शान्त सौम्य रुपमा बगिरहेछ यो महासागर
आ ना दुई किनाराबीच अविरल बगिरहेछ
यसभित्र पनि कति छालहरु आवतजावत गर्दा हुन ्
कति लहर चल्दा हुन् , ज्वार भाटाको प्रहार हुँदो हो
भित्रभित्रै जलभुमरी पर्दो हो !
कहिलेकहीँं अप्रत्याशित रुपमै उद्दण्ड सुनामी पनि आउँदो हो !
वारिको किनारबाट पारिको किनार सहसा देख्न सकिन्न
विशाल महासागरका दुई किनारहरु – किनाराका फड्के साक्षी हुन्
फगत निरीह साक्षी मात्र
तर पनि अविरल रुपमा आ ना दुवै किनाराबीच
युगौँदेखि बगिरहेछ यो महासागर !
यसैगरी बगिरहंदा हुन् अरु महासागरहरु पनि
आन्ध्र महासागर, हिन्द महासागर, प्यासिफिक महासागर !
र बाँकी सबै महासागरहरु !
कति विशाल छ यो आफैंमा – अथाह गहिराइ छ यस्को
बाह्य रुपमा बिल्कूलै अशान्त नदेखिए पनि
यसले पनि त नाना चक्रव्यूहहरु झेलेको छ आफैमा
आखिर यो .महासागर र यो मनमा के–के समानता वा भिन्नता होला ?
मानव–मनको विशालता र गहिराइ पनि त
झनै कति दूर क्षितिजपारि अनन्तसम्म विचरण गर्छ !
कस्ले पो मापन वा अवलोकन या जोख –तौल नै गर्न सक्यो र !
यो मनको महासागरमा विराजमान –
अपरिमित कल्पना र सिर्जनाका अजश्र श्रोतहरुलाई !
महासागरले पनि त मनले जस्तै र मनले पनि महासागरले जस्तै
मनले पनि त आ ना यावत् कथा व्यथाहरु
सुख–दुख, हर्ष– विस्मात् र उत्पीडन क्रन्दन
एवं तमाम संवेदनाहरु !
आफैंभित्र लुकाइरहन्छ आ ना सारा रहरहरु,
उकुसमुकुस र कहरहरु ! अधुरा सपनाहरु ! !
कटु यथार्थ निफन्ने ती दर्दनाक भोगाइहरु !
कैय्यौं विषम परिस्थितिमा पनि बाहिरिन वा पोखिन दिंदैन ।
आफैमा बोकेर एकनास बगिरहन्छ।
बिद्रोह प्रेरित आगो पनि विवशताको जल आचमन गरेर !
चिस्याउंदै निभाउंदै खुम्चिंदै फैलिंदै – –
सहनशीलता धैर्य क्षमा करुणा र ममताको आँचल पहिरी
त्यागको एक अनुपम नमुना बनेर ।
म यो महासागरको जल आ ना अन्जुलीमा उठाएर
हृदयभरिका पीडा र जलन पखाल्न सकूँ !
जीवनको एक कहालीलाग्दो पाटोको पटाक्षेप गर्न सकु ँ !
आग्रह पूर्वाग्रह तृष्णा वा घृणाले पारेका घाउहरु पुर्न सकूँ !
के यो संभव छ ?
यदि मानव–मन र महासागरबीच खासै धेरै फरक छैन भने
समग्र आसक्ति दुराग्रह एवं प्रतिशोधबाट मुक्त भई सोंच्दा
शायद यो संभव छ ।
मेरो यही जिकिर र उत्सुकताप्रति त्यो महासागरले पनि
आ नो मौन समर्थन जनायो ।
–काठमाडौं
हाम्रो पुरुषार्थ अंक १११ · गीत/कविता/गजल/मुक्तक · पृ. १२१
महासागरको तटमा उभिएर
हरि पथिक