मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · स्थायी स्तम्भहरू · पृ. १४६

पुस्तकालय परिचय

कृष्णप्रसाद दाहाल

वन विज्ञान अध्ययन संस्थानभित्रको जैविक विविधता सङ्ग्रहालय, पुस्तकालय एवं अभिलेखालय ।

कृष्णप्रसाद दाहाल नेपालको मुख्य हरित नगरीको पहिचान बनाउन सफल वागमती प्रदेशको राजधानी हेटौडा–१० मा रहेको त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान हेटौडा क्याम्पस हाताभित्र रहेको अन्तर्राष्ट्रिय जैविक विविधता सङ्ग्रहालय, पुस्तकालय एवं अभिलेखालय भवनभित्र रहेका दुईवटा पुस्तकालयलाई समेटेर यो पुस्तकालय चिनारी अंश तयार गरिएको छ । साहित्य, संगीत, संस्कृति र कला विषयका पुस्तक, पत्रपत्रिकाका अतिरिक्त वन, वन्यजन्तु, जैविक विविधता, जलाधार संरक्षण र जडीबुटी व्यवस्थापन, जलवायु परिवर्तन एवं तत्सम्बन्धमा अनुसन्धान गरिएका अध्ययन सामग्रीहरुलाई सङ्कलन एवं व्यवस्थापन गरी आम पाठक, अनुसन्धानकर्मी, अध्ययन एवं खोजकर्ता वनविज्ञान, वन्यजन्तु संरक्षण र वातावरणीय विज्ञानका अध्येताहरुलाई व्यावहारिक ज्ञान प्रदान गर्ने पवित्र उद्देश्यसहित यस पुस्तकालयको स्थापना गरिएको हो । तत्कालीन श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको साविक मध्यमाञ्चल विकास क्षेत्र भ्रमणको क्रममा हेटौडामा यस प्रकारको अन्तर्राष्ट्रिय जैविक विविधता संग्रहालय, पुस्तकालय एवं अभिलेखालय स्थापना गर्न हुकुम भएबमोजिम वि.मं. २०४२ मा यस पुस्तकालयको स्थापना भई सञ्चालनमा आएको हो ।

यस पुस्तकालयमा करिब १५००० पुस्तकहरु सूचीकृत गरिएको छ । पुस्तकको रुपमा सूचीकृत नगरिएका कैयौं सङ्ख्यामा शोध ग्रन्थहरु, अन्तर्राष्ट्रिय जर्नलहरु, ठूलो सङ्ख्यामा पत्रपत्रिकाहरु रहेका छन् । अन्तर्राष्ट्रिय जैविक विविधता सङ्ग्रहालय एवं अभिलेखालयका प्रमुख डा.दामोदर गैरेका अनुसार “ यस complex भित्र रहेको Reference Library मा झन्डै ७ हजार जति अति महत्वपूर्ण पुस्तकहरु सुरक्षित छन् भने अर्को पुस्तकालयमा रहेका झन्डै १५ हजार पुस्तकसमेत गर्दा २२ हजार पुस्तक सुरक्षित रहेका छन् । उनको भनाइअनुसार पुस्तकालयभित्र रहेका भाषा, साहित्य, संगीत, कलाका पुस्तकहरु आम पाठकको रुपमा अपेक्षित मात्रामा पुग्न सकेका छैनन् । साथै पुस्तकहरु सुरक्षित त छन् तर कतिपय पुस्तकहरु छुट्याउनुपर्ने अवस्थासमेत छ । अध्ययन सामग्री र पुस्तकको कमी छैन, अझ पाठकको रुचिअनुसारका पुस्तकहरु थप्न सकिन्छ । वन विज्ञान अध्ययन संस्थान हेटौडा क्याम्पसका क्याम्पसप्रमुख डा.यमबहादुर के.सी.को कथन छ– “यो पुस्तकालयलाई नेपालकै जैविक विविधता एवं जलवायु अनुकूलन पुस्तकालयमध्ये उत्कृष्ट पुस्तकालय बनाउने पहल थालनी भएको छ । निकट भविष्यमै जर्नल सुविधा थप गर्ने र म्ष्नष्तबि ाबअष्ष्तिथ समेत विस्तार गर्ने कार्यक्रम रहेको छ । “

हेटौडाको मुख्य केन्द्रविन्दु बुद्धचोकबाट दक्षिणतर्फ त्रिभुवन राजपथमै एक किलोमिटर दूरीमा रहेको यो पुस्तकालय प्राकृतिक हरियाली, शान्त वातावरण र स्वच्छ पर्यावरणीय परिवेशमा बसेर साहित्यसम्बन्धी राष्ट्रिय पत्रपत्रिका अन्य Journal हरु र प्राकृतिक स्रोत व्यवस्थापन (Natural Resource Management सम्बन्धी सामग्रीहरु अध्ययनका लागि एक विशिष्ट पुस्तकालयको रुपमा रहेको छ । यस पुस्तकालयलाई राष्ट्रिय पुस्तकालयको रुपमा विस्तार गर्न सकिने तर्कहरु पनि छन् । पुस्तकालय पुस्तकालय जस्तो भएन भन्ने पनि छन् । किताब अध्ययन गर्ने, पठन संस्कृति हरायो भन्ने पनि छन् । यस सम्बन्धमा वन क्याम्पसकै पूर्व क्याम्पसप्रमुख कृष्णप्रसाद दाहालको भनाइ यस्तो छ ः “यस पुस्तकालयले अड्डासार गरेको मात्रै ४० वर्ष भएको हो । पुस्ताकालय सञ्चालनको ऐतिहासिकतालाई हेर्ने हो भने विगत ७५ वर्षभन्दा लामो समयदेखि यो पुस्तकालय कुनै न कुनै रुपमा अविचलित भई सञ्चालनमा रहेको छ । मित्र राष्ट्र भारतको आर्थिक सहयोगमा सन् १९८५ मा यो भवन बनेपछि यस भवनमा पुस्तकालय स्थानान्तरण गरिएको मात्रै हो । यसबाहेक पुस्तकालयको पहुँच आम पाठक माझ विस्तार गर्न यस पुस्तकालयलाई CITY लाइब्रेरीको रुपमा विकास गर्नुपर्छ । यसका लागि आम अध्ययनकर्ताको सहजताको लागि स्थानीय सरकारको रुपमा रहेको हेटौडा उपमहानगरपालिकासँग सहकार्य गरिनु जरुरी छ । प्रदेश सरकारको साझेदारीमा वागमती प्रदेश स्तरीय अभिलेखालय र पुस्तकालयको रुपमा विस्तार गरी प्रदेश स्तरीय पुस्तकालयको रुपमा स्तरोन्नति गर्न सकिने छ । बाह्य दातृ निकायको आस गर्नुभन्दा सबै तहका सरकारसँग सहकार्य गर्नु उचित हुनेछ ।’’ वन विज्ञान परिसरको पुस्तकालय पूर्णरुपमा सञ्चालन हुन नसकेको प्रसङ्ग बेलाबखत राष्ट्रिय टेलिभिजन एवं स्थानीय सञ्चारमाध्यममा आउने क्रम पनि जारी नै छ । सबै सुविधा भए पनि सुविधाको निरन्तरता नभएको पुस्तकालयका पाठक एवं क्याम्पसका विद्यार्थीहरुको रचनात्मक टिप्पणी रहेको छ । पुस्तकालयको अध्ययन हातामा भएका केही प्रतिनिधिमूलक विद्यार्थी कमलराज र देवी कार्कीको पुस्ताकालय सम्बन्धी धारणा यस्तो छ ः “यस पुस्तकालयमा गर्मी सिजनमा पङ्खा चलाउन विद्युत् आपूर्ति नियमित छैन, यलष्लिभ चलाउन पाइँदैन, कुनै अध्ययन सामग्री दुई चार पाना फोटोकपी गरौं भने फोटोकपी मेसिन राखिएको छैन । पढ्दै गर्दा दिउँसो १ बजे पुस्तकालय बन्द गर्ने सूचना आउँछ । खानेपानीको लागि विद्युतीय फिल्टर राखिएको छैन । पुस्तकालय कक्ष नजिकको शौचालयसमेत पूर्ण क्षमतामा प्रयोग भएको वा गरिएको छैन, जसले गर्दा शौचालय सरसफाइ अपेक्षित छैन । पुस्तकालय सञ्चालनको समयावधि वृद्धि गरिनु पनि पाठकको पक्षमा हुनेछ । यति मात्रै नभई पुराना पुस्तक छाट्ने र नयाँ संस्करणका पुस्तकहरु प्रत्येक वर्ष थप गर्दै जाने नीति लिइयो भने यो पुस्तकालयले थप सुन्दरता पाउने विश्वास व्यक्त गर्दछन् । पुस्तकालयलाई च्भबमष्लन ज्गद को रुपमा रुपान्तरण गर्न अन्य रचनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणासमेत उनीहरुको रहेको छ ।’’ पुस्तकालय सञ्चालनमा जनशक्ति अभाव रहेको छ । कार्यालय सहयोगी तहको १ (एक) जना कर्मचारीले पुस्तकालय कक्ष रुङ्नेभन्दा अन्य रचनात्मक कार्य गर्न सकिने अवस्था देखिदैन । पुस्तकालयलाई पुस्तकालयको रुपमा सञ्चालन गर्न तत्काल पुस्तकालय विषय नै अध्ययन गरेका जनशक्तिसहितको एक टीम (त्भबु) पुस्तकालयमा खट्नु पर्ने अवस्था देखिन्छ । ड्ड अध्यक्ष, मातृभूमि साहित्य समाज, मकवानपुर । २०८३ आश्विन ०१