“अँध्यारो थियो त्यो समय । शिक्षा र ज्ञानको उज्यालो टाढै थियो अझै । ज्ञानको ज्योति सल्काउने सुरसार हुँदै थियो गुल्मीमा । किरण पुस्तकालय झुल्कदै थियो मिर्मिरेमा । उज्यालोलाई बोलाउन र बढाउन प्रयासरत थिए–कवि प्रयासी अर्थात् भेषबहादुर कुँवर पनि । जुनकिरी झैं थिए उनी अँध्यारोमा सानो उज्यालो बालेर ।
कलाले, गलाले, भावनाले, विचारले परिपूर्ण थिए उनी । समस्याहरुसित जुझ्दै शिक्षित बनेका थिए उनी । सहज प्रतिभा र अन्तःप्रेरणाले कवि बनेका थिए उनी । नियतिका प्रहारले, अनन्त संवेदनाले भावुक बनेका थिए उनी । वनफूल झैं निर्जनमा फुलेका प्राक ृत फूल थिए उनी । उनले जति लेखे जनताको भाषामा लेखे, जति गाए स्वान्तःसुखाय गाए ।”
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस