यात्रा पचास वर्षको
उज्यालोको अर्को नाम किरण हो । उज्यालो सूर्यले छर्छ, अग्निले छर्छ, ज्ञानले पनि छर्छ । अँध्यारोमाभय छ, अविद्या छ । उज्यालोमा निर्भय छ, विद्या छ । उपनिषद्भन्छ –विद्या र अविद्या दुबै छन्लोकमा । विद्या अविद्या दुबै चिन्नुपर्छ । अविद्या छोडी विद्याको अमृत प्युनुपर्छ । विद्या अजरामर छ मत्र्यमा । विद्या अक्षर छ, अविनाशी छ । ज्ञान ज्योतिर्मय छ ।
किरण एउटा प्रतीक हो –उज्यालोको, विद्याको, चेतनाको । पुस्तकालय एउटा मन्दिर हो –ज्योतिर्मयी वाग्देवीको । जहाँ किरण छ त्यहाँ सत्य आलोकित छ । जागौं किरणले ज्योतिर्मय पथको यात्री बनौं ।
जहाँ हामी अक्षर रोपेर उज्यालो उमार्न उद्यत छौं, जहाँ हामी अँध्यारोमा किरण रोप्न लालायित थियौं समयको एउटा टुक्रामा, जहाँ अहिले उज्याला किरणहरु फुले समयको अर्को टुक्रामा, त्यहाँ किरणको रापताप सुदूरसम्म जाला –यो हाम्रो रहर हो । यही रहरमा, यही सन्तुष्टिमा, यही मायामा, यही उद्यानमा –हामी माली बन्छौं ।
चुनौतीका पर्खालहरु नाघ्दै, समस्याका पहाडहरु चढ्दै कठिनाइँका जंघारहरु तर्दै तय भएको यात्रा हो यो पचास वर्षको । यसभित्र थुप्रै स्वप्नहरु छन्, दूरदृष्टिहरु छन्,अथक साधनाहरु छन्, कठिन तप र व्रतहरु छन्–जो गुणैकपक्षपातीहरुले बुझ्लान्।
ज्ञानका भोकहरु जाग्लान्–पछि पनि । विद्याका तिर्खाहरु जाग्लान्पछि पनि । यही आशामा जन्म्यो किरण पुस्तकालय एउटा गोशालामा । गोदुग्धले हाम्रा अंगअंग र मेधा परिपुष्ट भएका छन्। एउटा संयोग बन्यो –अत्युत्तम । पुस्तकालयबाट विद्याका किरणहरु प्रस्फुटन भई जनमन उज्ज्वल बनून्। सार्थक बनून्पुरmषार्थहरु । हाम्रा प्रतिभा, मेधा, पण्डाका द्वार खुलून्। पुष्ट बनून्हाम्रा दिल र दिमागहरु।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस