मुख्य सामग्रीमा जानुहोस्

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्

हाम्रो पुरुषार्थ अंक ९६ · कथा/लघुकथा · पृ. ५४

देवकी : यहाँदेखि त्यहाँ

वासु जमरकट्टेल

जंगल किनारको भुुरुप्प सानो गाउँ एउटा घर पक्की छैन न कुनै घर टिन वा खपडाले छाइएको छ । पुग्ने र देख्ने जो कोहीले पनि अन्दाज गर्न सक्छ यो समान आर्थिक र सामाजिक हैसियत भएकाहरुको बस्ती हो ।

गाउँ सफा छ । बाटोघाटोमा फोहोर देखिदैन । खर र परालको टाटीले बारेको भए पनि रातो माटोले बडो मेहनत र सिप लगाएर सिनित्त पोतिएका घर सबै सफा र बसूँबसूँ लाग्ने खालका छन् ।

ठूलो बडो कोही छैन । जग्गाजमिन त के भन्ने जाहन र बलियाबाङगाहरुको जोड घटाउमा उचाइ मापन हुन्छ यहाँ । जसका छोराछोरी मजदुरी गर्न सक्ने भएका छन् वा जंगलबाट कसको घरमा कति भारी दाउरा आउँछ वा कसका कति जना काला पाहाडको भरिया छन् यही हिसाबमा दशैमा मासुको भाग लाग्छ मिठो मसिनो, साँझको दारु–पानी, मान–सम्मान, भद्र–भलादमी सबैथोक यसैको आधारमा बण्डा हुन्छ यो गाउँमा ।

गाउँका अधिकांश केटाकेटी विद्यालय जाँदैनन् । बेलुका पाँच बजेदेखि विस्तार विस्तार धेरै जसो साइकलमा, कमै मात्र पिठ्युमा दाउराको भारी बोकेर लावा लस्कर गाउँ पस्न थाल्छन् । बिहान कुखराको डाँकोभन्दा पहिल्यै गाउँमा अर्को चहलपहल शुरु हुन्छ । एक अर्कामा प्रतिस्पर्धा जस्तो – को पहिला पुगेर सजिलैसँग दाउरा बेच्ने भन्ने । यसपछिको दैनिकी कसले कति पार्यो । कसले सजिलैसँग दाउरा बेच्न सक्यो । कसले उधारैमा टाँसो लगाएर फर्कियो । यस्तै यस्तै हो यहाँको दिनचर्या । कहिले दाउराले खुसी ल्याउँछ कहिले दुःखी बनाउँछ । जंगलको दाउरा र काला पहाडको भारीभन्दा अर्को सुख, खुसी र जीवन छैन यो गाउँमा ।

यही गाउँकी हो देवकी । उसको दिनचर्या पनि यस्तै हो । गाउँका अरु आइमाईभन्दा अलि फरक छे । उस्तै सुन्दरी पनि तर बिहे भएको ४, ५ वर्ष भइसक्यो आमाहुने उसको धोको पूरा हुन सकेको छैन । लोग्ने उता कालापहाडको भरिया अक्कलभुुक्कल घरमा आउँदा के मेसो मिल्दैन के मेसो मिल्दैन । लोग्ने फर्केको एक महिना नपुग्दै निराश हुन विवश हुन्छे बिचरी ! यसैले होला उसलाई आजभोलि यो जंगलको जीवनदेखि विरक्त लाग्दैछ । पटक्कै जंगल पस्न मन गर्दिन । तर बाध्यता गाउँका सबै जंगल पसेपछि एक्लै धुम्धुम्ती घरमा कसरी बस्ने ? साँझबिहानको आप्ुनो जोहो त गर्नै पर्यो नि । उससँग मोबाइल छैन । तैपनि कहिले कसैको कहिले कसैको मोबाइलबाट काला पहाड लोग्नेलाई घर फर्कन अनुरोध गर्दै तारन्तार फोन गर्छे । ऊ अलिकति रुपैयाँ बनाएर फर्कन्छु भन्छ तर दशैंमा गएपछि अर्को दशैंमा फर्कने हो । उसलाई लोग्नेले उतै घरजम गरेको कुरामा त पटक्कै विश्वास छैन तर कहिले कहिले सोच्दछे कुन्नि यो मान्छेलाई छोराछोरीको बाबा हुनुपर्छ भन्ने नै थाहा छैन के हो ?

लोग्ने उता काला पहाडको भरिया । ऊ यता दाउरा बेचेर गुजारा चलाउँदै आएकी छे । पहिलापहिला त यसो जंगल पस्नसाथ एक भारी दाउरा बनिहाल्थ्यो । बजारमा बेच्न पनि उस्तो सकस थिएन । तानातान गर्दथे सबै । आजकाल एकातिर जंगलमा दाउरा पाइँदैन अर्कोतिर बेच्न उस्तै गाह्रो छ । तैपनि देवकीले एउटा लुरे बावन गोपीकहाँ सस्तो महङगो टाँसो लगाउँदै आएकी छे । बिचरा गोपी पनि असाध्यै सोझो छ । जस्ता दाउरा लगे पनि केही बोल्दैन । भनि हालेछ भने, दिदी भोलि अल्लि राम्रा दाउरा ल्याउनुहोस् है । झिंजा रहेछन् वा काँचा रहेछन् बल्दै बलेनन् सम्म भन्ला । पैसा दिन आनकानी गर्दै गर्दैन बरु एक दुई रुपैयाँ बढी नै दिन्छ । एक दुई कप चिया र थोरै खाजाको हिसाबै जोड्दैन र उसको गुजरा चल्दै आएको छ । उसले दाउरा चाहिदैन भनेको दिन कि उसले जंगल पस्न छोड्नुपर्छ कि अरु जस्तै बजारको वल्लो कुनादेखि पल्लो कुनासम्म दाउरादाउरा भन्दै चिच्याउनुपर्छ । तर अहिलेको उसको मुख्य समस्या दाउरा बेच्नुभन्दा दाउरा पाउनु भएको छ ।

जंगल भित्रभित्र धेरै टाढा जानुपर्छ । त्यसमा पनि सुकेका दाउरा पाउनलाई रुख चडेर थुर खसाल्न नसक्नेको कुनै काम छैन । पहिलापहिला त टाँगोमा हसिया बाँधेर अल्लि होचा होचा रुखबाट खसाल्न सकिन्थ्यो । आजभोलि त रुख नचढी सम्भव नै छैन । बिचरी ऊ रुख चढ्न सक्दिन । कहिले कोसँग हार गुहार कहिले कोसँग ?

उसको आनिबानी त मन पर्दैन तैपनि आजभोलि पञ्चेले उसलाई सहयोग गरेको छ । साइकलमा सँगै लिएर जान्छ । दाउरा खोज्न मदत गर्छ । गाउँलेहरुले जे जे कुरा काटे पनि उसले मतलब गरेकी छैन । मुखमा जे आयो त्यही बोल्छ । कहाँकहाँ कताकता हात बढाउँछ । मन नपरे पनि दूध दिने गाईको लात्तो सहनु पर्छ भन्ने सोचेकी छे । हिंजो त मोरोले मुखै खोल्यो – यत्रो मद्दत गरेको छु यसो हाम्रो मन पनि त बुझिदिनु पर्यो हो भाउजू । दाइ छैनन् बैंसमा त हो मौजमस्ती गर्ने । रुखको फेदमा दलमलाउन पनि खोज्यो । बिचरीले – आज हुँदैन क्या अर्को दिन भनेर टारी । भित्रभित्र भने असाध्यै रिसाएकी थिई । एकातिर उसको अनुहार र व्यवहार सम्झदा जर्ती भएर आउँथ्यो अर्कोतिर यति राम्री स्वास्नी छोडेर काला पहाडमा हराउने लोग्नेलाई गाली गर्थी । देवकी जुठोभाँडो गर्दै थिई । पञ्चेले बाहिरबाट बोलायो, “ए भाउजू ! भाउजू हो !” उसले बोल्न मन गरिन । उसले पुनः किर्रकिर्र साइकलको घण्टी बजायो । अहँ ऊ बोलिन । उसलाई एक मन –आज म जंगल जान्न भनूँ वा– तिमी जाऊ म आप्ुनै सुरमा आउछु भनूँ जस्तो लाग्यो । तर उसले मुख खोल्ने मन गरिन । अगिल्लो दिनको उसको व्यवहार सम्झेर काली निली भई । यति नै बेला उसले लोग्नेलाई सम्झी । लोग्ने स्वास्नीसंगै जंगल जाने वडोसीपडोसीलाई सम्झी । यति सुन्दरी स्वास्नीको कल्कलाउँदो बैंसको कुनै ख्याल नगरी काला पहाडमा हराउने लोग्नेलाई मनमनै सराप्न थाली । उसले सोची आज ऊ कालापहाड भारी बोक्न नगएर यहीं भएको भए यो पञ्चेले कसरी जंगल जाउँु भनेर घरमा बोलाउन आउथ्यो होला ! दिनदिनै खुसुखुसु के–के के–के भन्न र कहाँकहाँ काउकुती लगाउन पाउँथ्यो र । अझ अगिल्लो दिनको व्यवहार त ! उसलाई पञ्चेको मात्रै नभएर त्यो लोग्ने भनाउँदाको अनुहार सम्झनसम्म मन लागेन । जे जस्तो झेलेर भए पनि लोग्ने स्वास्नी सँगसँगै बस्नुपर्छ भन्ने उसको मान्यता हो ।

देवकी नबोलेपछि पञ्चेले घरभित्रै पसेर भन्यो, “ए भाउजू नबोलेको हो कि नसुनेकी हौ ? कति बोलाएँ । ”उसले उसका कोमल गालामा चिमोट्दै भन्यो, “कि रिसाकी हौ ? नरिसाउ है नरिसाउ ।” उसले उसको हात पन्छाउँदै रुखो जवाफ दिई, “कुन्नि बेला न कुबेला अर्काकी स्वास्नीलाई कहाँकहाँ छुन परेको हो ? मलाई त मन पर्दैन । कति मात्तिनु परेको हो यो मान्छेलाई देख्नेले के भन्लान् ? म त जान्न अब जंगलसंगल । गए पनि तिमीसँग जान्न । भो जाऊ तिमी । ”पञ्चे कालोनीलो भयो । राम्री देखेर आर्काकी स्वास्नीलाई बलजफती हात बढाएकोमा गल्ती भयो जस्तो लाग्यो र भन्यो, “भयो भयो भाउजू । तिमीलाई राम्रो लाग्दैन भने मैले मात्रै बलजफती गरेर हुँदैन । ल त म गएँ । ”आफूले गल्ती गरेको महसुस गरी पञ्चे साइकल टिपेर आप्ुनो बाटो लाग्यो ।

देवकीले कुन्नि के के सोची । एक्कासि उसको माया पो लागेर आउन थाल्यो । उसँग झर्केर बोलेकोमा पछुतो जस्तो पनि । उसले मनमनै भनी– अरु के गरेको थियो र संधै जस्तै मेरो गाला नै त चिमोटेको हो । मैले पनि त उसको नाक र गाला चिमोटेकी छु कपाल उखलेकी छु । ऊ हत्तपत्त बाहिर निस्केर चिच्याई, “ए पञ्चे बाबु ! रुक है म पनि जान्छु ।” भाँडा पनि नथन्क्याई ऊ नाम्लो हँसिया टिपेर निस्किहाली ।

पञ्चे रुक्यो । ऊ असिनापसिना हुँदै पञ्चे भएको ठाउँमा पुगी र संधै जस्तै देवकी बञ्चरो र हसिया लिएर साइकलको पछाडि बसी ।

गाउँलेहरु सबै जंगल पसिसकेका थिए । बाटोमा देख्ने कोही थिएनन् । बाटोभरि देवकीले पञ्चेलाई असाध्यै माया गरी । कहाँकहाँ छोई के–के भनी । वास्तवमा उसले यतिबेला लोग्नेलाई चटक्कै बिर्सिसकेकी थिई । पञ्चेको मायामा असाध्यै सुखानुभूत गर्दै थिई । यो क्रम बढिरहयो । देवकीले लोग्नेलाई तारान्तार फोन गर्दै घर आऊ भन्न छोडी । गाउँलेहरुको गाँइगुँइ हल्लाको दुबैले केही पर्बाह गरेनन् । देवकी उसलाई माया गर्थी । पञ्चे उससँगको गोप्य मायामा चुर्लुम्म थियो । ऊ आप्ुनो लागि भन्दा देवकीको लागि दाउराको जोहो गर्न अग्लाअग्ला रुखमा साहसपूर्वक चड्दथ्यो । यतिबेला सबैभन्दा राम्रा दाउराको भारी देवकीको नै हुन थाल्यो । गोपी पनि राम्रा दाउरा पाएकोमा मख्ख थियो । संयोग उसको ओंठमा खुसी भर्न मच्चीमच्ची अग्लाअग्ला रुखमा केही पर्बाह नगरी चढ्दा सालको रुखबाट खसेर पञ्चे ठहरै भयो । आफूलाई अत्यन्त माया गर्ने पञ्चेको मृत्युबाट ऊ अत्यन्त विक्षिप्त भई । तैपनि आफूलाई सम्हाल्दै जंगलको जीवनमा समाहित हुन विवश भई बिचरी । अब उसले पहिला जस्तै दाउरा पाउन छोडी । सकस उस्तै पाई । गोपीले पनि दाउराभन्दा ग्यास सस्तो पर्ने भएकाले दाउरा लिन छोड्यो । उसले लोग्नेलाई पुनःतारन्तार फोन गर्न थाली तर उसले स्वास्नीको भावना बुभ्ुनै सकेन ।

गाउँको सबैभन्दा पुरानो मान्छे गोरे माहिलो हो । अझ यो गाउँ उसैले बसाएको भन्दा फरक पर्दैन । ऊ बुढौतीको कारण आजभोलि जंगल पस्न छोडेको छ । तापनि दाउरा कुन सिजनमा कहाँ पाइन्छ कुन बाटो भएर जाँदा सजिलै पुगिन्छ उसलाई राम्रै जनकारी छ । ऊ नयाँ पुस्तालाई यो सबै सिकाउँछ पनि । ऊ प्रत्येक दिन जंगलजानेहरुलाई “ए कसैले पोथ्रा नकाट्नु । रुख नछेकाउनु । चुरोट खानेले ख्याल गर्नु है” भनेर सचेत पनि गराउँछ । कसैको भारीमा हरिया लाथ्रा देख्यो भने सके जति गाली गर्छ । उसलाई आफू खेले हुर्केको जंगलको असाध्यै माया छ । तर उसलाई यो पनि थाहा छ सबैको तारो जंगल भएकाले जंगलमा दाउरा पाउन उति सहज छैन । अर्को सबैतिर हाम्रो सामुदायिक र साझेदारी बन भनेर छिसिक्क पाइलो हाल्न दिंदैनन् जंगलका नव रैथानेहरुले । अझ त्यसमाथि वनका कर्मचारी र वनपालेहरु त आफ्नै बाबुको मौजा जस्तै वनको राजा नै ठान्दछन् आफूहरुलाई । वन जोगाउँछौ भन्ने सबैतिरका गरिब सुकुम्बासीका नाम्लो हँसिया र साइकल खोस्दछन् । तस्करसँग भने रातारात साँठगाँठ गरेर ट्रकका ट्रक कता पुर्याउँछन् कता । अर्को समस्या बजारका बेपारीहरु सित्तैमा खान खोज्दछन् । दाउराभन्दा ग्यास सस्तो पर्छ रे ! चार सय सोचेर गयो दुई सय भन्दा धेरै कोही दिन खोज्दैन । यो बारेमा गोरे माहिलो बहुतै चिन्तित थियो । संधभै रि दाउरा बेचरे गुजारा चलाउन कठिन हुने हो कि भन्ने विषयमा ऊ अक्सर घोत्लिरहन्थ्यो ।

गोरे माहिलो घरमा नै थियो । कुल्लुको कान्छो छोरो हस्याङ फस्याङ गर्दै, “ए माहिलाबा ए माहिला बा” भन्दै उसको घरमा आइपुग्यो । पहिला त ऊ डरायो कोही रुखबाट खसेर केही भइहालेछ कि भनेर । जंगल गएको मान्छे यसरी फर्कनुको मतलब योभन्दा अर्को कारण हुन्छ भन्ने बारेमा कोही सोच्दै सोच्दैनन् । उसले पनि हड्बडाउँदै सोध्यो, “के भयो कान्छा ? कोही रुखबाट त खसेन ?”

उसले श्वास पुुलाउँदै भन्यो, “होइन माइलाबा । साइकल त छड्काइहालें । मेरो त नाम्लो र हंसियामात्रै खोस्न भ्याए । अरु सबैका साइकल र मान्छेलाई वनजाँचहरुले गाडीमा राखे । पल्लो गाउँका मालिकहरु पनि थिए । गाउँका मान्छे आज त पक्का आउन पाउँदैनन् । के गर्ने हो गर्नुहोस् माइलाबा । भो माइलाबा अब त म जंगलसंगल जान्न बरु कालापाहाडतिर भारी बोक्न गए ढुक्क । अब दाउर बेचेर घर चलाउँछु भनेर नसोचे हुने भयो । वनजाँचहरुले बन्दुक नै उठाएका गाँठे । पहिला कहिले कहिले यसो थर्काउँथे हँसिया नाम्लो खोस्दथे । यसो दुई चार रुपैयाँ वा कहिले कहिले घरमा बोलाएर घरपाला खुवाए पुग्दथ्यो । यस्तो त आजसम्म देखेकै थिइन । बजारमा पनि कसैले भाउ दिदैन कति हेला गर्छन् कबाडको भाउमा पनि कोही किन्न खोज्दैन ।” यति भनेर ऊ मुसुक्क मुस्कुरायो । सायद साइकल बँचाएर भाग्न सफल भएकोमा गौरव गर्दै थियो ऊ ।

गोरे माहिलो बोल्न खोज्दै थियो । उसलाई बीचैमा रोकेर हाहा हाँस्दै उसले पुनः भन्यो, “हाम्रो बिसे दाइ देवकीलाई खुसी पार्न होला सालको रुखमा चढेर थुर हल्लाउँदै थियो । वनपालेको हातको खानु चुटाइ खायो । उसको त साइकल रुखको फेदमा नै थियो कच्याककुचुक बनाइदिएका छन् । मैले पनि हँसिया बचाउन खोजेको भए कहाँ पुुत्कन सक्थें र । है माहिलाबा जाबो हँसियाभन्दा त साइकल नै ठूलो हो नि हैन ?”

साइकल बचाएकोमा कल्लु खुसी देखिए पनि गोरे माहिलाको मनमा ठूलो शंका पैदा भयो । यसै घरमा बसिरहन सकेन ऊ । यो संकटबाट गाउँलेहरुलाई बचाउनुपर्छ भन्ने सोची ऊ सरासर वन कार्यालयतिर लाग्यो । नभन्दै कल्लुले भने जस्तै गाउँलेहरु वनपालेको नियन्त्रणमा रहेछन् । उसले अनुनयविनय गर्यो । अहँ उसका कुरा न वनका हाकिमहरुले सुने न सामुदायिक र साझेदारीका ठेकेदारहरुले । गोरेले सोच्यो अब दाउरा बेचेर गुजारा चलाउनेहरुको लागि रहेन जंगल । अन्त्यमा उसले अब आइन्दा सामुदायिक र साझेदारीको नियम विपरीत कोही जंगल पसे त्यसको जिम्मा स्वयंले लिने सर्तमा गाउँलेहरुलाई छुटाउन बाध्य भयो ।

साँझमा गाउँमा बैठक बस्यो । अब के गर्ने ? कसो गर्ने ? कसैले सर्वसम्मत केही निष्कर्ष निकाल्न सकेनन् । कसैले दिल्ली बम्बै जाने मन बनाए । कसैले काला पहाडको चाँजो पाँजो मिलाए । कोही इट्टा भट्टातिर लाग्ने कुरा गर्दै थिए । त्यहाँ भएको आपसी छलफल सुन्दा लाग्दथ्यो भोलि बिहानसम्म बलियाबाङगाविहीन हुन्छ यो गाउँ । यो सुनेर गोरे माहिलो असाध्यै मर्माहात भयो । वषौर्दै ेखिको आप्ुनो पेशा संकटमा पर्दा दुःख लाग्नु स्वाभाविक त हो तर उसले यो अवस्था आउनुमा आफूहरु वा जंगलका नाइके भनाउँदा को दोषी हो ठम्याउनै सकेन ।

बेरोजगार को बस्ने ? बेलुकाको सल्लाह जस्तै गाउँ क्रमशः बलियाबाङगाविहीन भयो ।

देवकीको त लोग्ने काला पहाडमा नै थियो उसलाई लोग्नेको बारेमा चिन्ता भएन । बिचरा धेरै आइमाईको बिचल्ली नै भयो । कतिले के रोजे कतिले के के बाटो अपनाए । लोग्ने घरमा नभएका अनपढ आइमाईहरु धेरै जसो गलत बाटोमा नै लागे ।

गाउँ क्रमशः पहिला जस्तो सफाचट् देखिन छाड्यो । कसैको टाटी उध्रेको छ । कसैको खटिया च्यातिएको छ । रातो माटोले सिनित्त पोतिने घरका भुँइ खण्डहर जस्तै देखिन थालेका छन् । साँच्चै भन्दा गाउँमा पहिला जस्तो शान्ति चैन र सुख छैन । रात अबेरसम्म दारु पानीखानेहरुको एक छत्र शासन हुन्छ गाउँमा । मारपिट, रातभरि जंगलका नव ठेकेदारहरुका गाडी घोडाको चहलपहल । कोही आइमाई कहाँ पुगेका हुन्छन् कोही कहाँ । लोग्नेहरु कालापहाड, दिल्ली, बम्बैतिर यता आइमाईहरुको जीवन उनीहरुको नियन्त्रण र कल्पना बाहिरको हुन थाल्यो । कसैले सोच्न सक्दैन आदत बिग्रेपछि आइमाईहरु कहाँबाट कस्ता हुँदा रहेछन् ।

जंगलको बाटो बन्द भएपछि देवकीले पनि अरुहरुले जस्तै घरपालाको बेपार थाली । घरमा आउनेलाई घरमा नै खुवाउँथी बचेको माल हाटबजार वा बजारका भट्टीमा पुर्याइदिन्थी । सुन्दरी थिई यसमाथि यसो बनेर हिड्न थाली । पछेटा लाग्नेहरुको कमी थिएन । उसका ग्राहक थुप्रै भए । उसको रक्सी सबैको भन्दा राम्रो कहलियो । हातमा कम मेहनत सोचेभन्दा धेरै दाम आउन थाल्यो । पहिला कालापहाड फोन गर्नुपर्दा कहिले कसको कहिले कसको मोबाइलको याचना गर्दथी । आजभोलि लोग्नेलाई फोन गर्दिन दाउरा खोज्न सघाउने पञ्चे र बिसेहरु उसको यादमा आउँदै आउँदैनन् गजब हातमा सामसुङको ग्यालक्सी सेट छ । मोटरसाइकलमा बस्नसम्म मन गर्दिन कारवाला हुन्छन् उसको वरिपरि । कति फरक रहेछ संसार । ऊ दाउराको भारी बोकेर यो शहर सयौंै पटक ओहोर दोहोर गरिहोली । देखिने मान्छे यिनै हुन् । बाहिरी कारोबारमा खासै अन्तर देख्दिन तर गजब शहरभित्रको शहरिया जीवनमा कति अन्तर । आँखाभन्दा धेरै फरक रहेछ सहरको जीवन । बाहिर एउटा रुपमा सम्मानित मान्छे भित्री शहर पसेपछि कस्तो रुप देखाउँदो रहेछ । उसले बुभ्ुदै छे बाहिर देखिने र भित्र लुकेको मान्छेबीचको अन्तर । वास्तवमा उसलाई यो दारुको कारोबारले कहाँबाट कल्पना नै नगरेको कुन दुनियामा पुर्यायो । उसले आज भोलि बुभ्ुदैछे दाउरा र दारुको कारोबारको फरक । उसलाई आजभोलि काला पहाडको भरिया जुनबहादुर आप्ुनो लोग्ने हो जस्तो लाग्दै लाग्दैन न आफूलाई सुकुम्बासी टोलको कुनै गरिबकी छोरी हुँ जस्तो लाग्छ ।

दिन बित्दै गए । देवकीले जीवनका बुभ्ुन बाँकी धेरै पाटाहरु बुझी । शहरको भित्री जीवनका अनौठा–अनौठा अन्तरंगमा क्रमशः प्रवेश गरी । आजभोलि घरपाला बनाउँदिन न उसलाई घरपालाको स्वाद नै मन पर्छ न यो भुुपरपट्टीमा बस्ने मन नै छ ।

उसले गाउँ छोडी । उनै वनका नव ठेकेदारहरुले उसलाई शहरमा कोठाको व्यवस्था मिलाइदिए । उसको कोठामा गाउँका अरु दिदीबहिनीहरुको अवतजावत जस्तै जीवनमा अनौठो परिवर्तन आउन थाल्यो । त्यही गाउँका लोग्ने मान्छेहरु कालापहाड, दिल्ली बम्बैका भरिया । आइमाईहरुले आफूहरु उही गाउँका हौं र ती लोग्ने मान्छेका स्वास्नी बहिनी हौ भन्ने पनि बिर्सन थाले ।

उनीहरुले पहिलाभन्दा मिठो खाए होलान् । राम्रो लगाए होलान् । पैसाको कमी कमैलाई महसुस भयो होला तर यसपछिका दिनमा त्यो सुकुम्बासी बस्तीमा कुनै सुख, शान्ति र चैन फर्कदै फर्केन ।

कस्तो दुखद् विषमता ! दिल्ली बम्बै पसेका केटाहरुले के–के यौनरोग भित्र्याएर हाहाकार मच्चेको छ गाउँमा । शहर पसेका आइमाईहरु रेष्टुराँ र डान्सबारमा मात्तेका मान्छेहरुसँग मस्त छन् । यथार्थभन्दा यतिबेला जंगलकिनारको यो सुकुम्बासी बस्ती दिल्ली बम्बैका कुल्ली र शहरका क्याविन रेष्टुराँ र डान्सबारको लागि राम्रा राम्रा आइमाईहरु उत्पादन गर्ने ब्याडमा परिणत भएको छ । जुनबहादुरले कालापहाडको नाम्लो डोको छोडेको छैन देवकी यो सबै चाजोपाजो मिलाउने अगुवा भएकी छे ।

आइमाईहरुको कारणले गाउँको नाम चारैतिर फैलियो । बम्बै दिल्ली र कलापहाड पस्नेहरुको अत्तोपत्तो छैन । गोरे माहिलो जंगलतिर हेर्छ उसका आँखा जंगलको सीमानासम्म पुग्दैपुग्दैनन् । कहाँ उजुर गर्ने ? उसका कुरा कस्ले सुन्ने ? न जंगल बच्यो न गाउँको सुखी जीवन नै । ऊ मनमनै गुन्दछ आप्ुनो छोरोलाई त अर्कै केटी हेर भन्छु तर सोझो जुनबहादुरले पक्का ए ! माहिलाबा देवकी खोइ ? भनेर सोध्छ । देवकी तेरी स्वस्नी होइन भन्न सक्दैन ऊ तर अब कहाँ देखाउने ? ऊसँग जबाफ छैन ।

← हाम्रो पुरुषार्थ अंक ९६ मा फर्कनुहोस्