भन्छन् साहित्य हितले युक्त हुन्छ । साहित्यले समाजको हित गर्छ । साहित्य समाजको हितैषी हुन्छ । मान्छेलाई शान्ति, समता, करmणा र विश्वबन्धुत्वको भाव दिन्छ साहित्यले । मान्छेलाई ज्ञान र नैतिक चेतले सिंगार्छ साहित्यले । मान्छेका मन र मस्तिष्क माझेर सद्विचार र सदाचार भर्छ साहित्यले । मान्छेलाई मान्छे बनाउँछ साहित्यले ।
राजनीति नभई नहुने नीति हो । यो एउटा सत्य हो – जसमा केही अहं, केही लालसा, केही राग, केही उन्माद र प्रवञ्चना पनि रहेका हुन्छन् । हो यथार्थ आदर्शजस्तो हुँदैन । आदर्श एउटा सुन्दर परिकल्पना हुन्छ सधै । यथार्थ सधै सुन्दर नहुन सक्छ । सपनाझंै विपना नहुन सक्छ । राजनीति कहिले विद्रूपमय बनिदिन्छ, कहिले ढोंग बनिदिन्छ, कहिले सपना बनिदिन्छ । मान्छेहरु सपनामा हराउँछन् ।
कठोर हुन्छ राजनीति ढुंगाझंै । नरम हुन्छ साहित्य नौनीझैं । साहित्य भन्छ – जलमा, थलमा, नभमा सर्वत्र शान्ति होस् । राजनीति भन्छ म र मेरामा मात्र शान्ति होस् । साहित्य भन्छ – निर्धामाथि करmणा गर । अराजक हुुन्छ साहित्य । राजनीति भन्छ – निर्धामाथि हमला गर । साहित्य भन्छ – संगसंगै हिडौं, बाँडीचुंडी खाऊँ, द्वेष नगरौं । राजानीति भन्छ – निर्धाले मात्रै शान्ति र समताको कुरा गर्छ । साहित्यले परोपकार भन्छ । राजनीतिले आत्मोपकार भन्छ ।
साहित्यविना समाज निरस हुन्छ, भावविहीन हुन्छ, विचारविहीन हुन्छ । समाजलाई गतिशील, मतिशील र उन्नतिशील बनाउन साहित्य चाहिन्छ । साहित्य मनमस्तिष्क हो समाजको । राजनीति शरीर र इन्द्रियहरु हुन् समाजका । मनमस्तिष्कको खटनमा चल्नुपर्छ शरीर र इन्द्रियहरु । साहित्य राजनीतिको अनुचर होइन बरm राजनीतिलाई पनि बाटो देखाउने उज्यालो हो । साहित्य सधैं सत्य, समता र शान्तिको राजमार्गमा हिड्छ । समाजलाई सधैं ज्ञान र चेतनाको सन्देश दिइरहन्छ । राजनीतिलाई सधैं आदर्शं, नीति र धर्मको पथमा हिड्न झक्झकाइरहन्छ साहित्यले । हो हितले युक्त साहित्य होस् , सहित्यले युक्त राजनीति होस् । यही कामना गरौं ।
पुरै पुस्तक डाउनलोड गर्नुहोस.. यहाँ पढ्नुहोस