मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · स्थायी स्तम्भहरू · पृ. १६६

पाठक–प्रतिक्रिया

चूडामणि पन्थी/लक्ष्मी पन्थी अर्याल

श्रीमान् सम्पादकज्यू , हाम्रो पुरुषार्थ किरण पुस्तकालय, तम्घास, गुल्मी । हाम्रो पुरुषार्थ त्रैमासिक ११० पढ्ने अवसर पाए । रंगीन कलरसहित ३५२ पेजमा छापिएको यो रेसुङ्गाक्षेत्र विशेषाङ्क अति महत्त्वपूर्ण लेख रचना र सचित्र प्रकाशित भएको रहेछ । रेसुङ्गको बारेमा जानकारी लिन, अनुसन्धान गर्न, कार्ययोजना तयार गर्न, भौगोलिक अध्ययन (एजथकष्अबि कतबमथ) गर्नको लागि निवैु उपयोगी देखिन्छ । त्यसैले यो अङ्क संग्रहणीय र पठनीय अवश्य छ । ‘‘यो अमृत खसेको ठाउँ’’ भनेर सम्पादकीयको सुरुमै लेखिएको छ । त्यसैले रेसुङ्गाक्षेत्र दैवीय शक्ति (Super natural power) भएको ठाउँ भन्न सकिन्छ । यो किनपनि भन्न सकिन्छ भने विगत द्वन्द्वको समयमा प्रायः जिल्ला सदरमुकामहरुमा ठुलो सानो जनधनको नोक्सान हँुदा यो गुल्मी जिल्ला सदरमुकाममा कुनै क्षति भएन । जब यदुकानन्दले रेसुङ्गा छोडेर गए । रेसुङ्गा संरक्षण समितिको गठन हुनुपूर्व सन्तहरु आउने जानेे गदर्थे नियमित बस्दैनथे । सन्तहरु नभएको अवस्थामा मेरा पिता हरिलाल पन्थीले यज्ञशालाको अखण्ड ज्योति कहिल्लै निभ्न दिनुभएन र हरेक श्रावण महिनाभर उहाँ शिवभक्त भई रेसुङ्गा यज्ञशालामा बाचुन्जेल शिवजीको आराधना गरिरहनु भयो । त्यसैले रेसुङ्गाक्षेत्रमा अलौकिक शक्ति छ ।

पौराणिक कालमा कोशीतटमा तपस्या गरेका विमाण्डक ऋषिपुत्र रेसुङ्गा कसरी आइपुगे भन्ने विषयमा लक्ष्मीकान्त पन्थीले आ नो लेखमा स्पष्ट पार्नुभएको छ भने रेसुङ्गा नाम ढुट मगर भाषाबाट पनि रेसुङ्गा रहेको पनि हुन सक्छ भनेर चक्र के.सी. ले आ नो लेखमा भिन्न कोणबाट लेख्नु भएको छ । किनभने यो क्षेत्रमा मगर बस्ती बाक्लो रहेको छ र यो अर्वाचीन कालकोे कुरा हुन सक्छ ।

. . . .अर्थात रेसुङ्गा भन्ने दीन पन्थीको लेख उत्कृष्ट छ भन्नुमा अत्युक्ति हुन्न । कृष्णबहादुर कुँवर, देवीराम भण्डारी, देवीप्रसाद रिजालका तीनवटै लेखहरु होटेल पौवाले जन्माएका लेखहरु हुन् । खिलध्वज पन्थी र शङ्करप्रसाद गौतमका लेखहरु तथ्याङ्कका आधारमा लेखिएका महत्त्वपूर्ण लेखहरु हुन् । लक्ष्मण रिजालको कविताबाट रेसुङ्गा छर्लङ्ग देखिन्छ भने रामप्रसादको भजन उत्कृष्ट छ । अन्यलेखकहरुका रचना सबै उत्कृष्ट र विषय सुहाउँदा छन् । स्थायी स्तम्भका सामग्रीहरुपनि निकै राम्रा भएको अनुभव गरेको छु । चूडामणि पन्थी रेसुङ्गा नगरपालिका–१, गुल्मी ।

श्री सम्पादकज्यू , हाम्रो पुरूषार्थ (त्रैमासिक)किरण पुस्तकालय गुल्मी

हाम्रो पुरूषार्थ वर्ष ५३ , अंक ३ , पूर्णांक ११० (वैशाख – असार २०८३) रेसुङ्गाक्षेत्र विशेषांक समयमै हात पर्‍यो । व्यस्त समयका बाबजुद पनि प्रतिक्रिया लेख्न मन लग्यो ।

गुल्मी जिल्लाको अमूल्य रत्नका रुपमा रहेको रेसुङ्गाक्षेत्रसम्बन्धी विविध लेख, आलेख ,निबन्ध ,कविता, यात्रा–संस्मरण, व्यक्तिवृत्तासमेत समेटिएको प्रस्तुत अंक पठनीय र संकलनयोग्य देखियो । यसभित्र सिद्धहस्त लेखक/अन्वेषकहरुका साथै सिकारुका प्रयास पनि रहेका छन् । कतिपय लेखहरुमा शीर्षक फरक भए पनि विषयवस्तुको पुनरावृत्ति भएको देखिन्छ । अधिकांश लेख–रचनाहरु गहकिला रहेका छन् । डा . लक्ष्मीकान्त पन्थीको लेखले रेसुङ्गाको न्वारनदेखिको वृतान्त दिएको छ ।

……अर्थात् रेसुङ्गा’ शीर्षकमा दीन पन्थीले भावनाको माध्यमबाट तथ्यहरु गम्भीर रुपमा खोतलेका छन् । चन्द्रपक ्र ाश उपाध्यायले रेसुङ्गा नगरपालिकाभित्रका सामान्यदेखि विशिष्टसम्मका प्रतिभाहरुलाई चिनाएका छन् । जयदेव गौतमको लेखले रेसुङ्गाको स्मरण मात्र गर्न भ्याएको छ । हाम्रो पुरूषार्थमा २०६२ कार्तिक अंकमा प्रकाशित लेखहरुलाई पुनः प्रकाशित गरेर विशेषांकहरुको विशेषता थपिएको छ । ब्रम्हचारी तदार्थानन्द (तारा गुरु)संगको साक्षत्कार र ताराप्रसाद पाण्डेसंगको अनुभव/अनुभूति उल्लेखनीय छ । गोपाल पन्थी र पुस्कर पन्थीको लेखमा रेसुङ्गा र गौशालाका गतिविधिहरु छन् । डा. सीता पन्थीका लेखमा रेसुङ्गाको मानवीकरण गरिएको छ । लक्ष्मण रिजालका लामा कविताभित्र साधकहरुको स्मरण छ । रामप्रसाद पन्थीको भजनमा दम छ । रेसुङ्गाको अपार महिमा छ ।

यसभित्रका स्थायी स्तम्भले आ नै महत्त्व बोकेका छन् । हरेक अंकमा नेपालका सार्वजनिक पुस्तकालयको जानकारी लिन पाइएको छ । नौलो सृष्टि ः सानो दृष्टिमा नयाँ प्रकाशित कृतिहरुको संक्षिप्त समीक्षा छ ।

किरण पुस्तकालय र हाम्रो पुरूषार्थको सन्दर्भमा प्रस्तुत समाचार ‘‘यताउताबाट’’ पढ्न पाइएको छ । अत्यन्त खुशी लाग्छ ।

एउटा मुखपत्र सम्पादनमा हासिल गरेका मेरा अनुभवले बताउँछ ः पत्रिका प्रकाशन त फलामका चिउरा चपाउनु जत्तिकै हो तर सम्पादक शशि पन्थी र उहाँको समूहले यसलाई सहज बनाएको देख्दा हृदयदेखि नै प्रशंसा गर्न मन लाग्छ । विशेषांक निकाल्दा शीर्षक भिन्न भिन्न भए पनि पेटबोलीका कुरा समान हुने हुँदा त्यतातिर पनि ध्यान दिन सके ‘सुनमा सुगन्ध ‘हुने थियो तर त्यो पनि त भन्न मात्र सजिलो छ । राष्ट्रिय स्तरको यस पत्रिकामा समावेश गरिने लेख रचनाहरुको औसत स्तर मिलाउन सम्पादक मण्डलले केही प्रयास गर्न आवश्यक देख्छु । हाम्रो पुरूषार्थ जिल्लाको गौरव हो । त्यसैले यो पत्रिकाले जिल्लाका अन्य विशेष स्थानको पनि स्मरण गरी विशेषांक निकाल्न सकोस् । निरन्तर प्रकाशनको शुभकामना । लक्ष्मी पन्थी अर्याल रेसुङ्गा नगरपालिका–९, गुल्मी ।