ठेलागाडामा गोलभेडा बेच्दै गरेको व्यापारीले उसले चिनेका ग्राहकहरुलाई बोलाउदै भन्यो “गोलभेंडाको भाउ आज घटेर आएको छ किलोको चालीस रुपैंया मात्र । एकदुई दिनमा फेरि गोलभेंडाको भाउ बढ्ने भएको छ । ”उसले त्यसो भनेपछि चिनेका ग्राहकहरुले गोलभेंडा किनेर लगे । उसको गोलभेडा छिटै नै बिक्यो ।
दुई दिनपछि गोलभेडाको भाउ चालीस रुपैयाँबाट घटेर किलोको पैंतीस रुपैयाँमा झर्यो । उसँग गोलभेडा किनेर लगेका ग्राहकहरुले “ठेलागाडामा गोलभेडा बेच्न राखेको व्यापारीले हामीलाई झुठो कुरा गर्यो नि गोलभेडाको भाउ बढ्ने भएको छ भनेर । आजबाट गोलभेडाको भाउ किलोको पाँच रुपैंया घटेर आयो । ऊसँग गोलभेडा धेरै किनेर हामीलाई नोक्सान पो भयो नि ।”