैन, पुरmषार्थ हाम्रो हातमा छ । हाम्रो पुरmषार्थ अलिकति स्वच्छन्दता, अलिकति उदारता, अलिकति परिष्कार र अलिकति मर्यादाको राजपथमा सुस्तरी हिडिरहेछ । एउटा इतिहास यसले पनि बनाएको छ । आफ्ना डेढ दर्जनभन्दा बढी साहित्य, संस्कृति, इतिहास, ज्योतिष र अर्थशास्त्र विषयका गहन ग्रन्थहरुको प्रकाशन पुस्तकालयले गरेको छ । विजया दशमी २०७८ सबैलाई मंगलमय बनोस् ।

    पुरै पुस्तक डाउनलोड गर्नुहोस..           यहाँ पढ्नुहोस

Kiran Pustakalaya