मुख्य सामग्रीमा जानुहोस्

गजल चालिसा

गजल चालिसा

याद आएर तिम्रो तस्वीर छानेर हेरें आँखा मानेन फेरि पर्दा तानेर हेरें आयो भरिदै माया मनभरि झन्झन् सुन्न कोकिल बोली फोन हानेर हेरें

सोह्र वर्षे जस्तै लाग्छ केश फुल्यो सेतै प्रिय

हिंजै उडे जस्तो लाग्छ जुग बित्यो यतै प्रिय

गर्नु थियो केही देशमै प्रदेसिएँ खुसी किन्न

भोक, निद्रा, प्यास छैन तिमी रह्यौ त्यतै प्रिय

न उमेरमा कमाइ भयो न बैंसमा रमाइ भयो

साहूको ऋण तिरिदिनू बेची गैरी खेतै प्रिय