१. ‘‘अनुभूतिमा अमेरिका’’ पढेपछि
धेरै मान्छेहरुले यात्राको अवसर पाउँदैनन् । अवसर पाउनेहरु पनि धेरैले यात्रालाई मनोरञ्जन मात्र ठान्छन् र अनुभूतिहरुलाई मनमै थन्काइराख्छन् । केहीले मात्रै आ ना यात्राकालका अनुभूतिहरुलाई भाषामा टिप्ने जमर्को गर्छन् । टिप्नेहरुले पनि सबैले आ ना अनुभूतिलाई कलात्मक रुपमा प्रस्तुत गर्न सक्दैनन् । त्यसैले एउटा कलात्मक नियात्रा दुर्लभ हुन्छ । अझै कवितात्मक शैलीमा लेखिएको नियात्रा त सुनमा सुगन्धझैँ सुदुर्लभ हुन्छ । यस्तै एउटा सुदुर्लभ कृति पढ्ने दुर्लभ अवसर भर्खर मलाई मिलेको छ । त्यस्तो सुदुर्लभ कृति हो कवि हिरण्यलाल ज्ञवालीको “अनुभूतिमा अमेरिका“ नामक यात्रा काव्य ।
गुल्मीको थोर्गामा जन्मेका हिरण्यलाल ज्ञवाली चर्चित कवि र ख्यातिप्राप्त विद्वत् व्यक्तित्व हुन् । मेरा अनन्य मित्र ज्ञवाली काव्यकलामा सिद्धहस्त छन् । काव्य, कविता र समालोचनाको क्षेत्रमा चर्चित ज्ञवाली कविताको क्षेत्रमा विलक्षण प्रतिभा हुन् । उनका कविताहरुमा सरलता, सरसता, सौन्दर्य एवं कलात्मकता भरिएका छन् । सरल शैलीमा सुन्दर भावहरु भर्नु, उत्कृष्ट विचारहरु प्रकट गर्नु र कलात्मक रुप दिनु ज्ञवालीका आ नै विशेषताहरु हुन् । उनको यो काव्य “बिसौनी“ कविता–संग्रह (२०५४) को लामो अन्तरालपश्चात् झुल्किएको छ । “देर से आए दुरुस्त्त आए“ भनेझैँ उत्कृष्ट कृति भएर आएको छ ।
“अनुभूतिमा अमेरिका“लाई यात्राकाव्य नाम दिइएको छ । यात्राका अनुभूतिहरु छन्दोबद्ध कवितामा पढ्न पाउनु दुर्लभ संयोग हो । यस्तो संयोग जुराइदिने काव्यका स्रष्टाको प्रतिभालाई हृदयदेखि सराहना गर्दछु । यस यात्राकाव्यमा विविध शीर्षकका सोह्रवटा अध्यायहरु छन् जसलाई सर्ग भन्न सकिन्छ । सर्गका हिसाबले यसलाई महाकाव्यको श्रेणीमा राख्न सकिए पनि श्लोकसंख्याले खण्डकाव्यकै श्रेणीमा राख्नुपर्ने हुन्छ । यस काव्यमा अनुष्टुप् छन्दका ९३८ श्लोकहरु रहेका छन् । काव्यका सबै श्लोकहरु सरल छन्, रसमय छन्, विचारपूर्ण छन्, अनुभूतिको तीव्रताले परिपूर्ण छन् र सबै मनमुग्धकारी छन् । काव्यले भावनाको गहिराइ र विचारको उचाइ दुबैलाई छुन सकेको छ । काव्यमा देशभक्तिको भावना प्रबल छ । काव्यको पृष्ठभूमिमै यस्ता पंक्तिहरु छन् । –सम्झना घरको गर्छ यात्री टाढा गयो भने सम्झेर जननीलाई सन्तति छन् सधैं रुने बोकेर काँधमा झोला विदेशतिर धाउँदा थाहा पाउँछ त्यो आ नो माटो अन्त नपाउँदा । यस यात्रा काव्यमा कविले अमेरिका यात्रा र त्यहाँको बसाइ–घुमाइका अनुभूतिहरु कविता बनी बगेका छन् । हुन त नेपालीको संस्कृति नै लाहुरे संस्कृति हो । प्रवासमा कमाउन जाने प्रवृत्ति झन् बढेर उतै रमाउन जाने भएको छ । नयाँ पिढी विदेशिने प्रवृत्ति यस युगको प्रवृत्ति बनेको छ । यस प्रवृत्तिमाथि यस काव्यमा कविले आ ना भावना पोखेका छन् । काव्यमा कतै गहिरो दार्शनिकता देखिन्छ –बाह्य संसारमा जे छन् हुन् सबै वस्तु नाशवान् भित्री संसारका वस्तु अविनाशी र सत्य छन् । भुइंर्मा नपरोस् झर्न सधैँ बाँचिरहूँ भनी फेर्दा हुन् पातले रंग झर्नुपर्दछ तै पनि । । काव्यको प्रारम्भतिर प्रतिकूल मौसमका समस्या, न्युयोर्क महानगरका व्यस्तता, त्यहाँका भौतिक उन्नति आदिका वर्णन छन् । त्यहाँ काम र दाम भएपनि राम र आराम नभएको कविलाई लाग्छ –छैन राम र आराम काम दाम भए पनि प्रस्तुत काव्यमा वर्तमान युगका वास्तविकताहरु चित्रित छन् । मान्छेहरु अमेरिका पुगेर पनि खुसी छैनन् । प्रशस्त पैसा कमाएर पनि मान्छे दुःखी छन् । सम्पन्नताका बीच पनि त्यहाँ मान्छे रोहिरहेका छन् भित्रभित्रै –पढालेखा र पैसाले छन् सम्पन्न अवश्य नै उदास चेहराबाट प्रष्ट झल्कन्छ दुःख नै पैसाले किन्न मिल्दैन सुख शान्ति कतै पनि धनीमानीहरु रुन्छन् दुःखी पीडित झैँ बनी । अमेरिकामा मान्छेका नाता सम्बन्धहरु क्षणिक भएको त्यसमा प्रेम सम्बन्धभन्दा स्वार्थ बढी भएको, ससाना कुरामा पतिपत्नी बिछोड हुने गरेको जस्ता यथार्थ पक्षहरु काव्यले उद्घाटन गरेको छ । “अनुभूतिमा अमेरिका“ काव्यमा अमेरिका पुगेपछि कविको मनमा राष्ट्रप्रेम झन् बढेको कुरा बताइएको छ । विकसित राष्ट्रमा पुगे पनि कविमा आ नै राष्ट्रको चिन्ता प्रबल देखिन्छ । त्यसैले यस काव्यको चिन्तनको केन्द्र देशप्रेम नै रहेको देखिन्छ । प्रस्तुत काव्यको शिल्प पक्ष निकै प्रबल छ । वार्णिक छन्दमा बगेको यस काव्यमा दार्शनिक गहिराइ र काव्यचातुर्यको प्रयोग प्रशस्त देख्न सकिन्छ । सर्वत्र अन्त्यानुप्रासको पालना गरिएको छ र कतै वृत्यानुप्रासको मिठो प्रयोग पनि देखिन्छ । समग्रमा यो कृति उत्कृष्ट छ, पठनिय छ । काव्यमा प्रतिभा, व्युत्पत्ति र अभ्यास तिनैको संयोग हुन पाएकोले काव्य परिपूर्ण छ, सम्पूर्ण छ । कविले केही चिन्ता, केही व्यङ्ग्य र केही आक्रोश पोख्दै रचना गरेका यी पंक्तिहरु नै यस काव्यका सार हुन् भन्ने मलाई लाग्छ–जनशक्ति यहाँबाट पलायन भयो सब हराउँदै गएको छ हाम्रो सम्पूर्ण वैभव वृद्धाश्रम भयो देश युवा वर्ग नपाउँदा नेपाल जननी रुन्छिन् चिन्ताग्रस्त भई सदा राष्ट्र राष्ट्रियता भन्दै छाँटी आदर्श हिँड्छ जो देशभक्ति फलाकेर राष्ट्रका निम्ति भिड्छ जो उसैका सब सन्तान गएका छन् विदेशमा कसैको मन देखिन्न किन आज स्वदेशमा आ नै सन्तति नै छैनन् भने आज स्वदेशमा राष्ट्र राष्ट्रियता भन्दै किन हिँड्नु र व्यर्थमा विदेश सजिएको छ मुटुभित्र निरन्तर दौरा सुर्वाल लाएर के देशभक्ति हुन्छ र ? अन्तमा यस सर्वाङ्गसुन्दर र मार्मिक काव्यका स्रष्टा हिरण्यलाल ज्ञवालीलाई धन्यवाद दिन्छु र उनको सुस्वास्थ्य, दीर्घायु र सुयशको कामना गर्दछु । –दीन पन्थी
२. अन्तर्ध्वनि
उत्तमकृष्ण मजगैयाँ नेपाली साहित्यको इतिहासमा कविता, निबन्ध, कथा, संस्मरण र समालोचनासमेत प्रकाशित गरेका व्यक्ति हुन् । उनको झुकाव हाँस्यव्यङ्ग्यतर्फ बढी देखिन्छ । जय अवसरवाद शीर्षकको हाँस्यव्यङ्ग्य कविता–संग्रह २०५४ बाट प्रकाशित गरेको मजगैयाँको यो १३औं कृति हो । मनले भित्रभित्रै सञ्चार गरेको आवाजलाई प्रस्तुत कृतिभित्र विविध शीर्षकमा छन्दोबद्ध रुपमा प्रस्तुत गरेका छन् ।
कलाकृति शीर्षकमा द्रुतविलम्बित छन्दका छ श्लोकबाट प्रस्तुत कविता संग्रहको आरम्भ गरिएको छ । कवि कलालाई यसरी चिनाउँछन् ः–
खुद खुलेसरी कोकिलको गला हृदयमै परिपोषित यो कला खोलिदिए नवचिन्तनको लय तव कला पनि लाग्दछ चिन्मय (कलाकृति ः पृ.२१)
कवि राष्ट्र राष्ट्रियताको भावना तथा प्राकृतिक सौन्दर्यको मुक्त कण्ठले प्रशंसा गर्दछन् । यी भावहरु माटोको पुकार प्रकृतिसित कवि कामनाजस्ता कवितामा व्यक्त गरिएको छ भने हाम्रो देश स्वर्गतुल्य त हो नै तर कवि व्यङ्ग्यात्मक रुपमा यसरी व्यक्त गर्दछन् ः–
पाएमा भागबण्डा गलत पनि सही बन्छ धन्धा सबैको मानौँ आदर्शजस्तै सबतिर महिमा चुप्प तैँ चुप मंै को जो छन् दोषी उनैको जय जय गरिने चाल उस्तै छँदै छ लोभी पापीहरुको तिकडम चुलिने देश हो स्वर्ग झैँ छ । (देश यो स्वर्ग झैँ छ ः पृ.२९)
आफूभित्र रहेको सिर्जनात्मक कलाका कारण प्राकृतिक सौन्दर्यको चित्रण गर्दै जीवन्त बन्ने कला आफूभित्र रहेको धारणा व्यक्त गर्दै कविले “जीवन्त बन्ने छ कला म भित्र“ शीर्षकमा आ ना विचारहरु प्रस्तुत गरेका छन् । त्यस्तै विसङ्गत वर्तमानमा कविले वर्तमान समयका विसंगति यथार्थ भावहरु यसरी प्रस्तुत गर्दछन् ः
घरको सुखका लागि ऋण काढी कता कता विदेशी भूमिमा खट्दै श्रम गर्दछन् गर्दछन् देवता तर उन्मुक्ति भई देवी यता धन उडाउँछिन् अरुकै साथमा रम्दै आ नो घर डुबाउँछिन् । (विसङ्गत वर्तमान ः पृ . ७२)
तृष्णा न जीर्णा वयमेव जीर्णा
कालो नयातो वयमेव याता ः को भावना जिजीविषामा व्यक्त गरिएको छ । “नत्र म मासिने छु“ शीर्षकमा कविले आफूलाई खराब बाटोमा लाग्नबाट रोक्न प्रियेलाई आग्रह गरेका छन् । गृहस्थी जीवनमा अर्धाङ्गिनीका कार्य व्यापार र गृहस्थी सञ्चालनका विविध प्रसङ्ग “मेरी उनी“मा प्रस्तुत गरिएको छ । समाजमा विद्यमान विकृति विसंगतिप्रति कविको कलम कसरी विद्रोही बनेर निस्कन्छ भन्ने सन्दर्भ “विद्रोही कवि“मा प्रस्तुत गरिएको छ । छद्म भेषी र बहुरुपी चरित्रहरुप्रति कविले बहुरुपी शीर्षकमा व्यक्त गरेका छन् ।
कविको अन्तध्वनिले विदेश पलायन पुस्ताप्रति यस्तो जिज्ञासा प्रस्तुत गर्न पुगेको छ ः–
आ नै गाउँ र ठाउँमा श्रम गरी खाइ अगाइन्न र ? थोरै आर्जनमा रमाउन सके सम्मान पाइन्न र ? हाम्रो यही झुपडी छ स्वर्गसरी नै चाहिन्न ठूलो घर तिम्रै साथ रहेर मात्र मनको हट्ने छ चिन्ता डर । (छोडी नजाऊ पर ४२)
यसरी विविध शीर्षकमा ५२ वटा कवितामा कविले आफूमा सहज रुपमा व्यक्त भएका संवेगहरुलाई छन्दोबद्ध रुपमा प्रस्तुत प्रस्तुत गरेका छन् । कला, सिर्जना, प्रकृतिप्रेम, समसामयिक सन्दर्भ, नेपालभित्र जरो गाडेर रहेका नातावाद, कृपावाद, व्यथिति तथा विसंगतिहरुलाई कविले अत्यन्त सरल र सहज ढंगबाट प्रस्तुत गरेका छन् । कवि कतै भावनाको अतल गहिराइमा डुबेका छन् भने कतै सामान्य चिन्तन प्रस्तुत गरेका छन् । प्रस्तुत कृति जस्तै अन्य कृति पनि प्रकाशित हुँदै जाऊन् कविको सिर्जनामा थप निखार आओस् ! शुभकामना ।
३.) काली गण्डकी सभ्यता
गुल्मीको काली गण्डकी गाउँपालिकामा उपल्लो कोरेङमा जन्मेका टीकाराम ढकालले शालिग्राम कुद्ने विश्वविख्यात काली गण्डकी नदी र यसको प्राकृतिक तथा धार्मिक परिवेशमा आधारित भई प्रस्तुत निबन्ध–संग्रह प्रकाशित गरेका छन् । काली गण्डकीको शिरोभाग पुलह क्षेत्रभित्र लुकेका महत्त्वपूर्ण विषयहरुबाट सुरु गरिएको प्रस्तुत निबन्ध–संग्रहमा जैमिनी क्षेत्र, सत्यवती क्षेत्र, रुरु क्षेत्र, कालीगण्डकी करिडोर, रुरुक्षेत्र, पाणिनि तपोभूमि, रेसुङ्गाक्षेत्र, रानीघाटजस्ता महत्त्वपूर्ण स्थलहरुको भौगोलिक, प्राकृतिक, धार्मिक र पौराणिक महत्त्वलाई यस संग्रहभित्रका निबन्धहरुमा उजागर गरिएको छ ।
यस सङ्ग्रहभित्रका निबन्धहरुको उठानमा पुलह क्षेत्रभित्र अनेकौँ ऋषिमुनिहरुले तपस्या गरी सिद्धि प्राप्त गरेको प्रसङ्ग उल्लेख गर्दै यसको आसपासका कालिका मन्दिर र गलेश्वरधामको ऐतिहासिक महत्त्व पनि प्रस्तुत गरिएको छ । यस क्षेत्रको पौराणिक महत्त्वलाई पनि लेखकले निकै परिश्रमपूर्वक तयार गर्नुभएको छ । पुलह र पुलस्यस्त्यको आश्रम, जन्म, कर्मथलोसमेत रहेको यो क्षेत्र नेपाल र भारत क्षेत्रका अधिकांश ऋषि, महर्षिहरुको साधना सिद्धस्थल रहेको कुरा जनाउँदै पुलह क्षेत्रको ऐतिहासिक धार्मिक र पौराणिक महत्त्व प्रस्तुत गरिएको छ । यसभित्र अगस्ती ऋषि र विश्वकर्माको दोहोरो श्राप, गलेश्वर धामको अवस्थिति यस क्षेत्रसँग जोडिएको मुक्तिक्षेत्र आदिका बारेमा चर्चा छ ।
दोस्रो शीर्षक “जैमिनी क्षेत्र र यसको महत्त्व“ हो । यस क्षेत्रको भौगोलिक अवस्थाका साथै धार्मिक र पौराणिक महत्त्व पनि उल्लेख गरिएको छ । यस क्षेत्रभित्र पर्ने विश्रवाक्षेत्र, देवदहक्षेत्र र तिनीहरुका महत्त्वपूर्ण सन्दर्भ पनि प्रस्तुत छन् । यसका साथै पार्वती नर्तकीचौर प्यारीवाङ्ग, हाँडीकोट, माइकास्थान, कुशेखर्क, मधुबेनी गाइथुने गुफा, पूर्णग्रामजस्ता क्षेत्रहरुको परिचय र विश्लेषण गरिएको छ ।
तेस्रो शीर्षक “सतीदेवीको आत्मदाह र सत्यवती क्षेत्रको महिमा“ रहेको छ यसभित्र दक्ष प्रजापतिक्षेत्र र महायज्ञ, गुमाउने फूलबारीको महत्त्वजस्ता क्षेत्रहरुको महत्त्व र महिमा विभिन्न जनश्रुतिहरुलाई आधार बनाएर चर्चा गरिएको छ ।
चौथो शीर्षक “रुरुक्षेत्रको महत्त्व र ओझेलमा परेका विषय“ रहेको छ । यसभित्र रुद्रवेणीको राम मन्दिरक्षेत्र र यस क्षेत्रभित्र पर्ने शृङ्गेश्वर पर्वत र यसको महत्त्व पनि प्रस्तुत गरिएको छ ।
पाँचौं शीर्षक पाण्डवहरुको तीर्थयात्रा र स्वर्गारोहणक्षेत्रको प्रसङ्ग छ । यसभित्र अर्घाखाँची जिल्लामा अवस्थित उलुक छत्र मन्दिर राजा बर्बरिक र कृष्णको भेटका प्रसङ्गहरुको चर्चा गरिएको छ ।
छैठौँ शीर्षकमा “काली गण्डकी करिडोर र ऐतिहासिक महत्त्व“ छ । यसमा तानसेनदेखि तम्घास, रुद्रवेणी, पूर्तिघाट, मजुवा, बाग्लुङ जस्ता क्षेत्रमा जोडिने ७५ किलोमिटर मोटर बाटो निर्माणमा गरिएका प्रयास र संघर्षका कथाहरुको चर्चा गरिएको छ । तानसेन–रिडी–तम्घास मोटर बाटो र रिडी हुँदै बाग्लुङसम्म जोड्ने बाटोका साथै गैंडाकोटदेखि कोरलासम्मको बाटोको निर्माण र स्तरोन्नतिसम्मका प्रसङ्गहरु छन् । यस सन्दर्भमा सक्रिय सहयोगी र शुभेच्छुकहरुको ( गुल्मी, पर्वत, बाग्लुङका) व्यक्तित्वहरुलाई समेत स्मरण गरिएको छ ।
सातौँ शीर्षकमा ऐतिहासिक पर्यटकीय एवं धार्मिक स्थल रेसुङ्गाको चर्चा छ । यस शीर्षकमा यस स्थलका सन्दर्भमा विद्यमान व्यापक विषय सन्दर्भ प्रस्तुत गरिएको छैन । यस क्षेत्रको पौराणिक र ऐतिहासिक महत्त्व अपूर्ण छ । स्वामी शशिधर र उनीसँग जोडिएका प्रसङ्ग मात्र छन् । आठौँ शीर्षकमा पाणिनि तपोभूमि र रुरुक्षेत्र शीर्षक राखिएको छ । प्रस्तुत शीर्षकमा पतञ्जलिको जन्म र उनको योगदानको संकेत गरिएको छ । मूल शीर्षकको गहिराइमा (पाणिनि तपोभूमि र रुरु क्षेत्रको) लेखक पुग्न सकेका छैनन् । अध्येताहरुलाई मार्ग प्रशस्त गरिएको छ ।
नवौँ शीर्षक “रानीमहल तथा रानीघाटको महत्त्व“ हो । यस शीर्षकमा उज्जैनका राजा भोजका छोरा तथा विक्रमादित्यका भाइ गोपीचन्द्र र गुरु गोरखानाथको प्रसङ्ग चर्चा गरिएको छ । यसभित्र रामदी धाम देवघाटको समेत संक्षिप्त प्रसङ्ग छ ।
यस कृतिको अन्तिममा दामोदर कुण्डदेखि रानीमहलसम्मका केही धार्मिक स्थलका रङ्गीन दृश्यहरु राखिएका छन् । स्रष्टाले आ ना भिन्न शीर्षकहरुमा काली गण्डकी क्षेत्रबाट सुरु भएको सभ्यताका सन्दर्भ यथाशक्य यथातथ्य प्रस्तुत गर्ने प्रयास गरेका छन् । प्रस्तुत कृति हरेक पाठक र अनुसन्धानकर्ताका लागि संग्रहणीय छ । जिज्ञासुहरुका लागि अनुसन्धानको मार्ग खुला गरिएको छ ।
४.) सन्त प्रेमी
किरण पुस्ताकालयको २१ औँ पुष्पका रुपमा “सन्त प्रेमी“ उपन्यास फक्रेको छ । नेपाली साहित्यको इतिहासमा कथाकार उपन्यासकार कवि तथा समीक्षकका रुपमा स्थापित डा. हरिराज भट्टराईको यो आठौं औपन्यासिक कृति हो । भिन्न २१ वटा शीर्षक अनुसारका कथाप्रसङ्गलाई अगाडि बढाएर रचना गरिएको यस उपन्यासमा अध्यात्म, इतिहास, राजनीति र समाजसुधारलाई समन्वय गरिएको छ ।
यस उपन्यासमा सन्त र शास्त्रीय चरित्रको माध्यमबाट समाजमा ओरालो लाग्दै गरेको सत्य, निष्ठा र पूर्वीय दर्शनको महत्त्वलाई उजागर गरिएको छ । शास्त्र र मर्यादाको संरक्षण गर्दै राष्ट्रको कल्याणका लागि जागृत रहने सन्देश पनि यहाँ प्रस्तुत गरिएको छ ।
उपन्यासमा दुई भिन्न प्रकृतिका चरित्र उभ्याइएको छ ः ऊर्ध्वरेता अर्थात् साधना ध्यान र दृढ सङ्कल्पद्वारा सत्यनिष्ठा र उच्चतम चेतनाको प्रतीकका रुपमा उपस्थित गराइएको छ भने नायिकाको रुपमा माया प्रकृतिलाई ऊर्ध्वरेताको विपरीत चरित्रका रुपमा उपस्थित गराइएको छ । दुई विपरीत ध्रुवका चरित्रः कठोर आध्यात्मिक संयम र सांसारिक तथा प्राकृतिक आकर्षणको अन्तर्द्वन्द्व देखाएर मानव जीवनको वास्तविक लक्ष्य प्रस्तुत गर्न खोजेका छन् ।
यस उपन्यासको पृष्ठभूमि निकै व्यापक दार्शनिक र सामूहिक धरातलमा तयार गरिएको छ यस उपन्यासको परिवेश कुनै काल्पनिक नभई नेपाली समाजको यथार्थ संक्रमणकालीन राजनीति विकृति र पूर्वीय दर्शनप्रति अनास्थाको अवस्था प्रस्तुत गर्न खोजिएको छ नेपाली समाजमा देखिएका सत्ता दाउपेच, राजनीतिक् अस्थिरता र लोलुपता, शासक र शक्तिशाली वर्गले व्यक्तिगत स्वार्थका लागि मन्त्र–तन्त्र र दाउपेचको सहारा लिने गरेको, नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएको र भौतिकवादी चिन्तन र पश्चिमी संस्कृतिको अन्धानुकरणले आ नो मौलिक पहिचान गुमाउँदै गएको विडम्बनापूर्ण परिस्थितिलाई पनि यस उपन्यासको पृष्ठभूमिमा प्रस्तुत गरिएको छ ।
उपन्यास सामान्य पाठकको पहुँचभन्दा बाहिर छ । यसभित्र प्रबल दार्शनिक र बौद्धिक चिन्तन प्रस्तुत गरिएको छ नीतिहरुमा सर्वश्रेष्ठ राजनीति आज कसरी अपराधीहरुको अखडा बन्यो भन्ने बलियो प्रश्न यहाँ उठाइएको छ । भाषिक प्रयोग केही भिन्न र क्लिष्ट छ । स्रष्टा भट्टराईको प्रस्तुत उपन्यासमा साधना भनेको संसार छोडेर भाग्नु होइन बरु संसारमै आ नो चेतनालाई उर्ध्वगामी बनाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । दार्शनिक र बौद्धिक दृष्टिबाट किरण पुस्ताकालयको यो प्रकाशन निकै वजनदार छ । –अकिञ्चन