मान्छेलाई बाटो चाहिन्छ । बाटालाई मान्छे चाहिन्छ । मान्छे नभए को हिड्छ बाटामा ? बाटो नभए कहाँ हिड्छ मान्छे ? हो ! मान्छे बाटो नबिराएर हिड्नुपर्छ बाटामा । पथभ्रष्ट बन्नु हुँदैन मान्छे । कसले जोख्छ पथभ्रष्ट मान्छेका कानहरु ? माटो जोगाएर बनाउनुपर्छ बाटाहरु । माटोभन्दा ठूलो के छ ?
देखाएर रोइरहेछन् ? यी वृक्षहरु कुन समरमा वीरगति पाएर पल्टिरहेछन् ? चौबाटाको पीपलसित अलिकति सोध्नुपर्छ कि पर्दैन ? यो अजम्मरी माटोसँग सल्लाह गर्नुपर्छ कि पर्दैन ? यी पानीका मूल, पँधेरासति पनि अलिकति अनुमति लिनुपर्छ कि पर्दैन ? यी नदी, यी पहाड र यी घाम जूनसँग पनि अलिकति लजाउनुपर्छ कि पर्दैन ?
मान्छेले सास फेर्नुपर्छ । मान्छेले गास जुटाउनुपर्छ । मान्छेले बास बनाउनुपर्छ । मान्छे यही माटामा प्रकट भएर यही माटामा विलय हुनुपर्छ । आकाश–पातालका गफ गरे पनि मान्छेका सृष्टि, स्थिति र प्रलय यही माटामाथि हुन्छन् । हामीलाई सास जुटाइदिने वृक्ष वनस्पतिलाई, हामीलाई गास जुटाइदिने माटालाई, हामीलाई बास जुटाइदिने पृथ्वीलाई, हाम्रो प्यास मेटाउने जललाई सादर नमन गर्नुपर्छ कि पर्दैन ? हामीलाई आमालेझैं बोकेर हिड्ने पृथ्वीलाई प्रणाम गर्नुपर्छ कि पर्दैन ?
फराकिला बाटाहरु बनाऊँ । फराकिला चित्तहरु बनाउँँ । मान्छेमात्र होइन सकल प्रकृतिलाई नै सँगसँगै हिडाऊँ । बुझौं, कसले चोरिरहेछ हाम्रा बाटाहरु ? कसले भाँडिरहेछ हाम्रा चित्तहरु ? कसले ओसारिरहेछ हाम्रो माटो सुस्त–सुस्त ? चिनौं विभीषणहरु । हाम्रो माटो र पानीसितै ओरालो लागिरहेछन् हाम्रा शान, मान, ज्ञान सधै–सबै अलमल नपरौं । दोबाटाहरुमा माटो समाएर संकल्प गरौं । बाटो समाएर हिडौं ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस