मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त · पृ. ११२

लोकसेवा आयोगको जन्म—एक संस्मरण

डा. लक्ष्मीकान्त पन्थी

हीरक जन्मोत्सवका सन्दर्भमा

मेरो जन्म सन् १९५१ को जून १ तारिखमा –तदनुसार वि.सं. २००८ जेठ १८मा) भएको हुँदा मैले ‘लोकसेवा आयोग’लाई अनुज भन्नु उचितै होला । किनभने नेपालमा लोकसेवा आयोगको जन्म उही वर्षको जून १५ तारिखमा –तदअनुसार २००८ सालको असार १ गते) भएको थियो ।

म लगभग १० वर्षको हुँदा नै नेपालमा लोकसेवा आयोगको जन्म कसरी हुनआयो ? भन्ने कुरा पृष्ठभूमिसहित आ नै पिता –पितृव्यहरुबाट सुनेको थिएँ । त्यसबेला मैले सुनेअनुसारको विवरण यस्तो थियो — तत्कालीन इष्ट इन्डिया भनिएको हाम्रै छिमेकी देशको राजधानी दिल्लीमा आजभन्दा लगभग २०० वर्ष जति पहिले यसप्रकार घटना भएको थियो — त्यहाँको शहरिया जीवनमा रहेबसेका सम्पन्न व्यक्तिहरुका घरमा जूठाभाँडा माझेर आ नो जीवन पालन गर्दै एक गरीब परिवारकी एकल महिला पनि बस्थिन् । उनको एउटा सानो छोरा पनि थियो । त्यसलाई पनि उनले लालनपालन गर्दै रहिन् । ठूलाबडा जागिरे व्यक्तिहरुका घरमा जूठाभाँडा माझ्दै कुचो बढार्दै जीवन चलाएकी ती महिलाको मनमा मेरो सानो छोराले पनि पढोस् र सुखी जीवन चलाउन सकोस् भन्ने भावना मनमा जागेकोले ५ वर्षको सानो छोरालाई साथमा लिएर उनी एक सानो आफू बस्ने गरेको टोलको एक मास्टरलाई चिनेकी हुनाले त्यही मास्टरले पढाउँदै रहेको बोर्डिङ स्कूलमा पुगेर –म जस्तो गरीबको छोरोलाई कृपा गरेर पढाइदिनुहोस् भनी अनुरोध गरिछन् । ती मास्टरले पनि त्यो बालकलाई देखाउँदै गरीबी जीवन चलाएकी महिलाको एकमात्र छोरो भनेर सिफारिस गरेछन् । त्यो सबै कुरा सुनेपछि बोर्डिङ स्कूलका प्रिन्सिपलले पनि एक गरीब बालकले पनि यो स्कूलमा पढ्न पाउनुपर्छ भन्ने दयामय भावनाले त्यहाँ पढाउन मञ्जुर गरेछन् । अनि त्यहाँ शिशुकक्षामा भर्ना गरेर त्यसलाई पढाउन शुरु गरेछन् ।

क्रमशः ३/४ वर्षसम्म पढ्दै गरेको त्यो शिशु अत्यन्तै प्रतिभाशाली देखा पर्‍यो । कक्षामा पनि सर्वप्रथम हुँदै राम्रोसँग उत्तीर्ण भयो । अनि पढाइ हुनसक्ने कक्षा ८ सम्मको पढाइ गरिसकेछ । अब त्यसपछि पढ्नुपर्ने माध्यमिक विद्यालयमा यो बालकले पढ्न पाओस्, त्यसका लागि सिफारिस गरिदिनुहोस् भनी त्यो बालककी आमाको अनुरोधलाई स्वीकार गरी माध्यमिक विद्यालयका प्रिन्सिपललाई बोर्डिङ स्कूलका हेडमास्टर आफैँ पुगेर सिफारिस गरेछन् । अनि त्यो बालकलाई माध्यमिक विद्यालयमा भर्ना गरेर पढाउनका लागि त्यहाँका प्रिन्सिपल पनि राजी भएछन् । यसरी माध्यमिक विद्यालयमा प्रवेश पाएको त्यो बालकले त्यहाँका कक्षाहरुमा सर्वप्रथम भएर उत्तीर्ण हुन सफल भएछन् । उनले लगनशील भएर पढेको र त्यसको राम्रो परिणाम ल्याउन सफल भएको देखेर पुरस्कृत पनि भएछन् ।

अब उनलाई त्योभन्दा माथिल्लो इन्टरमिडियट कक्षा पढाइ हुने महाविद्यालयमा पढ्नका लागि पनि पहिलेकै समस्या भयो । यसबेला पनि उनकी आमाले छोरोलाई साथमा लिएर माध्यमिक विद्यालयको प्रिन्सिपललाई हात जोडेर कलेजको प्रिन्सिपलसम्म पुगेर आफैँ सिफारिस गरिदिनुहुन विनम्रतापूर्वक अनुरोध गरिछन् । उनको आर्थिक दुरवस्थालाई पनि बुझेका प्रिन्सिपलले ती दुवै बालक र उनकी आमालाई पनि इन्टरमिडियट कलेजसम्म सँगै लिएर गएछन् र त्यहाँ उसको वस्तुस्थिति बताउँदै पढाइदिन सिफारिस गरेछन् । सबै कुरा बुझेपछि त्यहाँका प्रिन्सिपलले त्यो बालकलाई इन्टरमिडियट कलेजमा भर्ना गर्न र पढाइदिन मञ्जुर गरेछन् । त्यो बालक विद्यार्थीले ज्यादै खुशीले त्यहाँ पढेर हरेक कक्षामा पहिले जस्तै उत्तीर्ण गरेछ ।

यही उपाय गरी प्रिन्सिपलबाट सिफारिस गरिएको पत्र लिएर आफूले उत्तीर्ण गरेका सबै कक्षामा सर्वप्रथम भएका लब्धाङ्क तथा प्रमाणपत्र देखाएर त्यो विद्याथी डिग्री कलेजमा पनि भर्ना भयो र त्यहाँ पनि मिहिनेत गरेर पढी सर्वप्रथम भएर उत्तीर्ण हुन सफल भयो । यसरी बि.ए. कक्षासम्म पूरा गरेपछि त्यो विद्यार्थीकी आमाले अब मेरो छोराले पनि जागिर खाओस् भन्ने आशय व्यक्त गरिछन् । उसले पनि अब कतै जागिर खानुपर्छ भन्ने विचारले दरखास्त दिने विचार गरेछ ।

यस्तो विचार गरी उसले धेरै ठाउँमा जागिर पाउँु भन्ने ब्यहोरा लेख्दै दरखास्त बुझाउँदै गरेछ । ती सबै दरखास्त दिएका अफिस र आ नो दरखास्त दर्ता गरेको मितिसहित दर्ता नं. पनि सानो डायरीमा टिपेर राख्ने गरेछ । परन्तु ऊ कतै पनि जागिर पाउने लिस्टमा नाम निकाल्न सफल भएन । किनभने त्यहाँ उसका लागि भनसुन गरिदिने कोही थिएन । उसले जागिर पाएन ।

यस्तो अवस्था आइपरेको र जागिर खान असफल भएकोले उदास बनेको त्यो विद्यार्थी अब आ नै बुद्धिअनुसार स्कूल पढ्दाको प्रिन्सिपलसँग सल्लाह लिन पुगेछ । उसले आ ना दरखास्तहरु दर्ता गरेको डायरी पनि देखाएछ । त्यो डायरी हेर्दा प्रिन्सिपलले १५० भन्दा बढी दरखास्त दिएको र कतै पनि नाम ननिस्केको थाहा पाएछन् । अनि प्रिन्सिपलले पनि त्यो विद्यार्थीतिर फर्केर भनेछन् कि – ‘बाबू ! तिमी सुल्टो बाटो मात्रै हिँड्यौ, अब कसरी जागिर पाउनू !’ यति मात्रै भनेर उनी चूप लागेछन् ।

त्यसपछि उसले आ नो विचार यसप्रकारले परिवर्तन गरेछ कि – अब साँच्चै म उल्टै बाटो हिँड्नुपर्छ भन्ने निश्चय गरेछ । अनि ऊ एकदिन दिउँसै १२ बजेको समयमा राजधानीमा घर भएको कुनै प्रतिष्ठित उच्च पदाधिकारीको घरमा बार्दलीतिरबाट भित्र पसेर कुनै देखिने ठोस सामान जस्तै –गाग्री, अथवा कुनै ओजनदार वस्तु उचालेर बाहिर निस्कन लाग्दा नजिकबाट देख्ने छिमेकीहरुले ‘चोर चोर’ भन्दै हल्ला चलाएपछि उसलाई पुलिसले पक्रिएछ । अनि पुलिसले किन यस्तो काम गर्‍यौ ? भनेर सोध्दा ‘यो काम मैले जानेरै गरेको हँु, पुलिसले पक्रिएकोमा म खुशी नै छु’ भनेछ । यस पछि पुलिसले उसको बयान लेख्न खोज्दा त्यस ठाउँमा बयान लेखाउन उसले मानेन । त्योभन्दा ‘माथिल्लो तहको हाकिमको अगाडि मात्र बयान लेखाउँछु, मलाई त्यहाँ पुर्‍याऊ’ भन्ने अनुरोध गरेछ । त्यसपछि त्यहाँ पनि बयान लेखाउन मञ्जुर नगरी ‘सबैभन्दा माथिल्लो तहको प्रमुख प्रशासक –मन्त्रीको अगाडि पुर्‍याएमा बयान लेखाउँछु’ भनेकोले त्यहाँ पुर्‍याएपछि उसले आ ना सबै सर्टिफिकेट र जागिरका लागि दरखास्त दिएका अफिस र दर्ता नं. समेत देखाएछ । यति सबै बयान लेखाएपछि त्यहाँको मन्त्रिमण्डलमा यो कुरा पुग्यो । यस विषयमा ठूलो छलफल भएपछि यस्तो निर्णयमा त्यो मन्त्रिमण्डल पुगेछ कि – अब हाम्रो देशमा एक ‘पब्लिक सर्भिस कमिसन’ गठन गर्नुपर्छ ।

यति भैसकेपछि त्यहाँ उक्त कमिसन खुल्यो र त्यसको पहिलो प्रमुख पदाधिकारीमा त्यही व्यक्तिले नियुक्ति पाएको थियो ।

अब नेपालमा पनि २००७ सालसम्म जनताले जागिर खान राणाजीहरुको कृपाले मात्र पाउने, फेरि त्यो पाएको जागिर पनि एक वर्षभित्रै पजनीमा पार्ने र खुस्काइदिने अव्यवस्था भएको हुनाले यसै विषयलाई मनन गरेर २००८ साल असार १ गते पहिलो पटक ‘पब्लिक सर्भिस कमिसन’ भन्ने नामबाटै लोकसेवा आयोगको जन्म भएको हो ।

२०१५ सालमा बनेको संविधानले उक्त संस्थाको नाम परिवर्तन गरी ‘लोकसेवा आयोग’ भनिएको र यो संस्थाले आज पचहत्तर वर्ष पुग्दासम्म आ नो काम भन्नाले सरकारी सेवामा योग्यताअनुसार कर्मचारी छनोट गर्ने काम गरिरहेको छ र पछिसम्म पनि इमान्दारीसाथ गर्दै रहने कुरामा हामी सबै विश्वस्त छौँ ।

यो संवैधानिक आयोग हो । वर्तमान संविधानको भाग २३ अर्न्तगत रहेका धारा २४२, २४३ र २४४मा लोकसेवा आयोगको गठन हुने व्यवस्था, काम, कर्तव्य र अधिकार तथा अन्य व्यवस्थाहरु गरिएको छ । यो आयोग अधिकारसम्पन्न स्वायत्त संस्था हो । यसले तटस्थ एवम् निष्पक्ष भएर आ नो कार्यसम्पादन गर्दछ । यो संस्थाको गठन पहिले राजा वा राष्ट्राध्यक्षबाट हुने गरेको थियो भने अहिले संवैधानिक परिषद्को सिफारिसमा गठन हुने चलन छ । लोक सेवा आयोगमा एकजना अध्यक्ष र चारजना सदस्य गरी कुल पाँचजना पदाधिकारीहरु रहने व्यवस्था छ। लोक सेवा आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने प्रावधान छ। यसको अध्यक्ष पदमा प्रशासनिक अनुभव भएका ख्यातिप्राप्त विद्वान् व्यक्तिलाई नियुक्त गरिन्छ । त्यस्तो व्यक्ति सरकारी सेवाबाट निवृत्त भएको, अनुभवी र ६५ वर्ष ननाघेको हुनुपर्दछ । लोक सेवा आयोगका सदस्यहरुमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सोभन्दा अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरुमध्येबाट र बाँकी सदस्यहरु विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्त्वपूर्ण कार्य गरी ख्यातिप्राप्त गरेका व्यक्तिहरुमध्येबाट नियुक्त गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ । सचिव पदमा भने नेपाल सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणीका पदाधिकारीलाई त्यहाँ खटाउँछ ।

२००८ साल असार १ गतेदेखि हालसम्म लोकसेवा आयोगमा नियुक्त हुनुभएका स्वनामधन्य अध्यक्षहरु यसप्रकार हुनुहुन्छ ।

क्र. स
पद
१.
सभापति
सरदार श्री नगेन्द्रमान सिंह प्रधान
२००८–०३–०१
२०१२–०७–०२
२.
सभापति
बडाकाजी श्री मणिकलाल राजभण्डारी
२०१२–०७–०३
२०१४–०६–१९
३.
सदस्य
श्री भगवतीप्रसाद सिंह
२०१२–०७–०३
२०१४–१०–१२
२०१३–१०–१३
२०१६–०३–१४
नाम/थर
अवधि देखि
का.मु. सभापति
सम्म
४.
अध्यक्ष
श्री अनिरुद्रप्रसाद सिंह
२०१६–०४–०१
२०१७–०९–०१
५.
अध्यक्ष
राजा श्री तारकबहादुर शाह
२०१७–१२–२४
२०२२–१२–१३ क्र. स
पद
६.
सदस्य
अवधि देखि
सदस्य अध्यक्ष ७.
नाम/थर
सदस्य अध्यक्ष
सम्म
२००९–०१–०१
२०१२–०८–०६
श्री केशरबहादुर के.सी.
२०१७–१२–२४
२०१८–११–१९
२०२२–१२–२४
२०२७–०२–०४
श्री डम्बरबहादुर सिंह
२०२०–०८–१०
२०२७–०२–०४
२०२७–०२–०५
२०३२–०८–०६
८.
अध्यक्ष
सरदार प्राध्यापक श्री यदुनाथ खनाल
२०३२–०८–२५
२०३४–१०–१६
९.
अध्यक्ष
मी.सु. श्री कृष्णबम मल्ल
२०३४–१०–२०
२०४०–०४–१८
१०. अध्यक्ष
मी.सु. श्री प्रद्युम्नलाल राजभण्डारी
२०४०–०८–०१
२०४६–०७–३०
११. सदस्य
श्री सत्यनारायण झा
२०४०–०८–०१
२०४६–०८–३०
२०४६–०८–०१
२०४८–०४–२२
प्रा. श्री गणेशराज सिंह
२०४६–०५–०७
२०५१–०७–०३
१३. सदस्य
२०४८–०५–०७
२०५१–१०–०३
अध्यक्ष
श्री सन्तबहादुर राई २०५१–१०–१४
२०५८–०७–१७
अध्यक्ष १२. अध्यक्ष क्र. स
पद
नाम/थर
अवधि देखि
१४. सदस्य अध्यक्ष १५. अध्यक्ष
श्री योगेन्द्रनाथ ओझा
२०५२–०९–२१
२०५८–०९–२०
२०५८–०९–२३
२०६१–०६–३०
श्री तीर्थमान शाक्य
२०६१–०९–२६
२०६५–१२–०९
२०६५–११–०५
२०६५–१२–०९
२०६५–१२–१०
२०७०–०१–२४
२०७०–०१–२५
२०७१–११–०४
१६. सदस्य का.वा. अध्यक्ष
सम्म
डा. कयोदेवी यमी
अध्यक्ष १७. अध्यक्ष
श्री उमेशप्रसाद मैनाली
२०७१–१२–११
२०७७–१२–१०
१८. अध्यक्ष
श्री माधवप्रसाद रेग्मी
२०७८–०३–१०
२०८३ जेठ
१९. कार्यवाहक अध्यक्ष
श्री माधव बेल्वासे
२०८३ असारदेखि
हालसम्म

यसरी योग्यता, निष्पक्षता र स्वच्छतालाई मूल आदर्श मानी कार्य गर्दै आएको लोक सेवा आयोग वर्तमान समयमा झैँ भविष्यमा पनि आप्ुनो योग्यता र क्षमता प्रदर्शन गरेर सरकारी सेवामा प्रवेश गर्ने नेपालीहरुका लागि आस्था र विश्वासको संस्था रहिरहने अपेक्षा लिइएको छ ।

रामहिटी, काठमाडौँ