→ विकास त भइरहेको छ नि । देशमा । बाटाहरू बनिरहेका छन् । मोडहरू गुडिरहेका छन् । हवाइजहाजहरू उडिरहेका छन् । बिजुलीबत्तीहरू बलिरहेका छन् । घरघरमा पानीका धाराहरू झल्झलाइरहेका छन् । गाउँगाउँमा सिंहदरबार छन् । टोलटोलमा विद्यालय छन् । टोलटोलमा स्वास्थ्य संस्था छन् । चाउचाउ, चामल, चिनी र चिया पुगिरहेका घरघरमा । हातहातमा छन् मोबाइल र ल्यापटपहरू । विदेशी सुन्दर पोसाकले ढाकिएका छन् आँखा । पैसा आउँछ घरघरमा । मान्छे छन् धेरै परपर ।
→ अहिले विकास भइरहेको छ । गाउँभरी मान्छे थिए । आबाद थिए यी खेतबारीहरू । भरिभराउ थिए घरहरू । भरिभराउ थिए धनसार र गोठहरू । पाकापुक्का अनुभवी गुन्जिरहेका साजो छापाहरूमा । गीत, संगीत र नृत्यले जीवन बाँध्ने गाउँहरू । शिशुहरूका बालबालिकाले लिलामय बनाएको परिवेश ।
❑ आज यी गाउँहरू शून्य छन्, विरान छन्, उजाड छन् । मान्छे कताकता छन् । केही शहर पसे । धेरै विदेश पसे । भएका पनि चुपचाप मोबाइलमा घोप्टिएर घोप्टो क्रान्तिमा संलग्न छन् । अहिले एउटा सभ्यता बोकेको गाउँहरू आज शून्य, उजाड र विरान खण्डहरू बन्दैछन् ।
❑ अहिले अनाज लहलहाउने बारीहरू काठमाडौंले ढाकिएका छन् । घरगोठहरू भङ्गप्रायः छन् । अहिले धान र गहुँले सिंचित भएका खेतहरू आज बाँझा छन् । आज सबै कुरा विदेशबाट आउँछ । केवल मान्छे मात्र जान्छ बाहिर । श्रम, सीप र बुद्धि भागिरहेका छन् देशबाट दिनदिनै ।
❑ हामी भन्छौँ विकास भइरहेको छ । गाउँमा एक्ला छन् बुबाआमाहरू । उदास छन् तिनका अनुहारहरू । झरेका छन् परेला पथ्थरमाथि । हामीले सुन्छौँ – विकास भनेको हास्नु हो, खुशी हुनु हो । खोइ खुशी र हासो अनुहारमा? अहिले अभावका माझ भेटिएका खुशीहरू खोजिरहेका छौँ आज हामी ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस