(डा. नीलम कार्की ‘निहारिका’ (जन्म ः ९ अप्रिल १९७५) नेपाली साहित्यकी वरिष्ठ उपन्यासकार, कवयित्री तथा कथाकार हुनुहुन्छ । उहाँ मदन पुरस्कार प्राप्त गर्ने चौथी महिला साहित्यकार हुनुहुन्छ । उहाँको लेखन मुख्य रुपमा नारीवादी दृष्टिकोण, पुरूषप्रधान समाज, जाति, वर्ग, गरिबी, भ्रष्टाचार र ऐतिहासिक विषयवस्तुमा केन्द्रित रहन्छ । उहाँले इतिहासका मौन आवाजहरुलाई आख्यानको माध्यमबाट उजागर गर्ने प्रयास गर्नुहुन्छ ।
नीलम कार्की निहारिका पाल्पाको गोठादी (झडेवा) मा जन्मिनुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एम.ए, स्वास्थ्य शिक्षामा एम. एड. र बी. एड. पूरा गर्नुभएको छ भने नेपाल संस्कृत विश्वविद्यालयबाट ‘सर्वार्थ योगवाणीमा वैदिक दर्शनको प्रभाव’ विषयमा विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको छ । उहाँ नर्सिङमा पनि योग्य हुनुहुन्छ । उहाँले केही समय नर्सिङ पेशा गरे पनि पछि पूर्णकालीन लेखनमा समर्पित हुनुभयो । उहाँ लामो समय अमेरिकामा बसोबास गर्नुभएको छ र हाल पनि त्यहाँको नेपाली साहित्यिक गतिविधिसँग जोडिनुहुन्छ । उहाँको साहित्यिक यात्रा १९९० को दशकबाट सुरु भएको हो । बाल्यकालमा ६ कक्षामा पढ्दा ‘किसान’ पत्रिकामा पहिलो कविता प्रकाशित भएको थियो । उहाँको पहिलो उपन्यास ‘‘मौन जीवन’’ सन् १९९४ मा प्रकाशित भयो । त्यतिबेला तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट उक्त कृति लोकार्पण भएको थियो । उहाँका प्रकाशित कृतिहरुमा– उपन्यास ः मौन जीवन (१९९४), नियतिको खेल (१९९७), अर्की आइमाई (२०१४), चीरहरण (२०१६), योगमाया (२०१८), द्रौपदी अवशेष (२०२१), राजमाता (२०२६) आदि , कथा संग्रह ः बेली, हवन, कागजमा दस्तखत, ४३ कथा आदि , कविता ः मस्तिष्क ज्वरो (लामो कविता), नीलम कार्की निहारिकाका कविता आदि रहेका छन् ।
उहाँका कृतिहरुमा चीरहरणले पद्मश्री साहित्य पुरस्कार (२०१६) पायो भने ‘योगमाया’ ले मदन पुरस्कार (२०७४/२०१८) जित्यो । योगमाया उपन्यास भोजपुरकी क्रान्तिकारी महिला योगमाया न्यौपाने (१८६०–१९४१) को जीवनमा आधारित ऐतिहासिक आख्यान हो, जसले राणा शासनविरुद्धको संघर्ष र महिला अधिकारलाई उजागर गर्छ । यो कृति नेपाली साहित्यमा योगमायालाई मुख्य धारामा ल्याउन महत्त्वपूर्ण मानिन्छ । उहाँले प्राप्त गर्नुभएका पुरस्कार र सम्मानहरुमा मदन पुरस्कार — योगमाया (२०१८), पद्मश्री साहित्य पुरस्कार — चीरहरण (२०१६), योगमाया राष्ट्रिय पुरस्कार (२०२५) र अन्य थुप्रै साहित्यिक सम्मानहरु रहेका छन् ।
नीलम कार्की निहारिका इतिहासको पुनर्लेखनमा विशेष रुचि राख्नुहुन्छ । उहाँका कृतिहरुमा नारी चरित्रहरुको सशक्त चित्रण, सामाजिक प्रश्न र गहन अनुसन्धान देखिन्छ । उहाँको लोकप्रियता नेपालभित्र मात्र नभई विदेशमा पनि नेपाली समुदायमा व्यापक छ । उहाँले रेडियो नेपालमा पनि काम गर्नुभएको थियो र हाल पनि विभिन्न मिडियामा सक्रिय रहनुभएको छ । प्रस्तुत छ समकालीन नेपाली आख्यानकी तेजस्वी हस्ताक्षर डा. नीलम कार्की ‘निहारिका’ सँग हाम्रो पुरूषार्थका लागि पाल्पाका साहित्यकार राम ज्ञवालीले गर्नुभएका कुराकानीका अंशहरु – सम्पादक)’
१. पाल्पाको ग्रामीण परिवेशमा हुर्कनुभएकी तपाईँको पहिलो कविता ’किसान’ पत्रिकामा प्रकाशित हुँदाको त्यो क्षणले तपाईँको लेखन यात्राको जग कसरी निर्माण गर्यो ?
विद्यार्थीको भविष्य निर्माणमा विद्यालय अर्थात् गुरुहरुको महत्त्वपूर्ण योगदान रहने कुरा सर्वविदितै छ । म पाल्पाको झडेवामा भन्ने गाउँमा हुर्किएको हुँ । त्यही स्थानको किसान माध्यमिक विद्यालयबाट आठ कक्षा सम्मको शिक्षा आर्जन गरेकी हुँ । सोही विद्यालयमा मेरो आमाले अध्यापन गर्नुहुन्थ्यो । त्यस समय मेरो आमा उक्त विद्यालयमा एकमात्र महिला शिक्षिका हुनुहुन्थ्यो ।
किसान मा. वि. मा विभिन्न अतिरिक्त क्रियाकलापहरु हुन्थे । रजत–जयन्तीको अवसरमा विद्यालयले मुखपत्र प्रकाशित गर्ने भएको थियो र त्यसको लागि कविता प्रतियोगिता आयोजना गर्न कविता आह्वान गरिएको थियो । उक्त प्रतियोगिताको सबैभन्दा ठूलो आकर्षण भनेको पुरस्कृत भएका प्रथम, द्वितीय र तृतीय कवितालाई मुख–पत्रमा छापिने कुरा सूचनामा थियो । तत् समयमा गाउँको विद्यालयले पत्रिका प्रकाशित गर्नु भनेको पक्कै पनि निकै ठूलो कुरा थियो ।
विजयी भएमा आ नो रचना छापिन पाउने आकर्षणले पनि मलाई भाग लिन उत्सुक बनायो । कविता लेख्न लगायो । त्यसमा मैले भाग लिएँ र छापिने अवसर पनि पाएँ । यो कुरा म कक्षा ६ मा अध्ययन गर्दै गर्दाको हो । त्यसको अलावा ममा साहित्यको बीजारोपण आमाले सुत्ने बेला सुनाउने कथाहरुबाट भएको हो । आमाले अधिकांश रातमा हामीलाई कथा सुनाउनुहुन्थ्यो । २. सन् १९९४ मा प्रकाशित पहिलो उपन्यास ‘‘मौन जीवन’’ लेख्नुको पछाडि के प्रेरणा र व्यक्तिगत अनुभव थियो ? मेरो एउटा बानी थियो । आमाले रातिमा जुन कथा सुनाउनुहुन्थ्यो ती महाभारत, रामायण यस्तै ग्रन्थहरुबाट लिइएको हुन्थ्यो । केही नीतिशास्त्र चाणक्यबाट पनि सुनाउनुहुन्थ्यो । ती सुनेका कथालाई मैले विद्यालय जाँदै गर्दा यहाँ फर्किँदा र खाजाको समय या खाली समयमा साथीहरुलाई सुनाउथेँ । म ग्रामीण परिवेशमा हुर्केकी हँु । तर त्यस स्थानमा मेरो आमा अध्यापनको लागि बस्नुभएको हुँदा हामीसँग खेती किसानीसम्बन्धी कुनै पनि काम थिएन । एक हिसाबले पढ्ने लेख्नेबाहेक अरु समय फुर्सद्को थियो । तर मेरा बाल्यकालका साथीहरु भने सबैको घरखेत बारी थियो । गोठभरि बस्तु थिए । त्यस कारण किसान सम्बन्धित काम पनि उनीहरुले गर्नुपर्नेहुन्थ्यो । म साथीहरुसँग साथसाथै खरबारी जान्थँे । अथवा उनीहरुले घाँसदाउरा गर्ने ठाउँमा जान्थँे । उनीहरुले घाँस काटिरहँदा म कथा सुनाइरहेकी हुन्थेँ ।
साथीहरुलाई कथा सुनाउनको लागि पनि कल्पना गरेर पात्र सिर्जना गर्ने ,मस्तिष्कमा कथा कोर्ने बानी हुन गयो । मैले कहिले आमाले भनेको कथालाई तत्कालै जति पनि लम्बाएर सुनाउन सक्थेँ या आ नै पनि नयाँ बनाउन सक्थँे ।
मनोरञ्जनको अहिले जस्तो सिनेमा हेर्न गाउँमा सम्भव थिएन । एकाध पटक विभिन्न परियोजनाले जेनेरेटर चलाएर गाउँमा भूक्षय डकुमेन्ट्री देखाएको मलाई सम्झना छ । होइन भने कहिले सिनेमा नहेरेका साथीहरुलाई मैले त्यसरी दृश्य दिएर वर्णन गर्नु भनेको उनीहरुको लागि पनि ठूलो कौतुहलको विषय थियो । त्यसैले उनीहरु मेरो उपस्थिति रुचाउथेँ । म बाट कथा श्रवण गर्न चाहन्थे । उनीहरुको त्यस रूचिले पनि मलाई पात्र विकास र कथा निर्माणमा सहयोग पुग्यो ।
अर्को कुरा, साहित्य लेख्न फरक हृदय बोकेर मानिस जन्मेको हुँदो रहेछ जस्तो लाग्छ । त्यसैले त अरुले एकपटक हेरेर बिर्सिदिने घटनालाई सर्जकले भने वर्षौंसम्म मन मस्तिष्कमा बोकेर हिँडेको हुन्छ । मैले पनि त्यही हृदयको कारण प्रमाणपत्र पढिरहेको अवस्थामा उपन्यास लेखँे । वास्तवमा भन्ने हो भने त्यस समय मेरो नर्सिंग क्याम्पस अध्ययनको समय थियो । अस्पतालमा विभिन्न स्थानबाट आएका गरिब र निर्बल दीर्घरोगीहरुसँग साक्षात्कार हुन्थ्यो । अर्थात् उनीहरुको दुःखको त्यो पहाड मेरो आँखा सामुन्ने हुन्थ्यो । म हुनुसम्मको विचलित हुन्थेँ । त्यस्तो अवस्थामा मैले आफू पोखिने माध्यम साहित्यलाई बनाएँ । १७ वर्षको उमेरमा प्रथम उपन्यास लेखेकी थिएँ । ३. यहाँकी आमा गाउँको एक शिक्षिका हुनुहुन्थ्यो, जसले तपाईँलाई पनि सुरुमा शिक्षक बन्ने प्रेरणा दियो । पछि नर्सिङ पेशा रोज्नुभयो । पेशा र सृजनाका बीचको त्यो संक्रमणकालीन अवस्था कस्तो थियो ? हो मेरो आमा विद्यालयमा एकमात्र महिला शिक्षिका हुनुहुन्थ्यो । अलि पछि एक दुई जना अस्थायी रुपमा आउनुभएको थियो । गाउँमा मेरो आमाको उमेरको कोही पनि महिलालाई मैले शिक्षित देखेकी थिइनँ । आमालाई अन्य गुरुहरुदेखि विद्यार्थी, अभिभावक र गाउँले नै मिना दिदी भनेर सम्बोधन आदर गर्नुहुन्थ्यो । सानोमा त अझै यस्तो लाग्थ्यो मेरो आमा मात्रै शिक्षित महिला हो यो दुनियाँमा । निकै गर्व अनुभूति हुन्थ्यो । गाउँमा हुलाक कार्यालय थियो । टाढाटाढा गाउँका चिठी सदरमुकाम तानसेन हुँदै त्यहीँ आउँथे । माध्यमिक विद्यालय पनि धेरै गाउँलाई समेट्ने गरी किसान मा. वि. नै भएकोले टाढाका विद्यार्थीहरु पढ्न आउनेगर्थे । आआ नो गाउँका चिठी विद्यार्थीले लगिदिन्थे । विशेष गरेर भारततिर र ब्रिटिसतिर आर्मीमा काममा गएका मानिसले पठाएको पत्र आमाबाट वाचन गरी माग्न कोही त दुई तीन घण्टाको बाटो हिँडेर आउनुहुन्थ्यो । आ नै गाउँमा विद्यार्थीले पत्रवाचन गर्न सक्ने भए पनि आमाजस्तो परिपक्व कोही नभएकाले हुनुपर्छ या गोपनीयताको लागि हुनुपर्छ त्यसरी वाचन गराउन र उत्तर लेखाउन उहाँहरु आउने गरेको ।
त्यसरी आउनेहरु कोही त भित्र कोठामा आ ना छोरालाई या श्रीमान्लाई मेरो आमाबाट चिठी लेखाउँदा लेखाउँदै भित्र रोइरहेको बाहिरबाट सुनिन्थ्यो । अनि लाग्थ्यो म पनि एकदिन आमाजस्तै गुरुआमा हुन्छु । पछि म बिरामी भएर पाल्पाको मिसन अस्पतालमा पुगेकी थिएँ । आमाको हात भाँचिएर अर्को पटक फेरि त्यहा गएँ । त्यहाँ नर्सले गरेको निःस्वार्थ सेवा देखेँ । त्यसपछि म नर्स बन्छु भन्ने निर्णयमा पुगेँ । ४. तपाईँले एक अन्तर्वार्तामा “नर्सिङ पेशाले मलाई मानवीय संघर्ष बुझ्ने समानुभूति प्रदान गर्यो” भन्नुभएको छ । अस्पतालका वार्डहरुमा देखिने मृत्यु र पीडा कसरी तपाईँका उपन्यासका अक्षरहरुमा रुपान्तरित भए ? त्यो कलिलो समयमा मैले दुःख के हो ? भोकको पीडा के हो बुझेकै रहेनछु । मेरो पहाड जहाँ म हुर्किएँ त्यहा श्रम गरेपछि दुई छाक खान नपाएको भोक देखेकी थिइनँ । मैले जब म नर्सिङ पढ्न गएँ मैले मानिसका भोक, दुःख देखेँ । गरिबीको पराकास्टा देखेँ । शरीर छोप्न नपुगेको अति चिथ्रा लुगा पनि देखेँ । समयमै अस्पताल आउन नसकेकोले जीवन मृत्युमा परिणत भएको पनि देखेँ । त्यसले मेरो किशोर मनलाई दुखाउँथ्यो अनि लेख्थेँ । ५ रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गर्दाको सञ्चार–क्षेत्रको अनुभवले तपाईँको आख्यानको भाषा र शैली निर्माणमा कसरी सहयोग पुर्यायो ? मैले सञ्चारमा काम गर्दा धेरै सिक्ने अवसर प्राप्त गरेँ । रेडियो नेपालको ‘साहित्य–संसार’ मा आबद्ध थिएँ । रचनाहरु बन्द खाममा जिल्ला जिल्लाबाट आइपुगेका हुन्थे । मुख्य सञ्चालक यज्ञनिधिले चिठी खोलेर प्रसारण गर्न लायक र प्रसारण गर्न नसकिने रचनालाई छुट्टाउनुहुन्थ्यो । मैले दुवैलाई पढ्थेँ । अझ बढी प्रसारण गर्न नसकिने अर्थात् नराम्रो भनिएको रचनालाई पहिला पढ्थेँ अनि राम्रो भनेकोलाई । दुवै पढेर तुलनात्मक रुपमा हेर्थेँ । रेडियो नेपालमा काम गर्दाखेरि नै मैले केही साहित्यकारहरुसँग चिनजानको अवसरमा उहाँहरुबाट पनि सिक्ने मौका प्राप्त गरँे । ६. ‘मौन जीवन’ देखि ‘द्रौपदी अवशेष’ सम्म आइपुग्दा, एक लेखकका रुपमा तपाईँले आ नो वैचारिक र शिल्पगत विकासलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? मैले मौन जीवन १७ वर्षको उमेरमा लेखेकी हुँ । त्यतिबेला मसँग पुस्तकको अध्ययन पनि र समाजका आयामका अध्ययन पनि स्वभावतः कम नै थियो । त्यसैले गर्दा म त्यसलाई मेरो परिपक्व लेखन मान्दिनँ । मैले भन्ने पनि गरेकी छु मेरा अनुजहरुलाई– प्रकाशनको लागि हतार नगर्नू । अध्ययन पनि लेखनकै एक पाटो हो । पहिला अध्ययन गर्नू । फेरि यति भन्दाभन्दै मलाई के लाग्छ भने मैले मौन जीवनबाट मेरो साहित्यको गोरेटो नकोरेको भए म यसरी निरन्तर साहित्य यात्रामा हुँदैन थिएँ कि ? समग्रमा भन्नुपर्दा वैचारिक शिल्पगत विकासलाई म अपरिहार्य सम्झन्छु । ७. ‘चीरहरण’ लेख्दा तपाईँले महाभारतका कथाहरुलाई वर्तमानको बलत्कार र सामाजिक हिंसासँग जोड्नुभएको छ । पौराणिक पात्रहरुलाई आधुनिक परिवेशमा उतार्दा तथ्य र कल्पनाको सन्तुलन मिलाउन कत्तिको कठिन भयो ? मैले महाभारत पढिरहँदा नै वर्तमान हामी बाँचेको समयसँग तादम्यता के कस्तो छ ? त्यसलाई मनन गर्दै केलाउँदै अघि बढेकी थिएँ र धेरै धेरै घटनाक्रममा समानता पाएँ । त्यसैले गर्दा मलाई त्यति विधि अप्ठ्यारो परेन । मैले पहिला त्यही समयकै आँखाले नारीका भोगाइहरुलाई अध्ययन गरेँ । त्यसपछि वर्तमानमा बसेर तिनका भोगाइलाई मनन गरेँ । त्यसैले गर्दा मलाई सन्तुलन मिलाउन त्यति विधि हम्मे परेन । आज र हिजोका हाम्रा भोगाइहरुमा ठूलो अन्तर नै कति छ । ८. ‘चीरहरण’ मा महाभारतको चीरहरण घटनालाई महिला दृष्टिकोणबाट चित्रण गर्नुभएको छ । यसलाई आधुनिक नेपाली समाजको सन्दर्भमा कसरी व्याख्या वा पुनर्लेखन गर्नुभयो ? द्रौपदीको चरित्रले तपाईंलाई कसरी प्रभावित पार्यो ? पार्यो नि निकै प्रभाव पार्यो । मलाई मैले विभिन्न आख्यानमा लेखेका नारी पात्रमध्ये एक फरक पात्र हो द्रौपदी । त्यसैले त मैले बहुपति प्रथासँग आजको अवस्थालाई बेग्लै अध्ययन गरेर त्यस प्रथामा आधारित द्रौपदी अवशेष उपन्यास लेखँे । यो पनि हिजोका नारीको भोगाइ र आजको नारीको भोगाइमा समानता के कस्ता छन् हेर्ने एउटा पाटो हो । ९. ’योगमाया’ उपन्यास लेख्नुअघि तपाईँलाई यो पात्रका बारेमा धेरै जानकारी थिएन । तपाईँको टोली भोजपुरसम्म पुगेर गरेको स्थलगत अध्ययनले उपन्यासलाई कस्तो जीवन्तता प्रदान गर्यो ? योगमाया लेख्न तपाईंलाई कुन ऐतिहासिक/वैचारिक कारणले प्रेरित गर्यो ? हो जतिबेला मैले योगमाया उपन्यास लेख्ने निर्णय गरेँ त्यतिबेला मसँग लेखनको लागि पुग्ने गरी पात्र, परिवेश घटनाको पूर्ण ज्ञान थिएन । त्यसकारण सर्वप्रथम मैले त्यस अगाडि छापिएका केही अनुसन्धानत्मक र वैचारिक लेख रचनाहरुको अध्ययन गरेँ । त्यसपछि म स्थलगत अध्ययनको लागि योगमायाको जन्म भएको सिम्ले ,भएको स्थान धोद्ले, उहाँले योग साधना गर्नुभएको मझुवावेशी ,गौडिनी पुगँे । स्वर्गद्वारी गएँ । विभिन्न स्रोत व्यक्तिहरुसँग भेटेर अन्तर्वार्ता लिएँ । जुन काम योगमायाले आजभन्दा १०० वर्ष अगाडि समाजको लागि गर्नुभएको थियो उहाँकै कार्यले मलाई योगमायालाई आख्यानीकरण गर्न अझ बढी प्रेरित गरिरह्यो । १०. योगमाया उपन्यासका लागि मदन पुरस्कार जित्नुभयो । योगमाया न्यौपानेको जीवन र उनीको राणा विरोधी संघर्षबारे अनुसन्धान कसरी गर्नुभयो ? यस कृतिले उनलाई मुख्यधारामा ल्याउने उद्देश्य के थियो ? म अध्ययनपछि निश्चिन्त भएँ अर्थात् आफूलाई कटिबद्ध बनाएँ कि –अब मैले उहाँको जीवनमा आधारित भएर पुस्तक लेख्नै पर्छ । सोचेँ अब नगरे ढिलो हुँदैछ । किनकि मैले अध्ययनको क्रममा उहाँलाई देखेका दुई तीन जना मानिस मात्र भेटेँ । जसमा निकै सानो उमेरका सम्झनामा धेरै कम कुरा मात्र बाँकी थियो । तर उहाँका अनुयायीका सन्तानहरु पनि वृद्ध भइसकेको पाएँ । त्यसले गर्दा अझै ढिलो भयो भने द्वितीय स्रोत पनि धमिलो हुँदै जाने मनन गरँे । अलि अगाडि नै लेखिन सकेको भए योगमायालाई प्रत्यक्ष देख्ने जान्ने बुझ्ने धेरै मानिसहरुसँग भेट हुन सक्थ्यो होला । तर पनि उहाँका वाणी उहाँले तपस्या गर्ने ठाउँ, प्रवचन दिएको गाउँ,समाधि गर्नुभएको स्थान चाँहि यथास्थानमा छ । केही वर्ष रोकिएपछि पुनः पहिला झैँ निरन्तर भजन हुँदै आएको पनि पाएँ । दोस्रो पुस्ता तेस्रो पुस्ताका मानिसहरुसँग भेट्न पाएँ मैले अध्ययनको क्रममा । जुन कुरा लेखनको लागि निकै सहयोगी भयो । ११. योगमायाले उठाएको जल समाधिको मुद्दालाई कतिपयले आत्महत्या र कतिपयले राजनीतिक विद्रोह भन्छन् । एक लेखकका रुपमा तपाईँले यसलाई कसरी व्याख्या गर्नुभयो ? उहाँले धर्मराज्य स्थापनाको लागि पटकपटक राणा सरकारलाई घचघचाउँदा पनि प्राप्त नभएपछि योगमाया स्वयं काठमाडौँ गएर श्री ३ सँग भेटेर आ ना माग राख्नुभएको थियो । राणाबाट धर्मराज्य स्थापना हुने वचन पनि पाउनुभएको थियो तर दुई तीन वर्ष पर्खँदा पनि त्यस्तो कुनै छनक नदेखिसकेपछि उहाँले अग्निदाहको लागि प्रयास गर्नुभएको थियो र त्यो अग्निदाहालाई रोकेर श्री ३ सरकारले उहाँ र केही अनुयायीलगायतलाई गिर तार गरेको थियो । कसैलाई नजरबन्द कसैलाई जेल चलान गरेको थियो र सबै जना जेलमुक्त भएपछि योगमायाले राणा सरकारको विरोध गर्दै यी अधर्मीको नाश हुन्छ भन्दै जलसमाधिको लागि योजना बनाउनुभएको थियो । त्यसमा मैले उहाँको सर्वार्थ योगवाणी अध्ययन गरेर हेर्दा ब्रह्मसत्यं जगत् मिथ्या र जे कुराको सृष्टि भयो त्यसको प्रलय अवश्यम्भावी छ भन्ने दर्शनबाट विश्वस्त भएको देखिन्छ । राणा सरकारमा अत्यधिक शोषण, दमन, अत्याचार भएको हुँदा नासको नजिक पुगेको अभिव्यक्ति उहाँले दिएको पाइन्छ ।
जसरी जीवन त्याग्नुभएको भए तापनि दमन, अत्याचारकै कारणले त्यसप्रति विद्रोहको गीत गाउँदै त्यस नतिजामा पुगेको देखिन्छ । १३. ’योगमाया’ लाई केवल नारीवादी उपन्यास मात्र नभई सामाजिक कुरीति विरुद्धको साझा आवाज भन्न सकिन्छ । तपाईँको विचारमा नारी चेतनाको समग्र रुपान्तरणका लागि साहित्यको भूमिका कस्तो हुनुपर्छ ? साहित्यले के गर्छ भनेर प्रश्न गर्ने हो भने उत्तरमा यसको कार्यगत आयाम ठूलो छ । हामीले तत्कालै देखाउने गरी नतिजामा यही गर्छ भन्न पनि नसकौँला । तर सामाजिक रुपान्तरमा साहित्यको अहम् भूमिका रहेको सत्य हामी कोहीले नकार्न सक्दैनौँ । सांस्कृतिक संरक्षणले इतिहासलाई पुस्तामा हस्तान्तरण गर्न मद्दत गर्छ । नैतिकवान् बनाउने अभिभारा पनि साहित्यकै छ ।
आज जे जति नारी उत्थानका काम भएका छन् हिजोदेखिका हाम्रा लोकसंस्कृति, लोकसाहित्य र आज लेखिएका रचनाले भूमिका खेलेको कुरा नकार्न सकिँदैन । साहित्यलाई परिवर्तनको संवाहक भन्न मिल्छ । १४. द्रौपदी अवशेष’ मा तपाईँले हिमाली क्षेत्रको बहुपति प्रथा र सांस्कृतिक पक्षलाई उठाउनुभएको छ । पौराणिक द्रौपदीको कथा र वर्तमानको यो सामाजिक यथार्थलाई जोड्ने सूत्र के थियो ? मैले अलिकति कुरा यहाँको माथिको प्रश्नमा पनि उठाएकी थिएँ । मैले द्रौपदी अवशेष यस अर्थमा भनेकी हुँ कि बहुपतिसँग जोडेर मैले प्रतीकात्मक रुपमा शीर्षक उठान गरेकी हुँ । हुन त उच्च हिमाली भेगमा जुन बहुपति प्रथा चलिआएको छ त्यो र महाभारतको द्रौपदीमा पाँच पाण्डवको श्रीमती हुनुमा फरक कारण फरक परिवेश देखिन्छ तर पनि त्यसैगरी बहुपतिको पत्नी हुने नियति एकै भएको हुँदा प्रतीकात्मक रुपमा शीर्षकहरु आउँन गएको हो । यो शीर्षक राख्नुअगाडि मैले त्यही प्रथामा रहनुभएका केही व्यक्तिसँग छलफल पनि गरेकी थिएँ र मानिसहरुबाट सुझाव संकलन गरेकी थिएँ । १५, द्रौपदी अवशेष जस्ता कृतिमा महाभारतका पात्रहरुलाई पुनः कल्पना गर्नुको मुख्य उद्देश्य के हो ? पुरूष–प्रधान समाजमा महिलाको पीडा र आघातलाई कसरी प्रतिबिम्बित गर्न खोज्नुभयो ? बहुपति भन्ने बित्तिकै हाम्रो पहिलो सोच महाभारतकै द्रौपदीमा गएर अडिन्छ । लामो समयसम्म चलेको हुँदा संस्कृति बनेर बसेको यस प्रथामा महिलाहरुका अप्ठ्यारा एकातिर छन् । त्यही समाजका केही व्यक्तिहरु यो हाम्रो संस्कृति हो , जोगाई राख्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । कोही यसको अन्त्य हुनुपर्छ भन्ने सोचका साथ निरन्तरता नदिएर आफू समाजबाटै बाहिरिएका दृष्टान्त छन् । मैले लेख्ने बेला गरेको अन्तर्वार्तामा दुवैथरीका सोच बोकेका अर्थात् व्यवहार गरिरहेका मानिसहरुसँग कुरा गरँे । आआ नै खालका तर्क थिए । जसले कायम हुनुपर्छ भनी वकालत गर्नुभएको देखेँ । त्यसमा कोही आफू भने त्यसप्रथालाई निरन्तरता नदिएको पनि पाएँ । जसले अन्त्य हुनुपर्छ भन्नुभयो उहाँहरुले आ नो संस्कृति भनेर निभाएको पनि भेटेँ । तर दुवै थरीले महिलाका अप्ठ्यारा पक्षबारे बताउनुभयो । १६. तपाईँले आ ना कृतिहरुमा ’अकेली महिला’ वा एकल महिलाप्रतिको सामाजिक दृष्टिकोणलाई पनि उठाउनुभएको छ । साहित्यले यस्ता विभेदकारी दृष्टिकोणलाई कसरी चुनौती दिन सक्छ ? कतिपय मानिसको एकल महिलाका प्रतिको हेराइ अझै पनि स्वच्छ छैन । धेरै अगाडि म एकपटक वीर अस्पताल अगाडिबाट टेम्पो चढेर कतै जाँदै थिएँ । त्यही टेम्पोमा एकजना हेर्दै उहाँ विधवा हो भन्ने पहिरनको पहिचानकी महिला हुनुहुन्थ्यो त्यही टेम्पोमा । त्यसमा सवार सबैका आँखा उहाँमै गएर अडिएको पाएँ । कसैको आँखामा बिचरा जस्ता गहिरो सहानुभूति थियो र कसैको आँखामा डस्ने हेराइ ।
यो दुई दशकभन्दा अघिको कुरा हो । अहिले पहिलाभन्दा केही परिवर्तन भएको छ तर त्यो परिवर्तन जति भएको छ पर्याप्त भएको छैन । सामाजिक विभेदका विरुद्धमा साहित्य बोल्ने गर्छ । यसले परिवर्तनको लागि केही न केही टेवा पुर्याएकै हुन्छ । १७. तपाईँको कथा ’दोस्रो विवाह’ र ’हवन’ मा पितृसत्तात्मक समाजले महिलाको शरीर र मनमा पार्ने प्रभावको विश्लेषण गरिएको छ । समकालीन नेपाली समाजमा पितृसत्ताको स्वरुप कसरी परिवर्तन भइरहेको देख्नुहुन्छ ? शिक्षाको कारणले हुनुपर्छ केही परिवर्तन भएको छ । अर्को कुरा, पितृसत्तासँग अर्थतन्त्रले गहिरो साइनो राख्ने रहेछ । जबदेखि महिलाहरु पनि आ नै हातमा स्वआर्जनको रुपैयाँ देखिने गरी आर्थिक रुपमा सफल हुन थाले तबदेखि परिवर्तनका धर्साहरु देखिन थाले ।
सुनिँदै भनिँदै र देखिँदै पनि आएको छ– नारी पहिला विवाहअगाडि बुबा दाजुको अन्डरमा त्यसपछि विवाहपछि श्रीमान्, ससुराको र अलिपछि छोराको अन्डरमा हुन्छन् । त्यो भनाइ केही सत्य पनि रहेछ ।
समाजिक रुपान्तरणको साथसाथै यसमा पनि केही परिवर्तन नभएको होइन । तर आज पनि त्यो मनोविज्ञानले भित्रभित्रै सुरुङ खनेजस्तै काम गरिरहेको हँुदो रहेछ । हामी आफै महिलाहरु पनि त्यसबाट ग्रसित छौँ । हामीलाई हुर्काउँदा नै त्यसैगरी सिकाइएको हुन्छ । त्यसैले सामान्य मान्दै त्यसलाई दैनिक व्यवहारमा ल्याइदिन्छौँ ।
शिक्षा र चेतनाको विकाससँगै यो गलत हो भन्ने कुरा हामीले बुझ्न र व्यक्त गर्न लागेका छौंँ। आज पनि हाम्रा अस्तित्वलाई स्वीकार गर्न हाम्रा कामहरुलाई जस दिन गाह्रो मान्ने निकै ठूलो जमात हरेक समाजमा छ । १८. तपाईंका धेरै कथा कृतिमा महिला संघर्ष, भेदभाव र सामाजिक वास्तविकता प्रमुख छन् । यी विषय छान्नुको कारण के हो ? आ नो व्यक्तिगत अनुभव वा समाजको अवलोकनबाट कसरी प्रेरित हुनुहुन्छ ? मेरा कथाहरु बढीजसो सामाजिक यथार्थको धरातालमा उभिएका छन् । महिला संघर्ष भेदभाव आदि समाजको अङ्ग जस्तो भएर रहेको छ । त्यसैले यस्ता विषय समेटिएका छन् । १९. बेली (बाल मनोवैज्ञानिक कथा–संग्रह) जस्ता रचनामा बालबालिकाको मनोविज्ञानलाई केन्द्रमा राख्नुको कारण र उद्देश्य के छ ? म मेरो ठूलो छोरा हिमांशु जन्मिसकेपछि केही समय बढी नै कार्यव्यस्तताको कारणले लेख्न सकिरहेकी थिइनँ । म नियमित रुपमा प्रज्ञा–प्रतिष्ठान भने जाने गर्थेँ । एकदिन त्यसैगरी प्रज्ञा–प्रतिष्ठानमा गएको बेलामा सदस्य सचिव सनत रेग्मी दाजुसंगै डाक्टर तुलसी भट्टराई दाजुसँग भेट भयो । तुलसी दाजुले मलाई सोध्नुभयो –“निहारिकाले आजभोलि के गर्दै हुनुहुन्छ ? पत्रपत्रिकामा त कुनै नयाँ पढ्न पाइएको छैन । ” हुन पनि मेरा सिर्जना नछापिएको धेरै समय भएको थियो । म कवि गोष्ठीहरुमा पनि रचना सुनाउनको लागि उपस्थित हुन सक्दिनथेँ । मैले भनेँ “दाजु मैले अहिले केही लेखिरहन सकेकी छैन । ” अनि तुलसी दाजुले भन्नुभयो, “बाल–मनोविज्ञानको कथाहरु लेख्नु तपाईं आमा भएर बाल–मनोविज्ञानको कथा लेख्नु र हामीले लेख्नु फरक हो । ” बाल–मनोविज्ञानको कुरा गर्दा जब म आफै आमा भएँ अनि बाल–मनोविज्ञान भनेको अति नै महत्त्वपूर्ण कुरा रहेछ भन्ने आफैले पनि मनन गरेकी थिएँ । त्यसपछि मैले त्यसमा विषयमा कलम चलाएँ । २०. चीरहरणका लागि पद्मश्री साहित्य पुरस्कार र योगमायाका लागि मदन पुरस्कारले तपाईंको लेखन करियर र आत्मविश्वासमा कस्तो प्रभाव पारेको छ ? जुन विश्वास पाठकले गर्नुहुन्छ त्यो विश्वास मर्न दिनुहुन्न भन्ने कुरामा पनि सर्जक सचेत रहन्छ । पुरस्कारले सर्जकलाई थप सचेत तुल्याउने रहेछ र आत्मविश्वास भनेको निकै ठूलो कुरा हो । त्यसले बढे बढे पहाड उक्लिन र गहिरो खोला तर्न पनि उत्प्रेरित गर्छ । पाठकको विश्वास अपेक्षासँगै लेखकको आत्मविश्वास पनि बढ्छ नै । २१. तपाईंका चरित्रहरु (योगमाया, द्रौपदी आदि) सँग कत्तिको भावनात्मक रुपमा जोडिनुहुन्छ ? लेखनपछि यी चरित्रबाट ‘मुक्त’ हुन कति समय लाग्छ ? सबैभन्दा पहिला पात्रमा प्रवेश गर्न मुस्किल र पात्रमा प्रवेश गरिसकेपछि निस्किन महा मुस्किल । भावनात्मकरुपमा त यसरी जोडिन्छ कि त्यो समय त्यो घटनाक्रम त्यो युगमा आफै बाँचेको आफैले भोगेको प्रतीत हुन्छ । त्यसैले त आ ना पात्र रुँदा आ नो हृदय भारी हुन्छ । पात्र हाँस्दा आफू प्रफुल्लित भइन्छ । २२. विदेश (अमेरिका) मा लामो समय बसोबास गर्दै नेपाली भाषामा लेख्नु चुनौतीपूर्ण छ कि छैन ? प्रवासी नेपाली साहित्यको क्षेत्रमा तपाईंको योगदान कस्तो रह्यो ? म नेपालबाहिर रहेर दुईवटा कथा–संग्रह र पाँचवटा उपन्यास लेखेँ । पछिल्लो समय मेरो सम्पूर्ण काम समर्पणका साथ नेपाली भाषा साहित्यको लागि हुने गरेको छ । लेखनमा मात्र नभएर र संस्थागत रुपमा पनि म प्रत्यक्ष संलग्न भएर काम गर्ने गरेकी छु । २३. अमेरिकाको व्यस्त जीवनमा तपाईँले ‘योगमाया’ जस्तो गहन उपन्यास रातको समयमा लेख्नुभयो । प्रवासमा सृजनाका लागि समय र शान्तिको व्यवस्थापन कसरी गर्नुहुन्छ ? हो मैले योगमाया नेपालबाहिर बसेर लेखेकी हुँ । मेरो सानो छोरा भएको हुँदा आमाको भूमिका मेरो लागि सबैभन्दा महत्त्वपूर्ण हुने नै भयो । त्यसबाट समय निकालेर मैले लेखन अध्ययन गर्नु पर्ने भएको हुँदा रातको समयलाई उपयोग गर्नुपर्यो ।
म अध्ययन अनुसन्धानको लागि नेपाल आएर विभिन्न व्यक्तिसँग भेटघाट गर्ने र स्थलगत अध्ययन गरेँ । त्यो पनि बच्चाहरुको विद्यालय बिदाको समय पारेर गरेकी हुँ । त्यसको लागि परिवारको साथ महत्त्वपूर्ण रह्यो । मेरो लेखनमा मेरो श्रीमान्को साथले गर्दा सम्भव भएको छ । उहाँले दुवै छोराहरुलाई रेखदेख गरिदिनुभयो अनि म अध्ययनको लागि नेपालका विभिन्न स्थानमा हिँड्न सकेँ । सम्पूर्ण सामग्री जुटाउन सकँे । त्यसपछि बालबच्चा र परिवारलाई असर नपर्ने गरी समय तालिका मिलाएर लेख्न बसँे । २४ प्रवासमा लेखिने नेपाली साहित्यमा प्रायः ’नोस्टाल्जिया’ को हाबी हुन्छ तर तपाईँका कृतिहरुमा नेपालको इतिहास र वर्तमानको कठोर यथार्थ बढी देखिन्छ । यो फरक धार कसरी निर्माण भयो ? जीवनमा जे पर्छ त्यसलाई भोग्नको लागि सधैं तमतयार हुनुपर्ने रहेछ । त्यसैले जहाँ रहे पनि जहाँ बसे पनि मेरो लेखनमा ठूलो असर परेन । बाहिर रहँदा दुःख लाग्छ । चाडपर्वहरु आउँदा झन् बिरह चल्छ । त्यसलाई मैले डायरीमा उतार्ने पनि गरेकी छु । पाठकको लागि मैले पछिल्लो समय हाम्रो मिथक संस्कृति दर्शन र इतिहासलाई मुख्य विषय बनाएकी छु । २६. विश्व नेपाली साहित्यको मानचित्रमा डायस्पोरिक लेखकहरुको योगदानलाई तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ ? बाहिर बसे पनि हामीले धेरैजसो काम हाम्रै भाषा – नेपाली भाषामा गरेका छौं । त्यसैले गर्दा हाम्रो साहित्य विश्व साहित्यमा जान सकेको छैन । सम्राट् उपाध्याय, मञ्जुश्री थापा जस्ता केही सर्जकले मात्रै अंग्रेजीमा लेख्नुभएको छ । नेपालीमा लेखेर अंग्रेजीमा ट्रान्सलेसन भएका कृतिहरु पनि विश्वसाहित्य बजारको आँखामा परेका छैनन् । संघ संस्थाहरुमा पनि बढीजसो काम नेपाली भाषामै केन्द्रित भएर गरिएको छ । विश्व बजारमा जानको लागि पहिला सबैले पढ्ने भाषामा पुस्तक आउनुपर्छ । त्यसमा बिस्तारै काम हुँदै छ । २७. पारिजात, लक्ष्मीप्रसाद देवकोटा (मुनामदन), बीपी कोइराला (सुम्निमा) जस्ता लेखक/कृतिहरुले तपाईंलाई कसरी प्रभावित गर्दछन् ? आ नो लेखन शैलीमा यिनको कस्तो प्रभाव परेको छ ? हामीले लेख्न सिकेको भनेकै अग्रजको साहित्य पढेर हो । मैले त सम्झना भएअनुसार सबैभन्दा पहिला पढेको साहित्यिक कृति नै मुनामदन हो । यस्ता पुस्तकहरुले प्रभावित नपार्ने त कुरै भएन । शैली र शिल्पमा हरेक दृष्टिकोणबाट हेर्दा लेखकको आ नो निजत्व हुन्छ । लक्ष्मीप्रसाद देवकोटाका कविता र पारिजात बीपीका आख्यानबाट म ज्यादै प्रभावित छु । २८. तपाईँले आ नो लेखनमा “भाषा र कथाको विकासक्रम” लाई महत्त्व दिने बताउनुभएको छ । एउटा राम्रो लेखक हुनका लागि आवश्यक गुणहरु र मापदण्डहरु क–के हुन् ? जसरी एउटा मिष्ठान्न भोजन बन्नको लागि सम्पूर्ण सामग्रीको आवश्यकता पर्छ । त्यस्तैगरी साहित्य सिर्जनामा पनि अपरिहार्य तत्त्वहरु छन् । ती तत्त्व विधाअनुसार फरक हुन सक्छन् जसरी परिकारअनुसार सामग्री फरक हुन्छन् । यति हुँदाहुँदै पनि केहीमा समानता अवश्य हुन्छ । सबैको उचित प्रयोग भएमा सुन्दर सिर्जना बन्न जान्छ । क्लिष्ट भाषाले मात्रै साहित्य सुन्दर बनाउँछ भन्ने मनोविज्ञानबाट हामी मुक्त हुनुपर्छ । २९. तपाईँका धेरैजसो उपन्यासहरुमा महिला पात्रहरु नै केन्द्रीय भूमिकामा छन् । के यो सचेत छनोट हो वा समाजको यथार्थले नै तपाईँलाई यसतर्फ डोर्याएको हो ? अब यसमा त मेरा पाँचवटा पछिल्ला उपन्यासहरु अर्की आइमाई, द्रौपदी अवशेष, चीरहरण, योगमाया र राजमाता सबैमा केन्द्रीय पात्र नारी नै छन् । त्यसका अलावा अघि लेखेका कथाहरुमा पनि नारी पात्रकै बाहुल्य छ । नारीका सम्बोधन गर्ने विषय धेरै भएर पनि हुनसक्छ मेरो कलमको रोजाइमा ती पर्न गएका । ३०. नेपाली साहित्यमा महिला लेखकको प्रतिनिधित्व र महिला विषयवस्तुको महत्त्वबारे तपाईंको विचार के छ ? तपाईंको योगदानले यसलाई कसरी अगाडि बढाएको छ ? हो पहिलो कुरा महिला सर्जक । हामीसँग एक त साहित्य लेखनकै इतिहास त्यति लामो छैन । त्यसमा पनि नारी सर्जकको इतिहास अझ पछाडि गएर जोडिन्छ । पहिलो कुरा हामीहरु पुरूष झैँ साक्षर नै थिएनौँ । अथवा साक्षरता दर कम भएको हुँदा लिखित साहित्यमा महिलाको उपस्थिति कम हुनु स्वाभाविक नै हो र साक्षर भएर पनि लेख्ने वातावरण महिलाको लागि निकै चुनौतीपूर्ण छ । सम्पूर्ण तालमेल मिलाउँदा मिलाउँदै समय बगिसकेको हुन्छ । त्यसैले पनि महिलाको कलम कम देखिन्छ । तर सन्तोष मान्ने कुरा यो छ कि हिजो–आज महिलाहरु संख्यात्मक र गुणात्मक दुवै रुपमा निकै सशक्त ढङ्गमा आएका छन् ।
अर्को कुरा महिलाको विषयवस्तु । हामी महिलाले बाक्लो गरी कलम नउठाइसकेको बेलामा पनि महिलाबारे नलेखेको भने होइन । पुरूष लेखकले इमान्दारिताका साथ कलम चलाउनुभएको हो ।
यहाँको प्रश्न नारी लेखनमा निहारिकाको योगदान के ? भन्ने जवाफमा त मैलेभन्दा पनि पाठकले र समाजले हेर्ने, मूल्याङ्कन गर्ने कुरा हो । मेरो तर्फबाट भन्नुपर्दा मैले सकेजति यथासम्भव निरन्तर काम गरिरहेकी छु र गरिरहनेछु । ३१. तपाईँका पात्रहरु निकै गतिशील र बहुआयामिक हुन्छन् । पात्र निर्माणको प्रक्रियामा तपाईँ कत्तिको डुब्नुहुन्छ ? के पात्रहरुको पीडाले तपाईँलाई लेखनपछि पनि लामो समयसम्म पछ्याइरहन्छ ? वास्तवमा पात्र निर्माण एक जटिल काम हो । काल्पनिक नभएर इतिहासबाटै लिइन्छ भने पनि अध्ययन गरेर त्यसलाई हुबहु चरित्रमा उतार्नुपर्ने हुन्छ । त्यो पनि सयौँ वर्ष अगाडिका पात्रहरु । पात्र निर्माण गर्नु एक मानव जन्माउनु जत्तिकै हो । त्यसकारण यसमा समय खर्चिन्छ नै ।
अर्को कुरा यसरी निर्माण भएका या जन्मिएका पात्र र परिवेशले पछिसम्म पनि सर्जकलाई छाडेको हुँदैन । मैले भर्खरै राजमाता उपन्यास प्रकाशित गरेँ । अझै पनि म मेरा पात्रबाट निस्किन सकेकी छैनँ । अहिलेको काठमाडौँ उपत्यकालाई मैले सयौँ वर्ष अगाडिको काठमाडौँ देखिरहेकी छु । म त्यही समयमा बाँचिरहेकी छु भन्दा अत्युक्ति नहोला । ३२. तपाईँले आ ना कृतिहरुमा प्रयोग गर्ने भाषा सरल तर गम्भीर हुन्छ । मदनमणि दीक्षितको ’माधवी’ जस्ता जटिल कृतिहरुबाट प्रभावित हुनुभएकी तपाईँले आ नो भाषालाई कसरी परिष्कृत गर्नुभयो ? आजसम्मको नेपाली आख्यानमा मलाई सबैभन्दा मनपर्ने पहिलो नम्बरको कृति हो मदनमणि दीक्षितको माधवी उपन्यास । विषय, पात्र, परिवेश, शिल्प, भाषा सबै दृष्टिकोणले उत्कृष्ट । अझ भनौँ सर्वोत्कृष्ट । भाषा, घटना, विषयकै कारण मैले चारपटक पढ्नुपरेको थियो । अझै पनि पढूँ पढूँ लाग्छ ।
त्यो कथानकले, त्यो परिवेशले, त्यही भाषा शैलीको माग गरेको छ । त्यसको जटिलताभित्रको सुन्दरता मलाई राम्रो लाग्छ । ३३. यस्तै कुनै ऐतिहासिक कालखण्ड वा पात्रमा कलम चलाउने सोच बनाउनुभएको छ ? हो धेरै ऐतिहासिक घटना र पात्रहरु हाम्रा सामुन्ने ल्याइएका छैनन्, आएका छैनन् । ती आउनुपर्छ । त्यसको एक सानो प्रयास हो । मेरो राजमाता । अझ अरुबाट पनि लेखिँदै जानुपर्छ । जीवन्त भएर आख्यान मार्फत भए पनि पाठकसामु आउनुपर्छ । इतिहासलाई आख्यानको रुपमा आउँदा धेरै पाठकमा पुग्ने मेरो अनुभव छ । फेरि पनि आउने उपन्यास यस्तै समाजको सामु ल्याउनैपर्ने विषयवस्तुमा केन्द्रित हुनेछ । अर्थात् त्यो रिक्ततालाई म केही भए पनि पूरा गर्ने कोसिस गर्नेछु । यही नै भन्ने मनस्थिति बनाइसकेकी छैनँ । म अध्ययनकै क्रममा छु । ३४. विश्व साहित्यमा नेपाली साहित्यको उपस्थिति अझै पनि कमजोर देखिन्छ । तपाईँका कृतिहरुलाई अङ्गज ्रे ी वा अन्य अन्तर्राष्ट्रिय भाषाहरुमा अनुवाद गर्ने प्रक्रिया कहाँ पुगेको छ ? अनुवाद हुनुपर्छ । म गर्ने सोचमा पनि छु । अहिलेलाई यति भनूँ । ३६. तपाईं लेखनअघि धेरै अनुसन्धान गर्नुहुन्छ कि लेखनकै क्रममा खोज्दै जानुहुन्छ ? विषयवस्तु लिइसकेपछि म पहिला अध्ययन गर्छु । मलाई लेखनको लागि अब पर्याप्त हुन्छ भन्ने लागेपछि लेख्न बस्छु । तर त्यसपछि पनि केही कुराहरु बीचबीचमा थप अध्ययन गर्नुपर्ने पनि हुन सक्छ । ३७. नयाँ लेखकहरुलाई तपाईंको सल्लाह के छ ? अध्ययनलाई बढाउनुस् । अध्ययन पनि लेखनकै पाटो हो र लेख्दै जानुस् । परिष्कार गर्नुस् । निरन्तरता निकै महत्त्वपूर्ण कुरा हो । हिँडेको बाटोलाई चटक्क छाडेर सुस्ताउने नगर्नुहोस् । ३८. लेखन गर्दा सबैभन्दा गाह्रो के लाग्छ—सुरुआत, निरन्तरता, कि अन्त्य ? मैले पछिल्लो समय उपन्यास लेखिरहेकी हुँदा यसले लामो समय लिन्छ । त्यसको लागि आफूलाई मानसिक रुपमा तयार पारेर नै लेख्न बस्ने हो । उपन्यास लेखनले आ नो मात्रै होइन परिवारको पनि धैर्य माग्छ ।
लेखनमा सबैभन्दा गाह्रो काम भनेको अन्तिम ड्रा टमा काम गरिरहँदा हो । जसरी आमाले गर्भमा सन्तान राखेर जन्मको बेला प्रसव पीडा गाह्रो हुन्छ । त्यसैगरी लेखनलाई अन्तिम रुप दिन निकै गाह्रो हुन्छ । प्रसव पीडालाई शब्दमा व्याख्या गर्न नसके जस्तै पुस्तकलाई अन्तिम रुप दिँदाका पीडा म शाब्दिक रुपमा व्यक्त गर्न सक्दिनँ । ४०. लेखनलाई तपाईं साधना मान्नुहुन्छ कि सामाजिक दायित्व ? किन ? मेरा लागि लेखन एक साधना पनि हो र सामाजिक दायित्व पनि । अझै भन्नुपर्दा लेखन मेरो लागि एउटा ध्यान हो । ओखती हो । मेरो बाँच्ने आधार हो । मेरो साथी हो । मेरो परिवार हो । म एक ठूलो मानसिक सन्तापबाट निकै जटिल परिस्थितिबाट बाहिर आएको साहित्यकै कारणले हो । साहित्य त मेरो दुःख बिसाउने आमाको काख जस्तो हुन गएको छ ।
अझै पनि मलाई लेखनको लागि यस्तै र यही वातावरण चाहिन्छ भन्ने छैन । म आँसु पुछ्दै पनि लेख्न सक्छु । कोलाहलले पनि मेरो पठन लेखनको एकाग्रतालाई भङ्ग गर्न सक्दैन । म महिनौँ घरबाट ननिस्केर पनि कोहीसँग कुराकानी नगरेर पनि लेखेको अनुभव मसँग छ । यस्तो लाग्छ मेरो शारीरिक महत्त्वपूर्ण अङ्ग जस्तै अभिन्न मेरो लेखन पनि हो र अर्कोतिर फेरि मसँग पाठकको ठूलो अपेक्षा देख्ने गरेकि छु । त्यसैले गर्दा यो मेरो साधना पनि हो र दायित्व पनि । ४१. तपाईंको लेखन प्रक्रियाबारे बताइदिनुहोस् – योजना बनाएर लेख्नुहुन्छ कि भावनाको बहावमा ? लेख्दा तपाईंलाई सबैभन्दा कठिन के लाग्छ— विषय चयन, संरचना, कि भाषा ? म लेखन योजनाबद्ध रुपमै लेख्ने गर्छु । यति समय अध्ययनलाई यति समय लेखनलाई र यति समय परिमार्जनलाई त्यो निर्धारित गरेकी हुन्छु । यतिबेला लेखिसक्छु भन्ने पनि मेरो तालिकाभित्रै पर्छ । यति बजेदेखि यति बजेसम्म भन्ने पनि मैले छुट्टाएकै हुन्छु । लेखन भन्नाले लेखनसँग सँगसँगै पठन पनि आउँछ । योगमाया र राजमाताको विषयगत चयन सुरुमा मेरो एक्लो थिएन । तर अध्ययन गर्दै जाँदा मेरो हुन पुग्यो । विषय मात्र भएर पुगेन अर्थात् कच्चापदार्थ मात्रै भएर पुग्दैन । जसरी घर बनाउँदा रुपरेखा बनाउने नक्सा कोर्ने काम पहिला हुनुपर्छ । अनि गाह्रो भित्ता झ्यालढोका छाना सबैको काम हुन्छ । साहित्य सिर्जनामा त्यही हुन्छ र अन्तिममा सिँगार्ने अर्थात् परिमार्जनको काम त्यत्तिकै कठिन हुन्छ । लेखन सजिलो काम अवश्य होइन ।
४२. साहित्य समाज परिवर्तनको हतियार हुन सक्छ भन्ने कुरामा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?
म यसमा १०० प्रतिशत विश्वस्त छु ।
४३. तपाईंको लेखन प्रतिरोधको स्वर हो कि पुनर्निर्माणको आशा ?
दुवै हो ।
४४. अध्ययन, अनुशासन र निरन्तरतामध्ये कुन बढी महत्त्वपूर्ण ठान्नुहुन्छ ?
यी तीनै कुरा सँगसँगै जानुपर्ने हुन्छ । निरन्तरता र अनुशासन एकआपससँग जोडिएको हुन्छ । अध्ययन गर्नु भनेको त लेखनको आधाआधी काम हो ।
४५. अन्त्यमा यहाँले थप केही भन्नु छ कि ?
आ ना कुरा राख्ने अवसर दिनुभएकोमा धन्यवाद ।
राष्ट्रिय साहित्यिक त्रैमासिक पत्रिका
‘‘हाम्रो पुरुषार्थ’’
मा विज्ञापन दिई लाभ उठाउनुहोस् ।