मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · पाठक–प्रतिक्रिया · पृ. १२३

प्रतिक्रिया २

नवीन मरासिनी

गुल्मीको साहित्यिक इतिहासको थालनी ः हाम्रो पुरुषार्थबाट

गुल्मी जिल्लाको साहित्यिक इतिहास हाम्रो पुरुषार्थबाट नै शुरु हुन्छ । बच्चा हुँदा मैले पहिले देखेका/पढेका पुस्तकहरुमा हाम्रो पुरुषार्थ पर्छ । पछिल्ला वर्षहरुमा घर जानु भनेको हाम्रो पुरुषार्थको नयाँ अङ्कसित भेट हुनु पनि हो ।

हरेक पटक शशि पन्थी सरले घरमै लौ नयाँ अङ्क भन्दै ल्याइदिनुहुन्छ । अहिले चुनावमा घर गएको बेलामा “ए ! भेट नै भएन, नयाँ अङ्क दिन पाइएन, अनलाइनमा आएको छ, त्यतै पढे” भन्नुभयो । आजको शनिबारको बिहान हाम्रो पुरुषार्थसित बित्यो । आफैलाई फोटोमा र कवितामा देख्दा आनन्द अनुभूति पनि भयो ।

दशैंमा घर गएको बेलामा दीन पन्थी सरले “तिमीले त लेख्छौ नि, अलिक बेग्लै टाइपको यौटा दिइहाल” भन्नुभएको थियो, अनि मैले यो कविता दिएको थिएँ । हाम्रो पुरुषार्थको ८५ औं अङ्कमा प्रकाशित पनि गरिदिनुभएछ । यसरी मलाई लेख्न प्रोत्साहन हौसला प्रदान गर्नुहुने आदरणीय सरहरुप्रति हृदयदेखि नै नमन गर्दै हार्दिक आभार व्यक्त गर्दछु ।

— नवीन मरासिनी, रेसुङ्गा नगरपालिका–२, धागिथुम, तम्घास, गुल्मी

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्