मुख्य सामग्रीमा जानुहोस्

हाम्रो पुरुषार्थ अंक १११

त्रैमासिक

हाम्रो पुरुषार्थ अंक १११

यस अंकको सम्पादकीयमा प्रकृतिको सम्मान, विकासको विष र हिमाल पग्लेर भोटे कोशीमा आएको बाढीमा दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

→ हार्दिक श्रद्धाञ्जलि

वेदले भन्छ – हामी पृथिवीका छोरा हौं । पृथिवी हाम्री आमा हुन् । बादल हाम्रा बा हुन् । यिनै बा–आमाले हाम्रो रक्षा गरुन्, पालनपोषण गरुन् । छोटा र साना अभिप्राय छैनन् यिनमा । मान्छे जति उफ्रे पनि बा–आमाभन्दा अग्ला छैनन्, प्रकृतिभन्दा ठूला छैनन् । बा–आमालाई जिस्काउने काम नगरौं ।

वेदले भन्छ – जल, थल, नभ सर्वत्र शान्ति होस् । खेतीपाती र वनस्पतिमा शान्ति होस् । दूषित नहून् पृथिवी । दूषित नहून् वायु र जल पनि । दूषित न होस् आकाश । दूषित नहून् मान्छेका गिदीहरु पनि । तब बन्नेछ पृथिवी स्वर्गझैं । अर्थात् स्वर्ग झर्नेछ यतै–कतै ।

वेदले भन्छ–सँगसँगै हिडौं । सँगसँगै खाऊँ । सँगसगै काम गरौं । सबै तेजस्वी बनौं । एकले अर्कोप्रति द्वेष नगरौं । साना सन्देश छैनन् यिनमा । विभेद होइन समतातिर लाग्ने सन्देश हुन् यी । वेद पढेर मात्र हुँदैन । वेदका अर्थ बुझ्नुपर्छ, विचार बुझ्नुपर्छ । विचार बुझेर मात्र हुँदैन । विचारलाई आचारमा अनुवाद गर्नुपर्छ ।

हामीले पृथिवीलाई दूषित बनायौं । हामीले आकाश, वायु र जललाई दूषित बनायौं । विकास भनेर दूषित ग्यासहरु बढायौं र पृथिवी, जल र वायुलाई ततायौं । पाषाण युगमा पनि मान्छे बसेको पृथिवीलाई अब मान्छे बस्न नसक्ने बनाउँदै छौं । हिमालहरु पग्लदै छन् । टापुहरु डुब्दैछन् समुद्रमा । विकासको विष पिउन विवश छन् निर्दोष मान्छेहरु ।

हिजो मात्र हिमाल पग्लेर बग्यो । भोटे कोशीमा बाढी उर्लेर आयो । भोटे कोशीको बाढीमा जलसमाधिमा विलीन भए हाम्रा बन्धुबान्धवहरु । हेर्दाहेर्दै माटामा विलीन भए हाम्रा आवास र सम्पत्तिहरु । शोकमा डुब्यौं हामी । पृथिवी दूषित पारे अरु कसैले । विपत्ति हामीले भोग्यौं । अब यस्तो विपत्ति नपरोस् भविष्यमा । हामीले त के गर्न सक्छौं र अरु ! विपत्तिमा दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जलि ।

सूची — कुटुरो फुकाउँदा

यस अंकका सबै रचना — पढ्नुहोस्।

सम्पादकीय

हार्दिक श्रद्धाञ्जलि सम्पादक

अन्तर्वार्ता

साहित्य मेरो लागि दुःख बिसाउने आमाको काख जस्तो भएको छ नीलम कार्की 'निहारिका' गुल्मीदेखि वृन्दावनसम्म धेरै कथा–प्रवचन गरेको छु । दामोदरशरण उपाध्याय

लेख/आलेख/निबन्ध/समीक्षा/टिप्पणी/संस्मरण/व्यक्तिवृत्त

हाम्रो पुरुषार्थ : तिम्रो पुरुषार्थ प्रा. डा. नारायणप्रसाद खनाल यात्रा, अन्वेषण र विचारको शब्दचित्र : अक्षत अन्टार्कटिका गोपी मैनाली विचारविश्लेषणको तिख्खर स्वाद : सन्त प्रेमी कपिल अज्ञात 'कालध्वनि' मुक्तकसङ्ग्रहको समीक्षा चरित्रा शाह रेसुङ्गाको वर्णन र महत्त्वको खोजी गोपालप्रसाद वश्याल अंग्रेजी भाषामा नेपाली शब्दको प्रवेश र प्रयोग राजेन्द्र पन्थी फराकिलो हुँदै महिलालेखन प्रभा बराल ‘नीलो गुलाफ’ अप्राप्य प्रेमकथा मदन काफ्ले यायावर अस्ट्रेलिया यात्राका केही अनुभूतिहरू डा. ईश्वरीराज लौडारी लोकसेवा आयोगको जन्म—एक संस्मरण डा. लक्ष्मीकान्त पन्थी रेसुङ्गा र ऐँसेलु रमेशमोहन अधिकारी बुकाचोगढीमा राष्ट्रनिर्माता ! विनोद नेपाल रित्तिएको आँगन र नफर्किने पाइला राम ज्ञवाली

कथा/लघुकथा

भिखारी मित्र 'उराठी' गौतम सपना दशराज शाक्य

गीत/कविता/गजल/मुक्तक

जुटौं है सहकार्यमा रुद्र ज्ञवाली शिवमहिम्न : स्तोत्रको नेपाली भावानुवाद कृष्णप्रसाद कोइराला हे मेरो ईश्वर ! जनार्दन खनाल जेब्राक्रस सरु सुधा महासागरको तटमा उभिएर हरि पथिक चोटहरु हरि भट्टराई

स्थायी स्तम्भहरू

पुस्तकालय परिचय कृष्णप्रसाद दाहाल किरण पुस्तकालयको पातो सचिव नौलो सृष्टि : सानो दृष्टि दीन पन्थी/अकिञ्चन यताउताबाट खबर सिटी, फित्कौली ५० वर्ष पहिलेको समचार निष्पक्षध्वनि राष्ट्रिय साप्ताहिक पाठक–प्रतिक्रिया चूडामणि पन्थी/लक्ष्मी पन्थी अर्याल हाम्रो पुरुषार्थका विशिष्ट/आजीवन सदस्यको परिचय हाम्रो पुरुषार्थका आजीवन ग्राहकहरूको नामावली

मूल PDF जस्ताको तस्तै पढ्न चाहनुहुन्छ? PDF भ्यूअरमा पढ्नुहोस् →