संस्कार हुन् , बानी हुन् वा रुढी हुन्, आफ्नै विश्वास छन् हाम्रा । हाम्रा स्वर्ग माथि छन् । हाम्रो माथि उत्तरतिर छ । उन्नति जनाउने शब्दमा प ्रायः उद् लागेको हुन्छ, जसको अर्थ माथि अर्थात् उँभो हुन्छ । माथि माथि जानु छ हामीलाई बादलझैं उत्तरोत्तर उन्नतिमा ।
धान रोप्न तल झर्नुपर्छ । गास जोर्न तल झर्नुपर्छ । बास खोज्न तल झर्नुपर्छ । दिनदिनै झरिरहेछन् मान्छेहरु तलतलै । नित्य अधोगति छ मान्छे र पानीको । तर हामी अधोगति चाहन्नौं । सदा समुन्नति चाहन्छौं । आशीर्वचनमा उत्तरोत्तर उन्नतिको कामना गर्छौं । खुशी हुन्छौं आफ्नाहरु उँभो लागेको देखेर । कामना गर्छौं उँभौलीतिर लागून् देश र देशवासीहरु ।
निस्कन अलिकति अप्ठ्यारो हुन्छ । झर्न अलिकति सजिलो हुन्छ । किन मान्छेहरु झर्ने बाटो लागिरहेछन् ? एउटै बाटो निस्कनेलाई उकालो हुन्छ, झर्नेलाई ओरालो हुन्छ । उकालो भनेर किन झरिरहेछन् मान्छेहरु बाटो बिराएर ? झरेर उँभो लागिन्न कि ?
खाना, नाना र छाना पहिला खुड्किला हुन् समुन्नतिका । अरु पनि माथि–माथि छन् सोपानहरु । हामीसित शरीर मात्र छैन । इन्द्रिय छन्, मन छ, बुद्धि छ, अहंकार छ हामीसँग । शरीरमात्र होइन, मन र आत्मा पनि जोडिनु पर्छ समुन्नतिमा । शान्ति, सन्तुष्टि र खुशी जोडिनुपर्छ सँगसँगै । देशको शान जोडिनु पर्छ अलिकति । देशवासीको मान जोडिनु पर्छ अलिकति । उन्नतिसित अलिकति न्याय र समानता पनि जोडिनुपर्छ । नत्र त समुन्नति भस्मासुर बन्छ ।
हा ँसो फुलेका अनुहारहरुमा समुन्नतिका प ्रतिबिम्ब झल्कून् । चिल्ला बाटा र आलिशान महलहरुमा होइन, जनताका मुस्कान र खुशीहरुमा समुन्नति फुलून् । लहलहाउँदा खेतीहरुमा, आफ्नै इलम र उद्योगहरुमा, देशको पहिचानमा, हाम्रा शुभसंस्कारमा, विद्यामा, कलामा, शान्तिमा, समृद्धिमा हामी समुन्नति खोजि रहेछौं ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस