यी स–साना लेखाइहरु स्वान्तः सुखाय रचिएका हुन्। आफ्ना अनुभूति, चिन्तन रभावनाहरुलाई मितव्ययी शैलीमा टिपोट गर्दा यी जन्मे । सुहृज्जनको सत्प्रेरणाले यी पुस्तकाकार बन्दैछन्। यी के हुन्भन्नेमा मै अलमलमा थिएँ । मैले यिनलाई लेखाइभन्थें । पाठकहरुले यिनलाई निबन्ध भनिदिए ।
फुल्को थुँगा झैं आफैमा परिपूर्ण हुन्छ निबन्ध । सौन्दर्य र सुगन्ध खोज्छौं हामी, आकार होइन, रंग होइन, नाम होइन, जात होइन । प्राकृत भावहरु झरना झैं बग्छन्त्यहाँ । झरनाको भाषा झैं अमूर्त र चराको गान झैं बहुअर्थी हुँदा निबन्ध आस्वाद्य बन्छ । समय थोरै छ अहिले पढ्नेलाई । परम्पराबाट अलिकति पृथक्रहेर स्वच्छन्द बन्नुपर्छ–शैलीमा, विचारमा । भाषा सघन हुनुपर्छ निबन्धमा । थोरै शब्दहरुमा विचारहरु खाँदियून्। गागरमा सागर भर्ने धृष्टता गर्नुमा बालापन देखियोस्। गहिराइमा रहस्य छ, अस्पष्टता छ । अस्पष्टतामा मनमौजी अर्थ बुझ्ने छुट होस्। उँखु चुसे जस्तो होस्निबन्धको पढाइ, गिलासको रस निलेजस्तो नहोस्। म त्यसैमा रमाउँछु ।
अन्वय नमिले झैं लाग्ने पदहरुमा अर्थकोएउटा मियोमा अन्वय हुन्छ । अव्यवस्थामा एउटा व्यवस्था मिल्छ । अमूर्तताभित्र अनेक अर्थ खुल्छन्। विशृङ्खलतामा एउटा शृङ्खला मिल्छ । स्वाङ, ढोंग र आडम्बर नभएको टेबुल गफमा एउटा विचार गहिरिन्छ । सघन बन्छ भाव खाँदिएर लेखाइमा । सूक्ष्म होस्, सार्थक होस्, सुन्दर होस्–आत्माको अभिव्यञ्जना निर्बन्ध छचल्कियोस्निबन्धमा –म यही चाहन्छु ।
केराका पातहरु पिपलका पातजस्ता हुँदैनन्। गुलाफका फूलहरुको रुप, रंग रगन्ध पारिजातका फूलको जस्तो हुँदैन । प्रत्येक कलाको उचाइ अनुपम हुन्छ । आकाश आकाशजस्तै हुन्छ । व्यक्तिका अनुभूतिहरु फरक–फरक हुन्छन्। अर्काको अनुभव म जान्दिनँ । सहानुभूति स्वाङ्मात्र हुन्छ । प्रत्येक स्वतन्त्र लेखाइमा व्यक्तिका निजी अनुभूतिहरुको नूतन रुपको झझल्को हुन्छ । एउटा कल्पनाशील मन हुनुपर्छ चंगा झैं । मुक्त हुनुपर्छ–ढोंग आडम्बर, लोकाचारबाट । आत्माको अभिव्यञ्जना निबन्ध बनेर बग्नेछ त्यहाँ ।
लामो समयको अन्तरालमा लेखिएका लेखाइहरुमा चिन्तनमा विरोधाभास होला । लेखाइमा पुनरुक्ति होला । बिम्बहरुमानिरर्थकता होला । शब्द प्रयोग र वाक्यविन्यासमा निरङ्कुशता होला । अदृश्यको पछि दर्गुदा विचारमा पश्चगामीपन होला । पण्डितहरुलाई नास्तिकता लाग्ला । प्रगतिशीलहरुलाई रुढीवाद लाग्ला । प्रस्तुति कर्कश, निरस लाग्ला।विज्ञजनसँग म क्षमाप्रार्थी छु ।
मलाई कुनै सिद्धान्त प्रतिपादन गर्नुछैन । लेखनमा म अराजकताको पक्षपाती छु । मान्छेको जीवनजस्तै हाम्रा लेखाइ छन्। हामी सत्बनाउन सक्दैनौं । हामी सत्बदल्न सक्दैनौं । सत्निर्मम छ । चित्मा हामी अलिकति मानवता र अलिकति करmणा खोज्छौं । सत्र चित्को अनुसरण कठिन छ । जीवनको क्षणभंगूरतामा रमाउन सिकिएन । अन्तर्मनमा आगो बल्छ । आगो निभाउन चाहिन्छ अलिकति पानी । त्यही पानी हो यो ।
अन्तमा यस संग्रहको प्रकाशनको जिम्मा लिने किरण पुस्तकालय परिवारप्रति आभारी छु । कवितात्मक शुभेच्छा दिई वर्षौं पहिले मलाई निबन्ध लेखनतर्फ झक्झकाउने मेरा मित्र प्रा।डा। हिरण्यलाल ज्ञवालीप्रति कृतज्ञता व्यक्त गर्दछु । आदरणीय शशि पन्थी, ऋषि आजाद, राजेश अर्याल, टंक पन्थ,रविरमण ज्ञवाली, धु्रवराज पन्थी, हीरा ए।सी।, गणेश श्रीपाली, शंकरप्रसाद गौतम, कविता पन्थी, ईश्वर वि।क। जस्ता सुहृद्हरुको सत्प्रेरणा नमिलेको भए यी लेखाइहरु बिलाएर जान्थे । म सबैप्रति कृतज्ञता व्यक्त गर्दछु । यी निबन्धहरु जुन–जुन पत्रिकाहरुमा प्रथमपल्ट प्रकाशित भए ती–ती पत्रिकाका प्रकाशक–सम्पादकहरुप्रति धन्यवाद ज्ञापन गर्दछु ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस