मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · अन्तर्वार्ता · पृ. १४१

गुल्मीदेखि वृन्दावनसम्म धेरै कथा–प्रवचन गरेको छु ।

दामोदरशरण उपाध्याय

(९० वर्षीय श्री दामोदरशरण उपाध्याय गुल्मीको सत्यवती गाउँपालिका जुहाङमा जन्मेर गुल्मी, मटिहानी (महोत्तरी), ऋषिकेश आदि स्थानमा अध्ययन गरी हाल भारतको पवित्र पुण्यभूमि वृन्दावनको परिक्रमा मार्ग साक्षीधामका नजिक अध्यात्म कुटीरमा बस्नुहुन्छ । निरन्तर शास्त्रसाधना गरिरहने श्री दामोदरशरण गुल्मी जुहाङका प्रसिद्ध पण्डित कृष्णप्रसाद आचार्य र मेनका देवीका सुपुत्र हुनुहुन्छ । उहाँको निवास वृन्दावनमा पुगेर उहाँका परिवारका सदस्यहरुसहित लक्ष्मीदेवी पन्थी, सङ्गीता उपाध्याय पौडेल, विद्या पन्थी समेतकोको उपस्थितिमा वृन्दावनको बसाइबारे धेरै कुराहरु भए । त्यस अवसरमा हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थी द्वारा प्रस्तुत गरिएका जिज्ञासालाई लिएर दामोदरशरणले दिनुभएको आ नो जीवनको अनुभवसम्बन्धी कुराहरुलाई यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ । – सम्पादक)

१. तपाईँको जन्म कहिले कहाँ भएको हो ?

ड्ड मेरो जन्म वि.सं. १९९४ सालको रामनवमीका दिन गुल्मीको जुहाङ भन्ने गाउँमा भएको हो । त्यो ठाउँ अहिले सत्यवती गाउँपालिकाअन्तर्गत पर्दछ ।

२. तपाईँका पिता–माताको नाम के हो नि ?

ड्ड मेरा पिताको नाम कृष्णप्रसाद आचार्य र माताको नाम मेनाका देवी हो । पिताजी पण्डित हुनुहुन्थ्यो । उहाँ कथावाचकको रूपमा प्रसिद्ध हुनुहुन्थ्यो । पिताजी पहिले बर्मामा बस्नुभएको रहेछ । म आठ वर्षको हुँदा माताजीको देहान्त भएको हो । मेरो मावल गुल्मीको ग्वादी भन्ने गाउँमा हो । अहिले अद्वैत संस्था रिडीका पीठाधीश ज्ञानेश्वर (देवेश्वर सरस्वती) ज्ञवाली मेरा जेठा मामाका छोरा हुनुहुन्छ । ३. तपाईँले कहाँ कहाँ बसेर पढ्नुभयो त ? ड्ड मैले २००७ सालदेखि २०१४ सालसम्म जनकपुर महोत्तरीको मटिहानीमा बसेर पढेको हुँ । त्यहाँ मैले मध्यमासम्म पढेको हुँ । त्यसपछि म भारतको उत्तराखण्ड ऋषिकेशमा बसेर पढेको हुँ । ४. तपाईँले पुराणहरुको वाचन र कथा प्रवचन त निकै गर्नुभयो होइन ? ड्ड गरेँ, धेरै नै पुराणहरु वाचन गर्ने र कथा भन्ने गरेँ । प्रवचन त कति गरियो कति, बताई साध्य छैन । गुल्मीका ग्वादी, रिडी, जुहाङ आदि ठाउँमा र पाल्पा जिल्लामा पाठ पारायण र कथा प्रवचन गरेँ । २०१८ सालमा रिडीमा १८ पुराण लगाएका थिए । त्यहाँ मैले पनि कथा भनेको थिएँ । बिहानै नित्यकर्म पूरा गरी व्यासासन चौकामा बसेर बिहानभरि पाठ गर्थेँ । १२ बजे मध्यान्हमा भोजन गरी दिनभरि कथा भन्थेँ । म पहिलेदेखि नै कान कम सुन्थेँ । चर्को

स्वरमा पाठ पढ्ने र कथा भन्ने गर्थें । त्यतिबेला माइकको व्यवस्था थिएन । मान्छेहरु बहिराको पाठ र कथा टाढासम्म सुनिन्छ भन्थे । बहिराले अरुलाई पनि आफूजस्तै ठानेर जोडसित कथा प्रवचन गर्छन् भनी चर्चा गर्थे । भारतको वृन्दावनमा आएर त झन् धेरै कथा प्रवचन गरँे । ५. तपाईँ कहिलेदेखि वृन्दावनमा बस्न थाल्नुभएको हो ? ड्ड म ४० वर्षदेखि वृन्दावनमा बसिरहेको छु । पिताजीको अन्त्येस्टि–काज–क्रिया पनि यहीँ गरेको हुँ । यहाँ धेरै कथा प्रवचनहरु गर्दै आएँ । मलाई धेरै मान्छेले चिन्छन् । अहिले त म बुढो भएँ – कथा प्रवचन मेरा छोरा गर्छन् । उनीलाई टाढा–टाढासम्म कथा प्रवचनका लागि बोलाउँछन् । म यहीँ नजिक केही क्षणका लागि सत्सङ्ग स्थल र मन्दिरहरुको दर्शनका लागि घरबाहिर निस्कन्छु । मैले स्तोत्रमन्त्र भनेको, पाठ गरेको सुनेर कोही कोहीले टीका लगाइदिई दान दक्षिणा पनि दिन्छन् । आज साँझ पनि यसो मन्दिरतिर गएर फर्कँदा एकजनाले ५०० रुपैयाँ मलाई चढाए । त्यो पैसा अहिले यी मेरै हातमा छ । मैले श्लोक भनिरहेको सुनेर केही कुरै नगरी मेरो हातमा दक्षिणाको रुपमा थमाइदिए । मैले पढेको सुनेर भक्त प्रभावित भएको मैले अनुभव गरेँ । वृन्दावनमा मान्छेलाई भोकै बस्नु पर्दैन । यहाँ निःशुल्क भण्डाराहरु चल्छन् । को कहाँबाट आएको हो सोधखोज गर्नु पर्दैन । बिहान ११ बजे र साँझ ७ बजे सधैंभरि भण्डारा चल्छ । जीवनभरि पनि खान पाइन्छ, एक पैसा लाग्दैन । यहाँ भगवान् श्रीकृष्णको कृपाले कोही भोको रहँदैन । भगवान् भक्त वैष्णवलाई खानको दुःख हुँदैन । त्यसैले त भगवान् श्रीकृष्णले भन्नुभएको छ –सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज । अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः । । ६. तपाईँले मेरा छोराले पनि प्रवचन गर्छन् भन्नुभयो । तपाईँको परिवारमा को को हुनुहुन्छ ? छोराछोरीहरु के कति छन् र कहाँकहाँ के के गर्दैछन् ? ड्ड मेरा एक छोरा र दुई छोरी हुन् । छोराको नाम हरिशरण बालव्यास र छोरीहरुको नाम वन्दना र विष्णुप्रिया हो । मेरो छोरा श्री हरिशरण उपाध्यायले छ वर्षको उमेरदेखि नै कथा वाचनको क्षेत्रमा प्रथम बालव्यासको रुपमा स्थापित भएर ख्याति प्राप्त गरेका छन् । सम्पूर्ण भारत वर्षमा उनको विचरण र प्रवास छ । आचार्य गरेका उनले अनेकौं शास्त्र, दर्शन र महाकाव्यहरुको अध्ययन गरेका छन् । छ वर्षदेखि अहिलेसम्म ५०० भन्दा बढी पटक श्रीमद्भागवत कथा, श्रीराम कथा र श्रीभक्तमाल कथाको रसास्वादन कथाप्रेमीहरुलाई गराइरहेका छन् । लेखनको क्षेत्रमा पनि उनी सिद्धहस्त छन् । उनले लेखेका ‘‘श्री राधाचरितामृतम्“, ‘‘श्रीकृष्णचरितामृतम्’’ जस्ता महाकाव्यहरु प्रकाशित भइसकेका छन् । यसका साथै “वैदेही की आत्मकथा’’, “रसोपासना’’, “वृन्दावनको भक्त’’, “पवन पुत्र की आत्मकथा’’, ‘‘राधा बाग में – श्री हित चौरासी“, ‘‘परम वियोगिनी विष्णु प्रियाजी’’, ‘‘भरत चरित, ‘‘चैतन्य चरित’’, ‘‘नारद भक्ति सूत्र’’, ‘‘अथ प्रेम माहात्म्य’’, ‘‘व्रज चौरासी कोस की यात्रा’’ आदि ग्रन्थहरु क्रमशः प्रकाशनमा आउने क्रममा छन् । भारतमा उनी सुप्रसिद्ध कथावाचक हुन् । उनी अहिले बिहारको दरभङ्गामा कथावाचनका लागि यजमानकहाँ गएका छन् । त्यहाँको कार्य पूरा गरेपछि उनी जनकपुरका महन्तले आयोजना गरेको उत्सवमा भाग लिएर वृन्दावन फर्कन्छन् । छोरीहरु पनि सत्सङ्गप्रेमी छन् । वन्दनाले भजन कीर्तन गर्छिन् । विष्णु प्रिया कथावाचनमा निपुर्ण छन् । मेरी धर्मपत्नी गोपीदासी मेरै सेवामा संलग्न छन् । बुहारी कमलाशरण हुन् । यिनी बुहारी तनुजाशरण उपाध्यायको नामले परिचित छन् । छोरा हरिशरण र बुहारी तनुजाशरणबाट जन्मेका दुई नातीहरु निम्बार्कशरण उपाध्याय र चैतन्यशरण उपाध्यायले अहिले पढ्दैछन् । ७. तपाईँ वृन्दावनमै बस्न किन रुचाउनुभयो ? ड्ड पहिले पहिलेका मानिसहरुले काशी, गया, कुरुक्षेत्र जस्ता ठाउँहरुलाई मुख्य मान्थे । हरिद्वार, ऋषिकेश, वृन्दावनतिर पनि साथी पाइए जाने भन्थे । म ऋषिकेशमा बसेपछि वृन्दावनमा आउने साथी भेटाएँ र यतै आएँ । वृन्दया वनम् वृन्दावनम् भएको छ । अर्थात् वृन्दाको वनलाई वृन्दावन भनिन्छ । समुद्रलाई वृन्दा भन्छन् । सबैको रक्षा गर्नेलाई पनि वृन्दा भन्छन् । यहाँ यमुना गङ्गाले वृन्दावनको फेरो लगाएकी छन् । सात समुद्रले यमुनाको स्तुति गर्छन् । पहिले अरु ठाउँ मुख्य थिए । अब वृन्दावन मुख्य भएको छ । विना पुण्य वृन्दावनमा मान्छे आउन्नन् । तपाईँहरु पनि पुण्यका प्रभावले यहाँ आउनुभएको छ । भगवान्को दर्शन गर्न सज्जनहरुको संगत गर्नुपर्दछ । पोखरीमा पानी नभएपछि चराहरु आउँदैनन् । वृन्दावन राधाकृष्णको पवित्र धाम भएको हुनाले यहाँ भक्तहरुको भिड लाग्दछ । वृन्दावनमा राधाको जन्मभूमिलाई बर्साना भनिन्छ । कृष्णले मुरलीमा राधे राधे गाउनुहुन्छ । रा भनेका कृष्ण हुन् । धा भनेकी प्यारी हुन् । रा उच्चारण गर्दैमा धा भन्न नपाउँदै कृष्ण दौड्छन् । धा भनेको प्यारी भनेर दौडेको हो । कबीरले काशीमा राम राम सीताराम भन्छन् । यहाँ वृन्दावनमा सबैले राधे राधे भन्छन् । यमुनाको आश्रयमा बस्न उत्तम लागेर मैले यहाँ बस्न रोजेको हुँ । यमराज या धर्मराज र यमुना सूर्यका छोराछोरी हुन् । विश्राम घाटमा कृष्णले कंशलाई मारेर आराम गरेको हुनाले त्यस घाटको नाम विश्रामघाट भएको हो । बाँके विहारीको मन्दिर नजिकै मोती झिल छ । वृन्दावनमा बस्दा चार कुराहरु मुख्य हुन्छन् ः–

श्रीमद् वृन्दावने रम्ये सारमेतत् चतुष्टयम् सतांसङ्गो (१) हरेर्भक्ति (२) रजस्पर्शश्च (३)यामुनम् (४)

यमुनाको आश्रयमा बस्न पाउँदा जीवन धन्य बन्छ । यमुना विनाको वृन्दावन हुन सक्दैन । बाँके विहारीको मन्दिरमा बिहानमा श्रृङ्गार आरती हुन्छ । आरती भनेको प्रेम हो । यहाँ ठाडो टीका लगाउँदा, तुलसी ग्रहण गर्दा भगवान्को भक्त भइन्छ । वृन्दावन भगवान्का भक्तहरुको वासस्थान पनि हो ।

अक्षरहरु अजरामर हुन्छन् । अक्षरबाट शब्द बन्छन् । शब्दहरु वाक्यमा उनिएर पुस्तकमा रहन्छन् । पुस्तकमा मान्छेका ज्ञान, अनुभव सभ्यता, संस्कृति, इतिहास, कला र साहित्य अजरामर बनेर रहन्छन् । पठन संस्कृति बढाऊँ, ज्ञानी, सभ्य, दक्ष र सुसंस्कृत मान्छे बनौं ।