मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त · पृ. १२३

रेसुङ्गा र ऐँसेलु

रमेशमोहन अधिकारी

२०८२ साल असार २८ गते ब्युँझँदा हामी तल्लो टक्सार गुल्मीमा थियौँ । हिजो बाग्लुङको खर्बाङबाट दक्षिणतिर लाग्नासाथ बले टक्सारमै बास बस्न खोजेका थियौँ । त्यहाँका कुनै पनि लजमा आठ जना अट्ने नदेखेपछि हामी पेुरि तल्तिरै लाग्नुपरेको थियो । बेलुकाको सात बजे त हामी त्यहाँबाट गुडेका थियौँ । बाटो पनि त्यति राम्रो होइन । बेलुकाको समय । यता कुनै खेल भएकाले खेलाडीहरुले लजहरु भरिएका रहेछन् । बाटो सोध्दै अगाडि बढिरह्यौँ । पानी पनि परिरह्यो । बाटो भुुक्किएर हो कि तल्लो टक्सार आइपुग्नै दुई घण्टा लाग्यो । बल्ल एउटा भूतपूर्व सैनिक भोजनालय एन्ड लजमा नौ बजे आइपुगिएको थियो । सुत्दाओर्दा ११ बजेको थियो ।

उठ्न पनि ढिला हुने भइहाल्यो । बिहान साढे छ बजे बाटो लाग्यौँ । बाटामा चिया खाएका भरमा हिँडेका हामीलाई तीन घन्टा लाग्यो तम्घास आइपुग्न । तम्घास आउनाको कारण म थिएँ । यसको महत्त्व खास मेरा लागि थियो । साथीहरु रिडी मात्र ताकिरहेका थिए । रिडी पुग्न यति समय लाग्ने थिएन । दुई घण्टाअगाडि नै पुग्न सकिन्थ्यो । यहाँ आउनाको एउटा कारण थियो गुल्मीको सदरमुकाम तम्घासको अनुहार हेर्नु । यसभन्दा पनि महत्त्वपूर्ण कारण भने किरण पुस्तकालय हेर्नु थियो ।

वि.सं. २०२५ मा स्थापित किरण पुस्तकालय नेपालका पुराना पुस्तकालयहरु मध्ये एक रहेछ । यस पुस्तकालयको साहित्यिक पत्रिका ‘हाम्रो पुरूषार्थ’को प्रकाशन २०३५ सालदेखि निरन्तर भइरहेको रहेछ । मैले सुरुकै अङ्कहरु हेर्न पाएको रहेछु । म ठुलो मामाको घर विश्रामपुर जाँदा त्यहाँ पहिलो अङ्क पढेको हुँला । त्यतिखेर मामाको जेठो छोरा अर्थात् मेरो दाजु प्रदीप भट्टराई पाल्पामा सरकारी कर्मचारी हुनुहुन्थ्यो । आदरणीय कपिल घिमिरे ‘मधुपर्क’ को सम्पादक हुँदा चन्द्रनिगाहपुरको सूर्योदय पुस्तकालयमा पनि ‘हाम्रो पुरूषार्थ’का केही अङ्क आइपुगेका थिए । यसरी किरण पुस्तकालयभन्दा पनि यसको प्रकाशनसँग म कसरी कसरी जोडिएको रहेछु । पछि २०७५ सालमा चितवनका साहित्यकार दाजु पूर्णप्रसाद अधिकारीसँग चिनजान भएपछि मैले यस पत्रिकाको ‘रुरु क्षेत्र विशेषाङ्क’ समीक्षाका लागि पाएको थिएँ । यसै क्रममा सम्पादक शशि पन्थीसित फोन सम्पर्क हुन पाएको थियो र पछि हामी पेुसबुकमा पनि साथी भएका थियौँ । यसकारण मलाई तम्घासले बोलाइरहेको जस्तो लागिरहेको थियो ।

डुल्नु भनेको बाटबाटै हिँडिरहनु वा गुडिरहनु मात्र होइन, चिनेका वा नचिनेका मानिसहरुसँग भेट्नु, बोल्नु वा अन्तरक्रिया गर्नु पनि हो । त्यसैले मैले यस यात्रा क्रममा शशि पन्थीज्यूलाई भेट्ने, किरण पुस्तकालय हेर्ने र सम्भव साथीहरुसँग चिनजान गर्ने सोचाइ बनाएको थिएँ । संयोग; शशि पन्थी काठमाडौँ जानुभएको रहेछ । उता जाँदा स्वास्थ्यको नियमित जाँच पनि गराउने र बुटवल पस्तै आउने भनेपछि भेट त नहुने नै भयो । एकछिन खिन्नता बोध भयो । तुरुन्तै उहाँले भन्नुभयो, “म नभए पनि साथीहरु हुनुहुन्छ, जानुहोला ।” उहाँले दीन पन्थीको नाम र मोबाइल नम्बर दिनुभयो । मैले तुरुन्तै दीन सरलाई फोन लगाइहालेँ । उहाँसँग शशि सरले कुरा गरिसक्नुभएको रहेछ, सजिलो पनि भयो ।

मैले नेपालका धेरै ठुला पुस्तकालय हेर्न पाएको छैन । त्रिभुवन विश्वविद्यालयीय कीर्तिपुर पुस्तकालय, मदन पुरस्कार पुुस्तकालय तथा सिक्किम साहित्य परिषद्द्वारा सञ्चालित पुस्तकालय मात्र हेरेको छु मैले । काठमाडौँको बासिन्दा भएको भए कम्तीमा नेपालका अन्य ठुला पुस्तकालयहरु हेरेको हुन्थेँ हुँला । मैले देखेका ठुला पुस्तकालय काठमाडौँ उपत्यकाका वा सिक्किमको पनि राजधानी गान्तोकका थिए । सङ्घीय राजधानीबाहिर मैले देखेका पुस्तकालयहरुमध्ये गैरसरकारी स्तरबाट सञ्चालितमध्ये यो नै ठुलो पुस्तकालय हो । स्थापना कालदेखि एकोतार लागिरहेका शशि पन्थी, दीन पन्थीजस्ता शैक्षिक तथा साहित्यिक क्षेत्रमा समेत स्वनामधन्य व्यक्तित्वहरुको कम्ती पसिना र समयले यो पुस्तकालय यत्तिको भएको पक्कै होइन ।

हामी यहाँ आइपुग्दा शालीन व्यक्तित्व दीन पन्थी अरू एक दुई जना साथीसहित मुख्य ढोकामै पर्खिरहनुभएको रहेछ । हामीले मूल द्वारमा लेखिएकाले यसै भवनलाई किरण पुस्तकालय भन्ठानेका थियौँ । यस भव्य भवनमा बैङ्क पो छ त ? के भएको हो भन्ठानेर छक्क परेँ म । मलाई लाग्यो एउटा भवन रहेछ, जसका केही कोठा किरण पुस्तकालयले लिएर चलाएको रहेछ । कसरी भाडा तिरेको होला ? भाडा तिर्ने रकम कहाँबाट आउँदो होला ? यस्तो देख्ता नयाँ मानिसहरु छक्क परिहाल्छन् वा भ्रममा पर्न सक्छन् भन्ठानेर होला, पाका र मिजासिला दीन सरले भन्नुभयो, “यो भवन हाम्रो हो । हामीले सहजताका लागि भुइँतला भाडामा दिएका हौँ । हाम्रो ठुलो खर्च यो भाडाले धान्दैन, अलि अलि भए पनि भरथेग हुन्छ ।” उहाँले अझ भन्नुभयो, “यहाँ बैङ्क हुनाले हामीले पुस्तकालयको सुरक्षाका लागि छुट्टै गार्ड राख्नुपरेन । यसका साथै परिसर र तलका कोठाहरु सफा गर्ने व्यक्ति पनि राख्नुपरेन । हामीलाई फाइदा भनेको यत्ति हो ।”

दीन सरसँग हामी पहिलो तलामा उक्ल्यौँ । यहाँ रहेछ वाचनालय र पुस्तकालय । बसेर पढ्ने ठाउँ । कार्यालय छुट्टै । मसित सीमित पुस्तक हुनाले मैले शशि पन्थी सर र पुस्तकालयलाई गरी मेरो नियात्रासङ्ग्रह ‘संयात्राको संयोग’ दुईओटा मात्र दिन सकेँ । जसको हातमा सुम्पिएँ, उहाँलाई नै व्यक्तिगत रुपमा दिन सकिनँ । अलि अप्ठ्यारै लाग्यो । यहाँ हामी एक घण्टा जति बस्यौँ । यस क्रममा परिचय गरियो सबैसँग । पुस्तकालयका कार्यालय र पुस्तकालयलाई नै अलि गहिरिएर हेरियो ।

मैले झलक्क सम्भेँु, हामीले वि.सं.२०३७ मा रौतहटको चन्द्रनिगाहपुरमा स्थापना गरेको पुस्तकालय ‘सूर्योदय’लाई । म सरिक भएर स्थापना भएको कुनै संस्था निष्क्रिय हुँदै समाप्त भएको छ भने त्यो सूर्योदय पुस्तकालय नै हो । वि.सं.२०३७ देखि वि.सं.२०५७ सम्म राम्रै गरी चलेको पवित्र संस्थालाई गैरसरकारी संस्थाका रुपमा बदली नाफामूलक संस्थाको विकास गर्न सूर्योदय प्रतिष्ठानमा बदलिने र स्थानान्तर गर्ने भनी केही साथीहरुले गरेको हठका कारण बिस्तारै पुस्तक पनि धमिरा र सेपका आहार भए । जग्गा पनि मासियो । संस्था नै समाप्त भयो । यो दुर्घटना मलगायत व्यक्तिगत वा राजनीतिक स्वार्थ नबोक्नेहरुका लागि अश्वत्थामालाई भन्दा बढी पीडामय भएको छ ।

पुस्तकालयबाट बाहिर निस्केर उहाँहरुले नै अर्डर गरिदिनुभएको होटलमा खाना खायौँ । यहाँको खानाको मूल्य सस्तो हो वा उहाँहरुले भनिदिनुभएकाले हो, सादा खानाको प्रतिव्यक्ति दुईसय रुपियाँ रहेछ ।

विष्णु गौतमले “समय मिले रेसुङ्गा पनि पुग्नुपर्छ है !” भन्नुभएको थियो, साथीहरुले टाढा छ भनिरहेका थिए । दीन सरहरुले भन्नुभयो, “गाडीमा पन्ध्र मिनेटमा पुगिन्छ । त्यसपछि एकहजार खुड्किला उक्लिनुपर्छ ।“ सुरुमा त केही साथीहरुको मन हचक्क भइहाल्यो खुड्किलाका कुराले । मैले भनेँ “नजिकमै रहेछौँ, जाऔँ ।” सबै साथी सहमत भए । मलाई पिरलो थियो सीताराम सरको । उहाँलाई ज्वरो आइरहेको थियो तैपनि उहाँले आँट्नुभयो । उहाँले आँटिसकेपछि अरूले पछि हट्ने कुरो गर्नै भएन । होटलवाला भाइले देखाइदिएकै बाटाबाट हामी अगि बढ्यौँ । नभन्दै प्रकृतिको रमणीयता पान गर्दै हामी रेसुङ्गाको पेुदीमा पन्ध्र मिनेटमै पुगिहाल्यौँ ।

पेुदीमै रहेछ पोखरी बाटाको पश्चिमपट्टि । पूर्वोत्तर रहेछ रेसुङ्गा जाने बाटो । यहीँबाट सुरु हुन्छन् खुड्किलाहरु पनि । दिउँसोको एघार बजेको छ । घाम मज्जाले चर्केको छ । हामी उक्लिनु छ खुड्किले बाटो । खुड्किलाहरुको उचाइ भने ठिकै छ । डन्डीहरु लगाइएका छन् दुबैपट्टि । बनेलु बाटो । प्रकृतिले आपैँु सिर्जना गरेका वनस्पतिहरु छँदै छन्; नियोजित रुपमा लगाइएका वनस्पति पनि छन् । यी बाटाका दुबै किनारामा लगाइएका छन् । सायद यी वनस्पति यहाँको वातानुकूल छन् । यसरी लगाइएका वनस्पति माथि मन्दिरसम्मै छन् । तिनमा खस्रु, लाली गुराँस, अँगेरी, बाँझ, रानी भलायो, काली काठ, चुत्रो, म्याल, मलयागिरि, काउलो, मुसलगेडी, ओखर, नासपाती आदि छन् ।

घाम चर्किए पनि बनेलु वातावरण, वानस्पतिक सौन्दर्य आदिले शोभा बढाएका छन् । जस्तासुकै निठुरीको हृदय पगाल्ने क्षमता यिनमा छ । यी वनस्पति हाम्रा प्राण हुन् । यिनै हाम्रा प्रेरणा हुन् । हामी यिनै प्रकृतिका माझबाट हिँडिरहेका छौँ मानवनिर्मित सिमन्टे खुड्किलाहरुमा । हामीमध्ये कति साथी तिल्मिलाएका होलान् भनेर प्रकृतिले हामीलाई छहारी त प्रदान गरेकै छन् । यी वनस्पतिले हामी कतिपयलाई भन्दै पनि छन्, “जीवन सरल रेखा मात्र होइन, बक्र रेखा पनि हो । खुड्किलै खुड्किला उक्लिरह्यौ भने सूर्यनारायणले तिमीहरुलाई माया मात्र गर्ने छैनन् । बार नाघेर आऊ, घेरा नाघेर आऊ अनि मात्र तिमीलाई आनन्द मिल्ने छ, शान्ति मिल्ने छ ।”

वनस्पतिको यो आवाज सबैभन्दा पहिले सीताराम सरले सुन्नुभएछ । ज्वरो आइराखेको भए तापनि, सकिनसकी उकालो लागिरहे तापनि उहाँले भन्नुभयो, “यत्रो वनमा आइसकेपछि लटरम्म फलेको चुत्रो देखेपछि नखाई को हिँड्छ ?” उहाँले कति वर्षपछि चुत्रो फलेको पेुला पार्नुभएको रहेछ । घेरा नाघेर बाटाकै छेउको चुत्रोको बोटनेर गएर टिप्तै खान थाल्नुभयो । अरू साथी हिँड्दै रहे । हामी अलि माथि गएर पर्ख्यौँ । उहाँको धोको आपूु मात्र सन्तुष्ट हुनु थिएन । साथीहरुका लागि पनि ल्याइदिनुभयो । चुत्रो टिपेको भन्दा अलि माथि गरुडको प्रतिमूर्ति रहेछ । त्यहीँ रहेछ रामकुवा पनि । यस कुवाको सम्बन्ध रामायणका नायक रामको नामसँग मात्र रहेनछ । यस कुवाको सम्बन्ध ऋष्यशृङ्ग ऋषिसँग समेत जोडिने रहेछ ।

‘श्रीमद्वाल्मीकिरामायण’ अनुसार विभाण्डक ऋषिका छोरा ऋष्यशृङ्ग सुरुमा बुबासँगै र पछि छुट्टै आश्रममा बसेका रहेछन् । ‘नेपालका धार्मिक स्थलहरु’ अनुसार यो स्थान कोशी नजिक थियो । समय क्रममा अङ्ग देशका राजाकी छोरी शान्ताको लागि योग्य वर खोज्ने क्रममा ऋष्यशृङ्गको नाम आएछ । कोहीसँग सम्पर्क नभएका ऋषि कोसँग फकिएलान् त भन्ने सोची राजाले वेश्याहरुलाई पठाउनु उपयुक्त ठानेछन् । ती वेश्याहरु लामो बाटो पार गरेर बडो कष्टसाथ उनीसमक्ष पुगेछन् । बुबाभन्दा अर्को पुरुषसमेत नदेखेका ऋष्यशृङ्ग मधुर स्वरका धनी युवतीहरु देखेर छक्क परेछन् र के कामले आएका भनी सोधेछन् । उनीहरुले स्पष्ट कारण बताएपछि ऋषि उनीहरुसँगै अङ्गदेश पुगेछन् र राजाकी छोरीसँग विवाह गरी केही वर्ष आनन्दसँग बसेछन् । पछि ऋषिस्वभावका कारणले पत्नी तथा अरू केहीलाई समेत लिई रेसुङ्गामा आई बसेछन् । उनै ऋषिको आश्रम यहाँ हुनाले उनको नाम ऋष्यशृङ्ग अपभ्रंश भई रेसुङ्गा भन्ने नाम रहेको रहेछ । ऋष्यशृङ्ग र राम जोडिएको अर्को कथा भने अलि फरक छ । अयोध्याका राजा निस्सन्तान भएपछि पिर पर्नु स्वाभाविकै हो । कसरी सन्तान होलान् भनेर चिन्तत रहेकै अवस्थामा गुरु वशिष्ठले पुत्रेष्टि यज्ञ गर्न सुझाएछन् । जसरी पनि सन्तान चाहिने व्यक्तिले हरेक गर्छ । वर्तमानमा पनि सन्तान चाहनेले अरुका सन्तान प्राप्त गर्ने, दाजुभाइका सन्तानलाई नै आ नो ठानी सम्पूर्ण व्यवहार त्यहीअनुसार गर्ने, भाडामा अरु महिलालाई कृत्रिम गर्भाधान गराउने वा आ नी पत्नीलाई परपुरुषमार्पुत गर्भाधान गराउने जस्ता तरिका अपनाएको पाइन्छ । आजभन्दा हजारौँ वर्षअघि पनि यस्ता केही प्रक्रिया अपनाइएका थिए भन्ने कुरा हामीले धार्मिक ग्रन्थहरुमा पढेका छौँ वा सुनेका छौँ ।

दशरथले चाहिँ सन्तान प्राप्तिका लागि पुत्रेष्टि यज्ञ गर्ने सन्दर्भमा यस प्रकारको यज्ञका जानकार ऋष्यशृङ्ग ऋषिलाई नै विशेष महत्त्वका साथ आमन्त्रण गरेका रहेछन् । दशरथका चारै छोरा राम, लक्ष्मण, भरत तथा शत्रुघ्न यही यज्ञका प्रभावले जन्मेका रहेछन् । रामहरु ठुला भएपछि ऋष्यशृङ्गलाई कृतज्ञता व्यक्त गर्न यहाँ आएका रहेछन् । किंवदन्तीअनुसार उकालामा तिर्खा लागेपछि रामले वाण प्रहार गरी कुवा निर्माण गरेका थिए रे । रेसुङ्गा मन्दिरका पूजारी कृष्ण पन्थी भन्नुह्ुन्छ, “यो कुवा खडेरीमा सुक्तैन मात्र होइन, पानी घट्ता पनि घट्तैन । यसै गरी बर्खामा टनाटन पनि हुँदैन । यो जहिल्यै एउटै अवस्थामा कायम रहन्छ ।”

कुवा नजिकै चुत्रो हामीले पनि खायौँ र हिँड्यौँ । केही खुड्किला अझ बाँकी थिए । माथि पुग्दा एउटा पुरानो मन्दिर देखियो । त्यसभित्र हामी पसेनौँ । दाहिने पट्टि पुजारी आश्रम रहेछ । सिधा अगाडि र यसै माथि राधाकृष्ण मूर्ति रहेछ । यहाँ एक जना पूजारी अनि एकाउन्टेन्ट जस्तो व्यक्ति पनि हुनुहुँदोरहेछ । यहाँसम्म एकहजार खुड्किला रहेछन् ।

यहाँभन्दा माथि पनि केही संरचनाहरु रहेछन्, जसमध्ये एउटा भ्यू टावर रहेछ । त्यसका लागि टिकट काट्नुपर्ने रहेछ । भ्यू टावर त्यति अग्लो होइन, खासै आकर्षक पनि होइन । तैपनि यस क्षेत्रमा यही एउटा भ्यू टावर हुनाले होला, अरु पनि चढेका रहेछन् । आकाश खुला हुँदा टाढा टाढाका दृश्य देखिँदा रहेछन् । भ्यू टावर संरक्षणको पर्खाइमा रोइरहेको जस्तो लाग्यो । भ्यू टावरभन्दा दायाँतर्पु एउटा मन्दिर रहेछ । पशुपति मन्दिर हुन सक्छ ।

यी कुराहरु हेरेर हामी तलको मुख्य मन्दिरमा आयौँ । अघि यहाँ अर्कै पूजारी हुनुहुन्थ्यो भने अहिले कृष्ण पन्थी हुनुहुन्थ्यो । उहाँसँग परिचय भएपछि भन्नुभयो, “हाम्रा यति धेरै ऋषिहरुले तपस्या गरेका पवित्र भूमिहरु छन् । संसारले मानेका पवित्र नदीहरु छन् । हामी आ नो ठाउँलाई वास्ता गर्दैनौँ र तलतिरै लाग्छौँ । यति पवित्र कृष्णगण्डकीमा नुहाउन हामी लाज मान्छौँ । हातगोडा पखाले जस्तो गर्छौँ र मुख पनि धोए जस्तो गर्छौँ । उता कुम्भमेलामा नदी डाइभर्ट गरेर बनाएको नहरमा नुहाएर मक्ख पर्छौँ । हामीले पहिले आ नो माटालाई माया गर्नुपर्छ । यहाँ एक दिन बस्नुभयो भने चरम शान्तिको अनुभव गर्नुहुन्छ । हतारमा आएर हतारमा जानुभयो भने केही पाए जस्तो अनुभव हुन्न । त्यसैले तीर्थमा पुुर्सतले आउनुपर्छ, हतारले होइन ।”

उहाँले सही कुरा गर्नुभएको थियो तर वास्तवमै भन्नुपर्दा हामी नै पनि हतारमा थियौँ । साथीहरुको रिडी पुगेर रानीमहल पनि आजै जाने चाहनाले हामी हिँड्नैपर्‍यो । घडीमा दुई बजिसकेको थियो र हामी यहाँका गुरुहरुसँग बिदा भएर हिँड्यौँ ।

आउँदैखेरि हामीलाई ऐँसेलुका झ्याङहरुले जिस्क्याएका थिए, “ए नौला यात्री हो ! तिमीहरुले हामी यहाँ छौँ भन्ने कुरा तम्घासतिर सुनेनौ ? अहिले पनि तिमीहरु किन यति निठुरी भएर कहिल्यै गाडी चढ्नै नपाएको जसरी हुइँकिरहेका छौ ? हामी बर्सौँदेखि तिमीहरुजस्ता नयाँ पाहुनालाई पर्खेका पर्खेकै छौँ । आओ ! हामीलाई ग्रहण गर । हामी उदार मनले तिमीहरुलाई तृप्त पार्ने छौँ । गुल्मीका हामी कस्ता छौँ ? थाहा पाएर जाओ ।” हामीले यसै पनि कल्याणकारी भावना भएका उनीहरुलाई हेर्नुपर्ने । त्यसमाथि उनीहरुले नै झपक्क गहना लगाएका सुन्दर महिलाहरुले जसरी आमन्त्रण गरेका । त्यसैले फर्कँदा हामीले उनीहरुका आतिथ्य स्विकार्‍यौँ । उनीहरुको निष्काम मायालाई तृप्त हुन्जेल भोग गर्‍यौँ । यतिबिघ्न कल्याणीहरुलाई छोड्ने मन अवश्य थिएन हाम्रो । मिलन भएपछि बिछोड हुने अनिवार्यतालाई उनीहरुले पनि बुभेु र हामीले पनि बुझ्यौँ । उनीहरुले पनि चित्त बुझाए र हामीले पनि बुझाउनै पर्‍यो । समयको खेलले उनीहरुबाट हामीलाई छुट्याएरै छाड्यो ।

यसपछि रिडी र रानीमहल हेरेर पाल्पा बजार आइपुग्दा बेलुकाको आठ बजिसकेको थियो । यात्रा संयोजकहरु यता आउँदा नियमित जसो बस्ने होटलमा बस्यौँ । झन्डै दस बजेतिर खाना खाइयो । भात र दाल तातै रहेछ । तरकारी र अचारहरु चिसा । फ्रिजबाट झिकेर दिएछन् । चिनेको ठाउँमा पनि व्यवसायीले यस्तो बदमासी गर्दा रहेछन् ।

यही होटलमा ब्युँभेुका छौँ यस यात्राको अन्तिम दिन अर्थात् जेठ २९ गते । आज पनि यात्रा सुरु गर्न ढिला भइसक्यो । साढे छ बजे मात्र प्रस्थान गर्न सक्यौँ हामी । आज सबैभन्दा पहिले भैरव मन्दिर जानुपर्ने थियो । बिरामी साथीलाई मूल बाटापट्टिबाट सिँढीहरु उक्लन गाह्रो पर्थ्यो । त्यसैले सहायक बाटाबाट प्रवेश गर्ने भयौँ । तल रोट पकाउने ठाउँबाट विष्णु गौतम र मैले एक एकओटा ढक्की लियौँ । दुबै ढक्कीमा एक एकओटा रोट र केही पूुलहरु थिए । एउटा ढक्कीको सामानको छसय रुपियाँ पर्ने रहेछ । हामी दुई जनाको ढक्कीको बाह्रसय रुपियाँ बुझाउनुपर्ने रहेछ । एउटा ढक्की भैरवका लागि र एउटा कालीका लागि रहेछ । यसपालि हामी आएको समय बिहान हुनाले यहाँ पूजा गर्न अनुकूलता थियो । पूजाको काम छिटै सकियो । साथीहरुका बीच केही कुरा भएको थियो वा थिएन, मैले थाहा पाएको थिइनँ । मैले सीताराम सरलाई भनेँ, “आधा रोट मलाई रहन दिएर बाँकी अरूका लागि छुट्याउनुहोस् ।” मैले नातिलाई सम्भेुर त्यसो भनेको थिएँ । नातिले नौलो चिज देखेर रमाइलो मान्ला भन्ने लागेको थियो । सीताराम सरले दुबै थरी प्रसाद मिसाई भाग लगाइसकेर सोध्नुभयो, “तपाईँलाई यत्ति भए पुग्छ ?” मैले भनेँ, “पुग्छ ।” उहाँले भन्नुभयो, “ढक्कीलाई पर्ने रकम तपाईँहरुलाई मात्र बेहोराउँदैनौँ, समूहबाटै तिरिन्छ ।” मलाई कस्तो ग्लानि भयो, सबैको भागमा एकसय पचासभन्दा बढी पर्ने रकमको प्रसाद मतिर बढी आयो । मैले आपूुले तिर्ने होला भन्ठानेर मात्र होइन, नातिको अनुहार झलक्क सम्झेर त्यसो भनेको थिएँ । लाजले एकछिन कोहीसित बोलिनँ ।

यसपछि हामी पाल्पा दरबार सङ्ग्रहालयतिर लाग्यौँ । यो दरबार राजा मुकुन्द सेनको पालामा बनाइएको हो । त्यतिखेर यस दरबारमा नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाह र उनका सन्तानले चलाएको एकीकरण अभियानलाई कसरी असफल बनाउने भन्ने बृहत् छलफल हुन्थ्यो होला । यस दरबारको पटाङ्गिनीमा सैनिकहरुलाई उभ्याएर राष्ट्रियताको कसम खुवाउँदै लड्न प्रेरणा दिइन्थ्यो होला । अहिले भने यो सङ्ग्रहालयका रुपमा परिणत भएछ । धनकुटाको जस्तै यहाँको सङ्ग्रहालयमा पनि जातीय रीतिथिति झल्कने कुराहरु सङ्ग्रह गरिएका रहेछन् । यस क्रममा सानाठुला ढक्कीहरु, विभिन्न प्रयोगमा आउने माटाका भाँडाहरु, विभिन्न जातीय पहिरनहरु, गहनाहरु, ज्यावलहरु, काँसका थालहरु, तामाका भाँडाहरु, डोको, ठेकी, मान्द्रो, यज्ञमण्डप आदि रहेछन् । यसै गरी सिलौटो, जाँतो, पुुसे घर, माच, चुरा, जुत्ता, खराउ, सारङ्गी, आग्लो, धनु, सोली, डालो, नाङ्लो रहेछन् अनि भान्सा तथा भान्सामा काम गर्दै रहेकी महिलाका प्रतीक रहेछन् । यसै गरी टम्म मिलाएर बनाइएका घरहरुको बस्ती, धार्मिक पुस्तकहरु, जितगढी जस्ता ठाउँहरु प्रतीकात्मक रुपमा देखाइएका रहेछन् । यसै गरी डालो बुन्दै गरेकी महिला तथा विभिन्न अङ्कका नोटहरु देखाइएका रहेछन् । एउटा कोठामा शाह वंशीय राजाहरुको फोटो रहेछ । मैले तिनै राजाहरुका माझमा एउटा फोटो लिइदिन एक जनालाई आग्रह गर्दा लिइदिएनन् । फोटो खिच्ने हो भने छुट्टै शुल्क तिर्नुपर्छ रे । साथीहरु कता पुगिसके ? म एक्लै छु । मैले टिकट लिएर आउन्जेल ढिलो होला भन्ठानेर मनलाई बल्ल बल्ल थुमथुम्याउँछु । नभन्दै साथीहरु बाहिरिइसकेका रहेछन् । हतार हतार निस्कन्छु सङ्ग्रहालय परिसरबाट । नजिकैको रणउज्जेश्वरी भगवती मन्दिर पुगेर, दर्शन गरेर फर्कने बेला भइसकेको रहेछ साथीहरुको । निशान भगवती मन्दिरमा मात्र हामी सँगै हुन्छौँ ।

मन्दिरहरुको सन्दर्भमा मैले केही जिल्लाहरुमा एउटा विशेषता भेट्टाएको छु । शक्तिशालीहरुले जे गरे पनि पच्ने रहेछ । देवताको नामसँग उनीहरुको नाम वा उनीहरुको नामसँग देवताहरुको नाम जोडिने रहेछ । गुल्मीको मणिमुकुन्देश्वर महादेव मन्दिर वा पाल्पाको रणउज्जेश्वरी भगवती यही कुराका प्रमाण हुन् । गुल्मीमा सेनवंशी राजा मुकुन्द सेनका नामबाट महादेव मन्दिरको नाम रहेछ । यसै गरी पाल्पामा नेपालका एक बेलाका प्रधानमन्त्री भीमसेन थापाका भाइ उजिर थापाको नामबाट भगवती मन्दिरको नाम रहेछ ।