पचास वर्ष पहिलाको समाचार महाकवि देवकोटाको जन्मजयन्ती गुल्मी ः स्व. महाकवि श्री लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको उपलक्ष्यमा किरण पुस्तकालयको तत्त्वावधानमा आयोजित एक समारोहका बीच हार्दिक श्रद्धाञ्जलि अर्पण गरियो ।
स्थानीय प्रधानपंच श्री डिल्लीराज उपाध्यायको सभापतित्वमा भएको उक्त समारोहमा पुस्तकालयका अध्यक्ष डा. टीकाराम पन्थी, भेषबहादुर कुँवर, पद्मप्रसाद पन्थीका साथै पुस्तकालयका सचिव श्री शशि पन्थीले बोल्नुभएको थियो ।
‘अर्पण’ साप्ताहिक वर्ष ७ अङ्क १९, २०२८ साल, कार्तिक १९ गते शुक्रवारबाट साभार । किरण पुस्तकालयमा लेखनाथजयन्ती
तम्घास ।
पौष शुक्ल एकादशीका दिन तम्घास किरण पुस्तकालयको तत्त्वावधानमा एक समारोहको आयोजना गरी स्वर्गीय कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा श्रध्दाञ्जलि अर्पण गरियो ।
प्रवचनमा भेषबहादुर कुँवरले नेपाली साहित्यमा कविशिरोमणिको सेवा, उनका रचनाको वर्णन, उनको शैली तथा उनका कवितामा पाइने दर्शनको विषयमा बोल्नुभयो । शाखाअधिकृत श्री दीप्तिनारायण शर्माले नेपाली साहित्यमा उनले ल्याएको नयाँ व्रुान्ति, कवि र कविको विषय एवं समाजमा कविले देखाउने बाटोको परिचय दिदै लेखनाथको नयाँ काव्य तरुण तपसीमा “म खाऊँ मैं लाऊँ सुख सयल वा मोज म गरुँ” भन्ने सिलोकको व्याख्या गर्नुका साथै पिंजराको सुगा, बुध्दि विनोद, हितोपदेश आदिको पनि परिचय दिनुभएको थियो । सभा आयोजकबाट उनको विषयमा अरु नयाँ कुराको प्रकाश पारिएको थियो ।
समारोहको सभापतित्व पुस्तकालय संचालक समितिका अध्यक्ष प्र. प. डिल्लीराज उपाध्यायले ग्रहण गर्नुभएको थियो । यसैं समारोहमा श्री ५ युवराजाधिराज वीरेन्द्रवीर विव्रुम शाहदेवको २७ औं शुभ जन्मोत्सवको उपलक्ष्यमा दीर्घायु र सु–स्वास्थ्यको कामना पनि गरिएको थियो ।
दैनिक निर्णय वर्ष ७ ,अङ्क ३९, भैरहवा २०२८ साल, पौष २१ गते बुधवार, ५ जनवरी १९७२ बाट साभार ।