मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११ · लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त · पृ. ७५

अंग्रेजी भाषामा नेपाली शब्दको प्रवेश र प्रयोग

राजेन्द्र पन्थी

भाषा संस्कृत शब्द हो । यो शब्दको व्युत्पत्ति भाष् धातुमा आ प्रत्यय लागेर बनेको हो । भाष् को अर्थ बोल्नु, भन्नु वा वाणी व्यक्त गर्नु भन्ने बुझिन्छ । मानिसको स्वरयन्त्रबाट निस्किने अर्थपूर्ण आवाजलाई भाषा भनिन्छ । भाषालाई अंग्रेजीमा Language भनिन्छ । यो Language शब्द पनि ल्याटिनको Lingua बाट फ्रेन्चको Language हुँदै १४ औँ शताब्दीमा अंग्रेजी भाषामा भित्रिएको थियोे । यो शब्दलाई सुरुमा ीबलनबनभ लेखिन्थ्यो भने पछि बिस्तारै Language लेखिएको थियोे ।

भाषा विचार विनिमयको एउटा महत्त्वपूर्ण साधन हो । यो अभिव्यक्तिको महत्त्वपूर्ण माध्यम पनि हो । यो वाक् प्रतीक हो । भाषा यादृच्छिक र व्यवस्थित हुन्छ । भाषा सामाजिक वस्तु हो । मानव जातिको उत्पत्तिसँगै भाषाको उत्पत्ति भएको हो । भाषाविद् र भाषा वैज्ञानिकहरुका अनुसार आदिम मानिसहरुले आ नो हात, आँखा, शरीरको हाउभाउ आदिबाट विचार विनिमय गर्थे । मानव विकासको क्रममा जब मानिसको मस्तिष्क ठूलो र सोच्न सक्ने भयो अनि घाँटीको स्वरयन्त्रको विकास भएर भाषाको प्रयोग हुनथाल्यो । वैज्ञानिक अनुसन्धान र पछिल्लो आनुवंशिक तथ्याङ्कहरुका अनुसार मानिसले भाषाको प्रयोग करिब १ लाख ३५ हजार वर्ष पहिलेदेखि गरेको मानिन्छ । पहिलो लिखित भाषा भने सुमेरियन वा इजिप्टियनलाई मानिन्छ । यसको लिखित प्रमाण इसापूर्व ३२०० अर्थात् ५ हजार दुईसय वर्षपहिले आसपासलाई मानिन्छ । भाषाको जन्म भएपछि लिपिको विकास भएको हो । इतिहासकार र भाषाविद्हरुका अनुसार संसारमा अहिले जति पनि लिपिहरु छन्, ती लिपिहरु आजसम्म आउँदा चित्र लिपि, भाव लिपि, शब्दाक्षर लिपि र ध्वनिमूलक वा वर्णात्मक लिपि गरी विभिन्न चार चरण पार गर्दै आएका हुन् । अहिले संसारमा मुख्य रुपमा अल्फाबेट/वर्णात्मक, सिरिलिक, अक्षरात्मक, एब्जाद, चित्र, तार्किक आदि लिपिहरु प्रचलनमा छन् । भाषासम्बन्धी अनुसन्धान गर्ने संस्था इथ्नोलगका अनुसार सन् २०२६ मा विश्वमा सबैभन्दा धेरै मानिसहरुले बोलिने भाषाहरुमा क्रमशः अंग्रेजी, चिनियाँ, हिन्दी, स्पेनिस, अरेबिक, फ्रान्सेली, बङ्गाली, पोर्चुगिज, इन्डोनेसियन, उर्दू, रसियन, जापानी, नाइजेरियन, मराठी, तेलगू, टर्किस, तमिल आदि रहेका छन् । नेपालमा २०७८ सालको जनगणनाअनुसार १२४ वटा मातृभाषा बोलिन्छन् भने करिब १ करोड ३१ लाख नेपालीले नेपाली भाषा बोल्छन् । विश्वभरिमा करिब ३ करोड मानिसले नेपाली भाषा बोल्छन् ।

अहिले विश्वका २४२ देशमा करिब ७ हजार १ सय ७० भाषाहरु बोलिन्छन् । संसारभरि बोलिने यी हजारौँ भाषाहरुलाई तिनीहरुको ऐतिहासिक उत्पत्ति, व्याकरण र शब्दावलीका समानताका आधारमा भारोपेली (संस्कृत, नेपाली, अंग्रेजी, स्पेनिस, रसियन, जर्मन, फारसी आदि), भोट–बर्मेली (चिनियाँ, तिब्बती, बर्मेली) आग्नेयाली (भियतनामी, खमेर, खासी हो, सोरा, मोन, सन्थाल, मुन्डारी) द्रविड (तामिल, तेलगू, कन्नड, मलायालाम, झाँगड) गरी मुख्य चार भाषा परिवारमा विभाजन गरी अध्ययन गरेको पाइन्छ ।

संसारमा विभिन्न भाषाहरुको विकास र विस्तार हुँदै जाँदा कतिपय भाषाहरु लोप हुँदै गए भने कतिपय भाषाहरु शक्तिशाली र बलिया हुँदै गएका छन् । युनेस्कोको एक अनुसन्धानअनुसार विश्वका कुल भाषाहरुमध्ये करिब ४५ प्रतिशत भाषाहरु अत्यन्तै संकटमा छन् अर्थात् लोपोन्मुख अवस्थामा पुगेका छन् । विश्वका प्रमुख ऐतिहासिक मृत भाषाहरु ल्याटिन, संस्कृत, प्राचीन ग्रिक, सुमेरियन, अक्काडियन, कप्टिक, इयाक, याना, बो आदि हुन् । नेपालमा बोलिने कुसुन्डा, दुरा, हायु, बनकरिया भाषाहरु अति संकट अवस्थामा पुगेका छन् ।

भाषामा स्वाभाविकता, गतिशीलता र उत्पादनशीलता जस्ता विशेषता हुने हुनाले कुनै एउटा भाषा सधैंभरि एउटै रुप र संरचनामा विकास भएको हुँदैन । भाषामा समयक्रममा स्वाभाविक रुपमा परिवर्तन भइरहन्छन् । कुनै पनि भाषालाई कुनैबेला परिवर्तन गर्छु भनेर त्यो परिवर्तन गर्न सकिँदैन । संसारका कतिपय देशहरुले ती देशमा प्रयोग गरिने भाषाहरुलाई राष्ट्र, राष्ट्रिय, कार्यालयीय, सरकारी र आधिकारिक भाषा भनेर चिनाएका पनि छन् । मानिसहरु मातृभाषी वा एकभाषी मात्र नभएर द्विभाषी र बहुभाषी पनि हुन्छन् । हरेक भाषाका आआ नै शब्दहरु हुन्छन् । शब्द भनेका भाषाका सबैभन्दा साना अर्थपूर्ण एकाइ हुन् । अक्षर वा अक्षरको समूहबाट शब्दको निर्माण हुन्छ । राम, घर, म, रातो, अग्नि, घाम, स्कुल, बजार आदि नेपाली भाषाका शब्दहरु हुन् । समयक्रममा कुनै पनि भाषामा कतिपय नयाँनयाँ शब्दहरु थपिने र प्रयोग भएका शब्दहरु लोप हुने कुरा स्वाभाविक रुपमा चलिरहन्छन् । भाषाहरु सामाजिक, राजनीतिक, आर्थिक, शिक्षा, सञ्चार, बसाइँसराइ, प्राविधिक आदि जस्ता विभिन्न कारणहरुले विस्तार र लोप हुन्छन् ।

कुनै भाषा बोल्नको लागि निश्चित भौगोलिक सिमाना नहुने हुनाले वक्ता वा श्रोता भएमा संसारको जुनसुकै ठाउँमा कुनै पनि भाषा बोल्न सकिन्छ । आजको विश्वव्यापीकरणको युगमा त झन् भाषाहरु क्षणभरमा संसारको जुनसुकै ठाउँमा पुग्न सक्छन् । अहिले त विज्ञान,प्रविधि र सञ्चारको द्रुत विकासले गर्दा भाषाका शब्दहरु एकापसमा साटिन र भित्रिन सजिलै सक्छन् । कुनै पनि भाषामा रहेका शब्दहरु स्रोतका आधारमा मौलिक र आगन्तुक हुन्छन् । आ नै भाषाका मूल शब्दलाई मौलिक शब्द भनिन्छ भने अर्को भाषाबाट आएका शब्दलाई आगन्तुक शब्द भनिन्छ ।

संसारमा रहेका करिब सात हजार भाषाहरुमध्ये नेपाली भाषा भारोपेली भाषा परिवारअन्तर्गतको सतम् वर्गभित्र पर्ने एउटा भाषा हो । यसको सम्बन्ध आर्य इरानेली शाखाको आधुनिक आर्यसँग रहेको छ । नेपाली भाषा संस्कृत, प्राकृत र अपभ्रंश हुँदै विकास भएको हो । नेपाल देशबाट यस भाषाको नाम नेपाली भएको हो । नेपाली भाषाको उद्भव आजभन्दा करिब एक हजार वर्ष पहिले कर्णाली प्रदेशको सिँजामा भएको थियोे । यो भाषा खस कुरा, पर्वते भाषा, गोर्खाली भाषा नामले चिनिँदै, विकास र विस्तार हुँदै अहिलेको नेपाली भाषाको नामले प्रचलित छ । यस भाषाका थुप्रै भाषिका र उपभाषिकाहरु पनि छन् । यो भाषा अहिले खासगरी नेपाल बाहेक भारत, भूटान, बर्मा हुँदै संसारभरि फैलिएको छ । यो भाषा देवनागरी लिपिमा लेखिन्छ । नेपाली बृहत् शब्दकोशको डिजिटल संस्करणअनुसार नेपाली भाषाका एक लाख अठ्ठाइस हजारभन्दा बढी शब्दहरु छन् ।

अंग्रेजी भाषा संसारमा सबैभन्दा धेरै मानिसहरुले बोल्ने भाषा हो । सन् २०२६ को पछिल्लो एक तथ्यांकअनुसार विश्वका ५९ भन्दा बढी देशमा अंग्रेजी भाषा आधिकारिक वा पहिलो भाषाका रुपमा बोलिन्छ । यो भाषालाई मातृभाषाका रुपमा अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, आयरल्यान्ड, जमैका, नेदरल्यान्ड, स्विडेन र डेनमार्क जस्ता देशहरुमा बोलिन्छ । पछिल्लो एक तथ्यांकअनुसार विश्वमा करिब १ अर्ब ५३ करोड मानिसले अंग्रेजी भाषा बोल्छन् भनिन्छ ।

अंग्रेजी भारोपेली भाषा परिवारको पश्चिमी जर्मनिक शाखा अन्तगर्तबाट विकास भएको भाषा हो । यसको जन्म इसाको ५ औँ शताब्दीमा बेलायतमा भएको मानिन्छ । जर्मनी र डेनमार्क क्षेत्रबाट आएका एंगल्स (ब्लनभिक), स्याक्सन (क्बहयलक) र जुट्स(व्गतभक)ले बेलायतमा आक्रमण गरेपछि यो भाषाको जग बसेको मानिन्छ । एंगल्स जनजातिको नामबाट देशको नाम इङ्ल्याण्ड र भाषालाई एंगलिस(भ्लनष्किअ) भनियो र पछि इङ्लिस(भ्लनष्किज) भनिएको थियो । आज यो भाषा विश्वमा अन्तर्राष्ट्रिय सम्बन्धको भाषाको रुपमा मान्यता पाएको छ । अंग्रेजी भाषामा करिब १० लाख शब्दहरु रहेको अनुमान गरिएको छ । संसारकै आधिकारिक मानिने अक्सफोर्ड इङ्लिस डिक्सनरीमा अंग्रेजीका करिब ६ लाख शब्दहरु रहेका छन् । अग्रेजीमा भाषामा पनि श्रोतका दृष्टिले शब्दहरु मौलिक र आगन्तुक गरी दुई किसिमकै छन् । मौलिक भनेका एङ्ग्लो–स्याक्सन शब्दहरु जस्तै – Man, House, Water, Father, Go, Eat आदि हुन् भने आगन्तुक शब्द भनेका फ्रेन्च (Government, Crown, Judge, ल्याटिन (Intellect, Legal, Focus, ग्रिक (Psychology, Theater, Biology, अरबी (Algebra, Alcohol, Zero, नेपाली (Guru, Karma, Yoga आदि श्रोतका शब्दहरु हुन् । अंग्रेजी भाषामा लगभग ३० प्रतिशत शब्दहरु मौलिक छन् भने ७० प्रतिशत शब्दहरु आगन्तुक छन् ।

नेपाली र अंग्रेजी भाषा भनेका सहोदर दिदीबहिनी वा दाजुभाइ जस्ता भाषा हुन् । आजभन्दा करिब ६ हजार वर्षदेखि ८ हजार वर्ष पहिले संसारमा एउटा प्रोटो–इन्डो–युरोपियन (एक्ष्भ्) भाषाबाट युरोपेली शाखा र आर्य/इरानेली शाखा फैलिएका थिए । युरोपेली शाखामा ल्याटिन,ग्रिक,जर्मेनिक हुँदै अग्रेजी भाषाको विकास भएको हो भने आर्य–इरानेली शाखाबाट वैदिक,संस्कृत हुँदै नेपाली भाषाको विकास भएको हो । अंग्रेजी र संस्कृतका कतिपय शब्दहरुको उच्चारण मिल्छ, जस्तै–मातृ (ःयतजभच), पितृ (ँबतजभच), भ्रातृ (द्यचयतजभच), नाम (ल्बुभ), त्रि/तीन (त्जचभभ) आदि ।

नेपाली भाषामा अंग्रेजीका हजारौँ शब्दहरु भित्रिएका छन् वा चलनचल्तीमा छन् । नेपाली भाषाका अंग्रेजी आगन्तुक शब्दहरुमा जस्तै–कम्प्युटर, कोट, कलेज, मोबाइल, इन्टरनेट, डाक्टर, बैंक, स्कुल, ज्याकेट, बस, टिकट, फाइल, पाइप, किचन, भेज, ब्रेकफास्ट, लन्च, डिनर, फ्रेस हाउस, मिसेज, म्यासेज, डायस्पोरा, मिडिया, क्लिन, स्विप, डिस्कोर्स, करिडोर, प्लान्ट, नेटवर्क, डाइभर्सन, होम डेलिभरि, लोडसेडिङ्, अङ्कल, अन्टी, ओके, बाइ, थ्याङ्क यु, सरप्राइज, गि ट,बर्थ डे, ब्वाइ फ्रेन्ड, गर्ल फ्रेन्ड, पेपर, पेन, कलर, जोक्स, डेन्जर, अप्रेसन, डिभोर्स, अन, अफ, डायल, पोलिटिक्स, एनिभर्सरी, कंग्राचुलेसन, सपिङ्ग आदिजस्ता थुप्रै शब्दहरु चलनचल्तीमा छन् ।

नेपाली भाषा मातृभाषाका रुपमा खासगरी नेपाल, भारत, भूटान, बर्मामा मात्र बोलिए पनि वैदेशिक रोजगारी,अध्ययन र बसाइँसराइ आदि विभिन्न कारणले गर्दा आज संसारका एकसय बढी देशहरुमा यो भाषा बोलिन्छ । यो भाषाका वक्ताहरु कतार, साउदी अरब, युएई, कुबेत, मलेसिया, अमेरिका, बेलायत, क्यानडा, जापान आदि देशहरुमा रहेका छन् । आज नेपाली भाषीहरुको नेपाल बाहिरको विस्तारले वा विदेशीहरु नेपालको सहज आवागमनले गर्दा अन्तर्राष्ट्रिय भाषाको रुपमा मान्यता पाएको अंग्रेजी भाषामा नेपाली भाषाका शब्दहरु पनि प्रयोग भएको पाइन्छ ।

अंग्रेजी भाषीहरुले नेपाली शब्दको प्रयोगको इतिहासलाई हेर्दा छिमेकी मुलुक भारतमा इष्टइन्डिया कम्पनीको शासन कालसम्म पुग्न सकिन्छ । सिमाना जोडिएका दुई छिमेकीका बीचमा भाषाको प्रभाव पर्ने हुनाले ब्रिटिसहरु नेपाली भाषाबाट अनभिज्ञ पक्कै थिएनन् भनेर अनुमान गर्न सकिन्छ । भारतका कतिपय ठाउँहरुमा त मातृभाषाका रुपमा नेपाली भाषा पनि बोलिन्थ्यो । बेलायतीहरुले नेपालीहरुको वीरताबाट प्रभावित भएर वि.सं. १८७२ देखि आ नो सेनामा नेपालीहरुलाई भर्ती गर्न थालेपछि त नेपाली शब्दहरु अंग्रेजी भाषामा भित्रिएका देखिन्छन् । त्यसबेला नेपाली भाषालाई गोर्खा भाषा वा खस कुरा भनिन्थ्यो । सबैभन्दा पहिले गोर्खा, खुकुरी, पाण्डा, ऐसेलु, अर्गेली, कुट्की, चिराइतो आदि शब्दहरु अंग्रेजी शब्दकोशमा प्रविष्ट भएका थिए । बेलायती नागरिक राल्फ लिलि टर्नरले सन् १९३१ मा लन्डनबाट ब् comparative and etymological dictionary of nepali language

प्रकाशित गराएपछि नेपाली भाषाका लिपिबद्द शब्दहरु नेपालबाहिर पनि चिनिएका थिए । यसमा २६ हजार बढी शब्दहरु रहेका छन् । यसमा रोमन र देवनागरी दुबै लिपिको प्रयोग गरिएको छ । यो नेपाली भाषाको इतिहासमा एउटा युगान्तकारी कृति मानिन्छ । यसपछि क्रमशः नेपाली भाषाका बारेमा बेलायत, जर्मन र अमेरिकाका स्वतन्त्र अनुसन्धानकर्ता, लेखक र विश्वविद्यालयहरुले अध्ययन र अनुसन्धान गरेका थिए । आज नेपाली भाषाका बारेमा नेपालबाहिर अमेरिकाका Harvard, Cornell, Washington, बेलायतको SOAS University of London, अस्ट्रियाको University of Vienna, जर्मनीको Heidelberg University, क्यानडाको University of British Columbia लगायत र भारतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन र अनुसन्धान हुन्छ । अमेरिका, क्यानडा र युरोपका विभिन्न देशहरुमा नेपाली नामबाट समुदाय, टोल, रेस्टुरेन्ट, ग्रोसरी स्टोरका नामहरु राखिएका छन् । यसले गर्दा पनि अंग्रेजी भाषीहरुले नेपाली शब्दहरुको प्रयोग गरेको पाइन्छ । नेपाली भाषामा लेखिएका मुनामदन,सुम्निमा,आज रमिता छ, शिरीषको फूल, कर्णाली ब्लुज, सेतो बाघ, बसाइँ, सेतो धर्ती आदि जस्ता निकै लोकप्रिय साहित्यिक कृतिहरु अंग्रेजी भाषामा अनुवाद हुनाले पनि शब्दहरुको प्रचार र प्रयोग भएको देखिन्छ । नेपाली भाषाका गोर्खा, खुकुरी, मम, छुर्पी, ढिँडो, तराई, झारल, घोरल, नमस्ते, गुरू, गाउँपालिका, नगरपालिका, गुन्द्रुक, जनै, शेर्पा, हिमालय, सगरमाथा, दुकान, सेलरोटी, मुनाल, पान्डा, वनमारा, तितेपाती, धूपी, पञ्चायत, बिघा, कट्ठा, दही, चिउरी, चिउरा, रक्सी, खस, पुस्ताकारी, गुद्पाक, दशैँ, तिहार आदि जस्ता शब्दहरु अंग्रेजी भाषाको शब्दकोशमै प्रविष्ट भएका छन् ।

नेपाली भाषामा अंग्रेजी भाषाको प्रभाव अत्यन्तै बढ्दै जाँदा नेपाली भाषाका शब्दहरु पनि अंग्रेजी भाषामा प्रयोग हुनु सकारात्मक पक्ष हो । पश्चिमी जगत्मा विज्ञान र प्रविधिको नयाँनयाँ आविष्कार हुनु, अंग्रेजी भाषा विश्वव्यापी सञ्चार माध्यम हुनु, कम्प्युटर, स्मार्टफोन, सामाजिक संजाल र इन्टरनेटका अधिकांश कोडिङ तथा सामग्रीहरु अंग्रेजी भाषामा बन्नु, बहुराष्ट्रिय कम्पनीहरु र अन्तर्राष्ट्रिय व्यापारको मुख्य भाषा अंग्रेजी हुनु, विश्व बजारमा राम्रो जागिर पाउन र करियर बनाउन अंग्रेजी भाषालाई एक अनिवार्य योग्यता मानिनु आदि जस्ता विभिन्न कारणले संसारका प्रायः सबै भाषामा अग्रेजी भाषाको प्रभाव तीव्र हुँदै गएको छ ।

आजभन्दा करिब एकसय वर्ष पहिले नै नेपाली भाषामा अंग्रेजी भाषाको प्रभाव परेपछि नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले चिन्ता व्यक्त गर्दै हाइहाइ अंग्रेजी भन्ने शीर्षकमा एक व्यङ्ग्यात्मक निबन्ध लेखेका थिए । आज सय वर्षपछि आउँदा संसारका धेरै देशहरुमा नेपाली वक्ताहरु भेटिनु, नेपाली भाषामा लेखिएका कृतिहरु अंग्रेजी भाषामा अनुवाद हुनु, अंग्रेजी शब्दकोशहरुमा नेपाली शब्दहरुको प्रविष्टिको सङ्ख्या बढ्दै जानु, अंग्रेजी भाषीहरुले नेपाली शब्दहरुको प्रयोग गर्नु, पश्चिमी जगत्का शहरहरुका व्यापारिक महलहरुमा नेपाली भाषाका बोर्डहरु देखिनु, विदेशी विश्वविद्यालयहरुमा नेपाली भाषाको अध्ययन हुनुलाई वाहवाही नेपाली भन्न सकिन्छ । (भर्जिनिया,अमेरिका) २०८३ असोज ९ शुक्रवार(२५ सेप्टेम्बर २०२६)