जानकी साहित्य पुरस्कार कवि एवं निबन्धकार मिश्रितलाई किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीको अध्यक्षता, लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् वर्तमान सभासद् डिल्लीराज भुसालको प्रमुख आतिथ्यमा सम्पन्न ।
वि.सं. २०८३ भदौ २७ शनिवार १३ः१२
गुल्मीबाट रामप्रसाद पन्थी ः १६१ओैं मोतीजयन्ती समारोहमा कवि एवम् निबन्धकार काशीनाथ ज्ञवाली मिश्रितलाई किरण पुस्तकालय, तम्घास गुल्मीले कुशे ओैंसीका दिन “जानकी साहित्य पुरस्कार” प्रदान गरेको छ ।
समारोहमा रेसुङ्गा बहुमुखी क्याम्पस, गुल्मीका पूर्व क्याम्पसप्रमुखद्वय चन्द्रकान्त पन्थी, ढुण्डीराज पोखरेल, नेपाल सरकारका पूर्व सहसचिव देवीराम भण्डारी, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाललगायतका साहित्यानुरागी विशिष्ट महानुभावहरुको समुपस्थिति रहेको थियो । किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीको अध्यक्षता, लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् वर्तमान सभासद् डिल्लीराज भुसालको प्रमुख आतिथ्य, पुस्तकालयका सचिव चनक बहादुर कुँवरको सञ्चालन, गोपाल पन्थीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको पहिलो चरणमा दाताहरु डा. मनोज ढुङ्गाना, साहित्यकार सूब सेनलगायतका व्यक्तित्वद्वारा प्रदान गरिएका पुस्तकहरुमा प्रमुख अतिथिबाट टाँचा लगाई आम्दानी बाँध्ने काम गरिएको थियो ।
यसै गरी निजामती सेवाबाट अवकाशप्राप्त रेसुङ्गा न. पा. १ निवासी यज्ञश्वर पन्थीले पुस्तकालयलाई धागिथुम भगवती मन्दिरको एक थान तस्बीर प्रदान गरेका थिए । प्रा. भुवन अर्यालले मोतीराम रचित पिकदूत खण्डकाव्यका केही अंश वाचन गरेर सुनाएपछि बाल तथा वयस्क कविहरुका स्वकीय रचनाहरु प्रस्तुत गरिएका थिए । यसरी रचना प्रस्तुत गर्नेहरुमा बाल प्रतिभा विजया पन्थीदेखि लिएर वयस्क कविहरुमा नमोनारायण पन्थी, रामप्रसाद पन्थी र लक्ष्मण रिजाल रहेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा जानकी साहित्य पुरस्कारका संस्थापक शंकर गौतमले स्वर्गीय जानकी गौतमले महिला अधिकार , मानव अधिकार, राजनीति, साहित्य र समाजसेवामा पुर्याएको योगदानको चर्चा गर्दै २०८३ को जानकी साहित्य पुरस्कार कवि एवम् निबन्धकार काशीनाथ ज्ञवाली मिश्रितलाई प्रदान गर्न पाएकोमा गौरवान्वित भएको उल्लेख गरेका थिए ।
त्यसैगरी पुस्तकालयका उपाध्यक्ष वरिष्ठ साहित्यकार दीन पन्थीले मोतीराम भट्टको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै सम्मानित व्यक्तित्व काशीनाथ ज्ञवाली मिश्रितले कविता र काव्यका साथै हास्यव्यङ्ग्य निबन्धका माध्यमबाट नेपाली भाषा र साहित्यको जगत्मा गरिएको योगदानकै कारण उक्त पुरस्कारका लागि छनोट गर्नुपरेको बताएका थिए ।
आफूलाई किरण पुस्तकालय गुल्मीले नगद रू दस हजार, प्रमाण पत्र र दोसल्लाबाट सम्मानित गरेकोमा खुसी लागे पनि विद्यालय तहमा लगभग सँगै अध्ययन गरेकी बहिनी जानकी ज्ञवाली गौतमकै नाममा स्थापित पुरस्कार ग्रहण गर्नुपर्दा नरमाइलो महसुस भएको भन्दै स्वरचित बाढीको कहर र ढाडे बिरालो शीर्षकका दुईवटा कविता वाचन गरेर सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भुसालले देशले विभिन्न कालखण्डमा विषम परिस्थितिको सामना गर्न परिरहेको र हाल रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण धनजनको अपूरणीय क्षति भएको र सारा नेपाली एकजुट भएर मानवीय सेवामा जुट्नु नै आजको आवश्यकता रहेको बताए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष शशि पन्थीले मोतीराम भट्ट जस्तै ३९ वर्षको अल्पायुमा दिवंगत जानकी ज्ञवाली गौतमलाई स्मरण गर्दै जानकी साहित्य पुरस्कारका संस्थापक शंकर गौतमले आ नी धर्म पत्नीको स्मृति र सम्मानमा जानकी स्मृति प्रतिष्ठानको माध्यमबाट गुल्मी जिल्लामा जन्मेर नेपाली भाषा साहित्यको विकासमा लागेका व्यक्तित्वलाई सम्मानित गर्ने अवसर किरण पुस्तकालयलाई प्रदान गरेकोमा विशेष धन्यवाद ज्ञापन गरेका थिए । साभार – खबर सिटी, २०८३ भदौ २७ शनिवार साभार – फित्कौली.com भदौ २८, २०८३ गुल्मीबाट रामप्रसाद पन्थीको सौजन्यमा
बुटवल, भैरहवा, परासी र कपिलवस्तुका हाम्रो पुरुषार्थका आजीवन ग्राहक, लेखक र कविहरुले
हिमालय बुक्स हाउस
मणिपथ, मिलनचोक, बुटवल फोन नं. ः ०७१५४१००९ मा सम्पर्क गरी आ नो प्रति पत्रिका लैजानुहुन अनुरोध छ ।
हाम्रो पुरुषार्थ (त्रैमासिक)