समान चाहना साझा लक्ष्य उद्येश्य साथमा
यै सहकार्य हो बुझ्नु सहकारी यथार्थमा
सबै सदस्यको हुन्छ समान सहभागिता
भने आपसमा त्यै हो विशुद्ध सहकारिता
यो सहकार्य हो यस्मा हुन्छन् निर्णय जे जति
पारदर्शी सबै हुन्छन् गरेर सर्वसम्मति
मताधिकार यौटै छ हुन्नन् कोई ठूला बडा
सदस्य यसका हुन्छन् समान अधिकारका
सबै सदस्यले जम्मा गर्छन् बचतमा धन
लिन्छन् रिन स्वयं आफै पर्दा संकटको क्षण
आफै साहू र आसामी आफै आ नो प्रवर्तक
परे आपत त्यो बेला सहकारी छ सेवक
गर्नु बचत काटेर खर्च पकेटका बरु
राख्नु ल्याएर खातामा भुट्की र खुत्रुकेहरु
पाइन्छ ब्याज अ ठ्यारो पर्दा त्यो काम लाग्दछ
गरे उद्योग व्यापार भाग्य निश्चय जाग्दछ
गरे फजुलमा खर्च पछि परिन्छ मारमा
पैसा चाहिन्छ शिक्षा र ओखति उपचारमा
नगर्नु है जथाभावी खर्च ऐले हतारमा
सहारा बन्छ त्यो भोलि आ नै बुढस
े कालमा
बैंक बैंकर्स के भन्नु यी नौला जिमिदार हुन्
जिम्माल मुखियाका यी नवीन अवतार हुन्
आफू मोटाउँछन् कर्जादारको प्राण हर्दछन्
ब्याजको ब्याज हर्जाना भन्दै शोषण गर्दछन्
सहकारी हुँदै हैन फाइनान्स र बैकझैं
हुन्छन् पृथक सेवा र कामका तरिका सबै
हैन है सहकारीको लक्ष्य धेरै कमाउने
लक्ष्य हो सहकारीको सेवा भाव बढाउने
राष्ट्र निर्माणमा नौलो गोरेटो यसले खनोस्
दुःखमा सहकारी यो सहारा सबको बनोस्
नताकी मुख अर्काको मिलाई हात हातमा
नयाँ नेपालको निम्ति जुटौं है सहकार्यमा
– भैरहवा
किरण पुस्तकालय
प्रकाशनमालाको
२१औं पुष्प
डा. हरिराज भट्टराईद्वारा
लिखित उपन्यास
‘‘सन्त प्रेमी’’
एक पटक अवश्य पढ्नुहोस् ।