जेठी विजया दिदी ३ जना दिदी बहिनीमा सबभन्दा सुन्दरी थिइन् । गोरी रंग, लालिमा जस्तो भरिएको पुष्ट गाला भएकी हुन् । जब जब उनको सुन्दरताको चर्चा हुनेगर्छ तब तब आमाले नबोलीकन सुख पाउँदिनन् । आमाले भन्छिन्, “विजया तिमी काली भएर पैदा भएकी हौ । तिम्रो काकाले मुख बिगारेर भन्नुभएको थियो कि काली कलुटी केटीलाई जन्म दिएकी थियौ तिमीले…..।“
“फेरि त्यसरी सुन्दरी कसरी भइन् त ?“ रश्मिले उत्सुकतापूर्वक सोधिन् ।
“रश्मि ! एकदिन मेरी साथी अनिता आ नी बज्यैसँग घर आइन् । सम्झाइन् लक्ष्मीलाई, “छोरीलाई सुन्दरी बनाउने हो भने माछाको तेल दलेर मालिश गर्नुपर्छ ।“
बज्यैले भनेअनुसार आमाले विजयालाई मालिश गर्न थालेकी थिइन् । नाकमाथि मोये कपडा बाँध्थी, कोठामा सुगन्धित धूपबत्ती बाल्थी । तर तेलको चिल्लो बाहिरसम्म फैलिन्थ्यो । बिस्तार बिस्तारै नसोचेको चमत्कार भएछ । विजयाको शरीरबाट कालो रंगको पाप्रा हराएछ । ५ महिना हुँदाहुँदै शरीरको गाला गुलाबी हुन लागेछ । १ वर्षपछि रश्मीले देखिन् त आश्चर्य भावले सोधिन्, “अरे ! उनी विजया नै हो त ? यतिसम्म गोरी कसरी भइन् ?”
थाहा छैन कसरी गोरी भइन् ? विजया सुन्दरी भइन् अरे । अब त १६ वर्षकी तरूणी भइन् । यसै सिलसिलामा आमाले ३ जना छोरीलाई १५ मिटरको कपडा एक थान ल्याएर नाप गरी लुगा सिलाउन लगाइन् । कपडा सबैको एकै रङ्गको हुन्थ्यो । एक पटक विजयाले भनिन् कि, “मलाई सलवार कुर्ता मनपर्छ, सलवार कुर्ता सिलाउँछु ।“
विजया दिदीको कुरालाई सबैले मान्थे । सलवार कुर्ता तयार भएको बेला विजया दिदीले भनेकी थिइन्, “हेर्नु नि सरला, म तिमी भन्दा अलग फेशन गर्नेछु ।“
विजया दिदीले फेरि भनिन्, “तर मेरो मन त शूटमा गएर अड्किएछ ।“
जब विजया दिदीले शूट लगाइन् । अहो कस्तो सुहाएको रहेछ। एयर–होस्टेस जत्तिकै राम्री देखिइन् । शूट लगाउने सुनौलो अवसर जुरेको छ । विजया दिदीको साथीको बिहेमा शूट लगाएर जाने इच्छा पूरा गर्ने विचार थियो ।
विजयाले आ नी आमालाई पनि सँगै लिएर बिहेमा गइन् । अचानक साथीको घर आइपुगे । त्यही बेला विजयाको खुट्टा चिप्लिएर धडाम्म लडिन् र गेटसँगैको काँडेतारमा अड्केर कोट चिर्र च्यातिएछ । सो दृष्य देखेर विजया कराइन् “हे भगवान् ! अब के हुन्छ ?“
चोटले भन्दा कोट च्यातिएको तनावको पीडा दिएछ विजयालाई । आमा चाहिँ हडबडाइन् । हतरपतर घरमा बहिनीलाई विजयाले फोन गरिन् । बहिनी स्कुटरमा आएर दिदीलाई स्कुटरमा नै हालेर घर लगिन् । घरमा च्यात्तिएको शूट फुकालेर साडी लगाइन् हतार हतारले र बहिनीले स्कुटरबाट नै पुर्याइदिइन् । आमा आ नी छोरी विजयालाई कुरेर उभिरहेकी थिइन् ।
साथीको बिहे भोजमा सरिक भइन् र खाइपाई गरी आमासँगै घर फर्किन् । रातमा विजयालाई निद्रै लागेन शूटको दशाले । त्यत्तिकैमा रात बिताइन् । ३/४ दिन पनि त्यत्तिकै बितेछ आराम गर्दागर्दै । अब कहिल्यै शूट नलगाउने वाचा गरिन् विजयाले ।
२ वर्षपछि विजयाको पनि बिहे भयो एक इञ्जिनियरसित । इञ्जिनियर धनी थियो । बिहेपछि विजयालाई इञ्जिनियरले भारतको दार्जिलिङ घुमाउन लगे । त्यहाँ त्यस्तै २५ दिन जति समय बिताए । कुरै कुरामा इञ्जिनियरले विजयालाई सोधे, “कस्तो रह्यो भ्रमण ?“
“अत्यन्तै रमाइलो लागिरहेछ मलाई । पोखरा घुम्नु र दार्जिलिङ घुम्नु त्यत्तिकै रमाइलो लागिरहेछ ।“ मीठो मुस्कानसहित विजयाले जवाफ दिइन् । “अरु कुनै इच्छाको कुरा छ कि तिमीमा ?“ इञ्जिनियरले विजयाको मन जाँचे ।
“छ नि, एउटा सानो बंगला–घर यहीँ दार्जिलिङमा बनाउन पाए मेरो मीठो इच्छा पूरा हुनेथियो ।“ विजयाले अत्यन्तै खुशीसाथ जवाफ दिइन् ।
“लौ त ठीक छ । कुनै दिन समयले साथ दियो भने तिम्रो इच्छा पूरा गरिदिउँला ।“ इञ्जिनियरले पनि मीठो मुस्कानसहित जवाफ दिए ।
४५ दिनपछि घर फर्किए दुबै । माइती जान्छु भनेर विजयाले लोग्ने इञ्जिनियरसित वचन मागिन् । इञ्जिनियरले “हुन्छ, जानू“ भनेर पठाइदिए । विजया सप्तरंगी (७ रंग) सपनासहित माइत पुगिन् । ४५ दिनपछि विजया आ नो माइत आइपुगेको खबर सुनेर घरमा सबै खुशीले गद्गद् भए । विजया दिदीको चम्किलो अनुहार देखेर सबै आश्चर्यचकित भए ।
करीब करीब १० महिनापछि दुई महिनाको गर्भको साथ विजयाको भाग्यको दिन शुरु हुन लागेछ । आमा बन्ने लक्षण कस्तो छ भन्ने विजयाको मनमा खुलदुली भएछ । ९ महिनाको गर्भपछि विजयाले एक छोरो पाइन्, तर विजयाको अत्यधिक रक्तस्रावले (रगत बगेको) दिवंगत भइन् । कस्तो आपत् आइपरेछ यस्तो अवस्थामा । सपनामै नचिताएको यस्तो अवस्थामा लोग्नेमान्छे भएर पनि इञ्जिनियरको आँखामा आँसु बगेछ धरधरी । डाक्टरले राम्रो सल्लाह दिएछ बच्चालाई हुर्काउने अवस्था ।
इञ्जिनियरले विचार गरेर सासू–आमासित सल्लाह गरे ।
बच्चा स्याहार गर्न, सुसार गर्न विजयाकी आमाले रुँदै ज्वाइँ इञ्जिनियरको हातमा आ नी कान्छी छोरीलाई थमाइदिइन् । इञ्जिनियरले सामान्य टीका लगाएर कान्छी स्वास्नीलाई आ नो घर भित्राए । उनीले नै दिदीको बच्चालाई आ नो सम्झी राम्रोसित स्याहार सुसार गर्न थालिन् । जिन्दगीमा एउटा सपना हुन्छ, त्यो सपनालाई साकार पार्न अत्यन्तै गार्हो हुने रहेछ । त्यही सपनालाई सफल पार्न कान्छीले लोग्ने इञ्जिनियरलाई हर तरहले साथ सहयोग गरिरहिन् । बालकुमारी, ललितपुर वडा नं. ९ Shakya.dasharaj@gmail.com